शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा एक जना फरार प्रतिवादी पक्राउ

बाजुरामा एक जना फरार प्रतिवादी पक्राउ

  • शुक्रबार, जेष्ठ २२, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा एक जना फरार प्रतिवादी पक्राउ

बाजुरा— बाजुरामा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाकाे बुढीगंगा नगरपालिका–६ बस्ने २६ वर्षीय प्रकाशबहादुर सार्कीलाई प्रहरीकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे ।

जिल्ला अदालत बाजुराको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना १० दिन कैद सजाय र ४ हजार जरिवाना तोकेपछि उनी फरार अवस्थामा रहेका थिए । विहीबार जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले बडीमालिका नगरपालिका–९ मार्तडी बजारबाट पक्राउ गरेको जनाएको छ।

यस्तै जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन साँवा व्याज भराई पाउँ मुद्दामा १ वर्ष कैद सजाय तोकिएको कैलारी गाउँपालिका–४ भितरिया बस्ने ४४ वर्षीय खुसि राम चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले विहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो।

त्यसैगरी, जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ फागुन २७ गतेको फैसलाले बहु–विबाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएको बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने ३५ वर्षीय अमर सिंह रानालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले विहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार