• होमपेज
  • बडिमालिका
  • बाजुरामा बाढी पहिरोको कहर, कँहा के क्षेती भयाे (बिबरण सहित)

बाजुरामा बाढी पहिरोको कहर, कँहा के क्षेती भयाे (बिबरण सहित)

जगन्नाथ गापा कार्यलय बगायो, तीन स्थानिय तहका ५० परिवार बिस्तापीत, ४ परिवारका २६ पशु चौमाया मरे, जिल्लाका सबै सडक अबरुद्ध

  • बिहिबार, कार्तिक ४, २०७८
बाजुरामा बाढी पहिरोको कहर, कँहा के क्षेती भयाे (बिबरण सहित)

बाजुरा — कार्तिक १ गतेबाट आएको अबिरल बर्षाका कारण बाजुरा जिल्लामा भौतिक क्षेति ठुलो परिणमा भएको छ । मानबिय क्षेत्रि नभए पनि बाढी पहिरोले परिवार बिस्तापित देखी पशु चौपाया मरेका छन । जगन्नाथ गाउपालिकाको कार्यालय बगाएको छ ।
लगातारको बर्षातका कारण बुढीन्दा नगरपालिका ३ सिराडीका बम बहादुर बोहोराका गाई, भैसी, बाख्रा गरी १७ वटा पशु चौपाया मरेको छन । बस्तुभाउ राखेको छोनोको माथिबाट आएको पहिरोले सबै बस्तुभाउ मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनदेब साउँदले बताएका छन् ।
त्यसै गरी जगन्नाथ गाउँ पालिकाका दान बहादुर बुढाका २ ओटा गाई मरेका छन । भने एक गाई घाईते भएको छ । सोही गाउपालिका ५ का अलबहादुर बमका ६ ओटा बाख्रा पहिरोमा परेर मरेको साउदले बताए ।
खप्तड छेडेदह गाउपालिका २ माटेसागुका पदमबहादुर शाहीका १ गाई चट्याङ्गले मरेको जनकारी दिएका छन् ।
त्यसै गरी स्वामीकार्तिक खापर गाउपालिका १ माझ गाउका ४७ परिवार र त्रिबेणी नगरपालिका ४ का २ परिवार र जगन्नाथ गाउपालिकामा १ परिवार गरी ५० परिवार बिस्तापीत भएका छन् भने जगन्नाथ गाउपालिको कार्यालय बगाएको छ ।
जगन्नाथ गाउपालिकाको केन्द्रको वडा नम्बर २ र ३ को सिमानामा पर्ने जुड्डी खोलामा आएको बाढीले गाउपालिकाको कोरोना अस्थाई अस्पताल, गाउपालिकाले प्रशासनीक काम संचालन गर्दै आएको टिनका टहराले लगाएत बगाएको जगन्नाथ गाउपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।
बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठा क्षतबिक्षेत बनाएको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् । त्यस्तै ५ शैंयाको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभा हल पनि बगाएको छ ।
कार्यालयका फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्पुटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, गाउपालिकाको खेल मैदान, जुड्डीखोला लघु जलविधुत योजनाको तार पोल खोलाले बगाएर क्षतबिच्छेत गरेको छ । गाउँपालिका कणर्ाली र जुड्डीखोलाको उच्च जोखिममा बनेको छ । गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएपछि गाउँपालिकामा हुने काम सम्पुणर् रुपमा प्रभाबित भएको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशी वताएका छन् ।
स्वामीकार्तिक खापर गाउपालिकाका ४७ परिवारलाई स्थानिय जनप्रतिनिधि छिमेकी गाउका स्थानियको सहयोगले खोलीको आधारभुक्त बिद्यालयमा सारीएको माझगाउका स्थानिय सतल बिकले जानकारी बताएका छन् ।
बिस्तापीत परिवारलाई स्थानिय जनप्रतिनिधि लगाएत अन्य छिमेकी गाउमा बासिन्दाले सुरक्षित ठाउमा उद्धार गरिहेको सुचना प्राप्त भएको प्रहरी प्रमुख महराले बताएका छन् ।
केही परिवार मौसममा सुधार हुदै गएपछि घरमै फर्किएको जानकारी आएको प्रहरी प्रमुख महराले बताए । बाजुराको मुख्य राजमार्ग देखी ग्रामीण शाखा सडकहरु अबरुद्ध भएका छन् । जिल्लाको मुख्य सडक साफे मार्तडी सडकको बार्जुगाड, मालिका बजार, ताँप्रीसेरा, बल्दे, अम्कोट पानीनाउला रिलला लगाएतका क्षेत्रको सडकको केही ठाउमा माथिबाट पहिरो र केही ठाउमा सडकनै बासीएकोले अबरुद्ध भएको प्रहरी निरिक्षक धनदेब साउदले बताए ।
त्यस्तै मार्तडी कोल्टि सडक पनि बिभिन्न ठाउमा गएको पहिराले अबरुद्ध भएको साउदले जानकारी दिएको छ । भने जिल्लाका अन्य ग्रामीण सडकहरु पनि अबरुद्ध भएको जनकारी दिएका छन् । सडक खुलाउन साफे सडक डिभिजन कार्यालयसंग समन्वय भईरहको उनले बताए । सडक खुलाउन तयारी अबस्थामा राखीएको सडक डिभिजनको डोजर अम्कोटको पहिरोमा परी डोजरको आधाभाग चयापीएकोले केही क्षेति भएको छ ।
लगातारको बर्षाले दुई ओटो झोलुङगे पुल उच्च जोखिममा रहेका छन् । त्रिबेणी नगरपालिकाको मालागाड झोलुङगे पुल र बुढीगंगा नगरपालिका १ बल्दे र त्रिबेणी नगरपालिका ९ पैमा जोड्ने झोलुङगे पुल उच्चा जोखिममा रहेको प्रहरी निरिक्षक धनदेब साउदले बताएका छन्
जिल्लाको धार्मीक तथा पर्यटकीय स्थले मौरेको शिब मन्दिर लगाएत अन्य संरचनाहरुमा बगाएको छ । कार्तिक १ गते देखी आएको अबिरल बर्षाले मालागाड खोलामा आएको बाढीले उक्त धार्मीक तथा पर्यटकीय क्षेत्र बगाएको साउदले बताए ।
बाहुली खोलामा आएको बाढीले मार्तडी सानाजल बिद्युत्तको नहर बगाउदा बाजुरा जिल्ला सदरमुकाम मार्तडी तीन दिनसम्म अन्धकारमा छ । बाढीले बगाएको नहर नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी स्थानियले दुई तीन देखी मर्मत कार्यमा लागेका भएपनि संचालन हुन सकेको छैन । बिद्युत्त सेवा अबरुद्ध हुदा बाजुराका सरकारी तथा गैर सकारी कार्यालयका काम काज प्रभाबित भएका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताएका छन् ।

टाढाबाट नागरिकता अन्य सिफारिसको लागि नागरिक आउने गरेका छ । बिद्युत्त नभएर फर्काउनु परेको भण्डारीले बताए । प्रशासानमा सोलार त छ घाम नगरेर ब्याकप नभएर सबै काम प्रभाबित भएका उनले बताए ।
जिल्लामा तीन दिन देखी संचार सेवाबाट बिच्छेद पछि जिल्लाका दुर्गम क्षेत्रको क्षेति बिबरण आई नसकेको उनले बताए । नेपाल टेलिकमको सेवा अबरुद्ध हुदा तिन दिन बाजुरा सबै सुचनाको पहुचबाट बिच्छेद भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार