शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • गठबन्धनमा इमानदारीताको प्रश्न!

गठबन्धनमा इमानदारीताको प्रश्न!

  • मङ्लबार, भदौ २१, २०७९
गठबन्धनमा इमानदारीताको प्रश्न!

सुरेशकुमार पान्डे — गठबन्धन गर्नुपर्छ तर सबैभन्दा पहिले गठबन्धन केका लागी गर्ने?
कस्को बिरूद्धमा र को को सँग गर्ने भन्ने बारे गठबन्धन गर्ने योजना पनि बनाउनुपर्छ र दलहरूको बिच छलफल भयर गर्नुपर्ने हुन्छ।गठबन्धन भनेको त चुनावी तालमेलहो जस्ले सरकार बनाउँदा सम्मानजनक आर्कालाई सहयोग पुगोस् तर यँहा त कतिपय अबस्थामा अरू सँग मिलेर गठबन्धनका घटक दलहरूलाई नै हराइयो भने त्यसलाई गठबन्दन भन्न मिल्लैन।
हचुवा प्रकारले गरेको गठबन्धन बाट केही सिटको लाभ भयपनि मुख्य रूपमा नैतिक्ता र उदेश्यमा फाइदाको सट्टा नोक्साननै हुनेगर्छ।बिगतमा गरेको गठबन्धनका केही दलहरू मौका प्रस्त भयको कुरा ठिक सांचोहो।माओवादी केन्द्रले प्युठानमा नेकपा मसाल वा राजमोलाई सखाफ पार्न एमाले सँग गरेको तालमेलले यसबारे पुष्टि गरेकैछ।
उनिहरू खास गरेर प्रचण्डको पार्टीले अहिलेपनि नेपाली कांग्रेसले आफ्नो भनाई नमाने एमाले सँग पनि गठबन्धन गर्न सक्किन्छ त्यो मात्रैहोइन आबस्याक परे राजासँग पनि तालमेल गर्न सकिन्छ भन्दै आएकाछन।उनिहरूले यसो भन्दै आएकोले यदी कांग्रेसले मानेन भने राप्रपा सँग भयपनि उनिहरूको तालमेल हुनेछ।आखिर प्रतिगन को द्वारा हुंदैछ?जस्ले राजा सँग र राप्रपा सँग भनौ राजवादीहरू सँग एकता गर्छ भने प्रतिगमन भनेको कस्तो खालको प्रतिगमनहो त?प्रचण्डले प्रतिगमनको बिरोधमा गठबन्धन गरेकैछैनन् बरू कता बाट कुन चरबाट सरकारमा पुग्न सकिन्छ प्रधान मन्त्री वा राष्ट्रपती बन्न सकिन्छ त्यस्तो राजनीति गरेकाछन।प्रचण्डले अहिलेपनि भन्दै हिंडेकाछन चुनावपछि हामि सडकमा जान्छौं’आखिर सडकमा उनिहरू कुन उदेश्यले जानेहुंन?त्यो गठबन्दन घटकहरूले जान्नै पर्ने हो,तर त्यसबारेमा कसैलाई थाहा छैन।माओवादी केन्द्रको उदेश्य थाहाछैन भने उनिहरू अग्रगामी कसरी भए?प्रचण्ड र केपि ओलीमा के फरक भयो?वास्तबिक रूपमा भन्नुपर्दा फरक केही पनिछैन उनिहरूको सत्ता शंघर्षमा हामिले आफ्नो नैतिक्ता गुमाउने किन?बरू सबै जिल्ला बाट चुनाव लडेर राजमोले जो जति सिट ल्यायपनि कम्तिमा आफ्नो नैतिकता र क्रान्तिकारी छवी जोगाउँनुपर्छ।उनिहरूले कहिले कसो इमानदारीता देखाएपनि धेरैजसो वेमानी गर्दै आएकाछन।
यो अबस्थामा राजमो सँग फेरी पनि धोखा न होला भन्न गारैछ।
उनिहरूले नेकपा मसाललाई सखाफ पार्न आपसमा अघोषित एकता त गरेकाछैनन्?यसबारेपनि सङ्का गर्न सक्किन्छ उनिहरूको ब्यबहार बाट।प्युठानमा नेकपा मसालको गढ थियो कुनै ताक तर उनिहरूले जहां राजमो र मसालको गढ देख्छन त्यो गढको बिरूद्धमा भित्रभित्रै योजनाबद्ध रूपबाट लागेका हुन्छन।उनिहरूले अहिलेपनि प्युठानलाई निशाना बनाउँने शड्यन्त्र गर्नेछन।
हामिले बुझ्नै पर्ने कुरा केहो भने गठबन्धन सकभर वामपन्थिहरूको बिचमा हुनुपर्दछ।अहिले सबै पार्टी समग्रहमा एकैनासे देखिन्छन तर एउटा क्रान्तिकारी जस्ले देशको गरिब श्रमजिवि बर्गको प्रतिनिधित्व गर्छ त्यस्तो पार्टीले राष्ट्रियता गणतन्त्र र नैतिक्तालाई सर्वोपरि राखेर मात्र गठबन्धन गर्नुपर्ने हुन्छ।
राजमोले यदी ७७जिल्लामानै उमिदवार उठाएपनि हार होला।भनेको जस्तो जित नहोला तर नैतिक्ताको रक्षा पार्टिको प्रचार अबस्यपनि हुनसक्छ।बाग्लुंग र प्युठानमा बिना गठबन्धन पनि राजमोले जित्न सक्छ।अहिले यदी यिनिहरू सँग गठबन्धन पनि गर्ने र हारपनि ब्यहोर्नुपर्छ भने किन गठबन्धन गर्ने?कांग्रेस र प्रचण्डको दोग्लो चिरत्र उता माधव नेपालको अबिस्वासिलो ब्यबहारले गर्दा आउँने दिनहरूमा राजमोलाई समस्या पर्नसक्छ।
राजमोले राजावादीहरू सँग एकता नगर्ने र प्रतिगमनको बिरोधमा गणतन्त्रको हितमा सह कार्याको निति अगाडी सारेकोछ त्यो स्मपष्टछ। संघियताको जनमकाल देखुन प्रष्टरूपमा संघियताको बिरोध गर्दै आएकोछ।बरू राजमोलाई प्रदेश स्तरिय निर्वाचनको महत्व गोणनै हुनुपर्छ।हुन त एउटा क्रान्तिकारी पार्टीको लागी संसदिय निर्वाचनले त्यती महत्व होइन जति उस्कालागी क्रान्तिको महत्व हुन्छ।राजमोले भन्दैपनि आएकोछ चुनाव भनेको उपयोग गर्ने माध्यायमनैहो जस्ले क्रान्तिकारी आधार बनाउन सक्छ।
बिगतमा केपी ओलिले गरेको प्रतिगामी पाइलाकै परिणाम यो पाँच दलिय गठबन्धनको जनम भएको हो तर देशमा प्रतिगमनको खतरा अहिले पनि ज्युँका त्युँ छ साथै जुन डर थियो त्यही हुन गयो।संसदले एम सीसीलाई पारित गरायो र अहिले नागरिकता बिधेयक पनि पारित गराएकोछ।
अहिले पहिले भन्दा पनि देशले बिदेशी हश्तक्षेपको झटारो समेत झेल्नु परेकोछ।यस्तो भिषम परिस्थितिमा राजमोले आफ्नो नैतिक्ताको रक्षा पनि गर्न सक्नुपर्छ।प्युठान र बाग्लुंग मा उनिहरू तिनौटै पार्टी ले राजमोलाई दुश्मन शक्तिको रूपमा दृष्टीगत गर्दछन त्यो हिसाबले दुश्मनको दुश्मन दोस्त भए झैं उनिहरूको बिच अघोषित एकता हुन सक्ने सम्भावनालाई पनि अस्विकार गर्न सकिन्न।
अहिले राजमो अलि बढी त्यसबारेमा चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्दछ।उनिहरूले सत्ताको लागी गरेको गठबन्धनहो प्रतिगमनको बिरूद्धमा ल्यायको मात्र आवरणहो।तर राजमोले सत्ताको लागि होइन गणतन्त्र र देशको रक्षाको लागी गरेको एकताहो त्यो ब्यबहारले प्रष्टाएकोछ।
बिगतका ठोकर बाट शिक्षा लिएर अहिलेको निर्वाचनमा जानुपर्ने हुन्छ।जुन राजनीतिक पार्टी देश र जनताको हितमा शंघर्ष गर्दै आएको छ त्यो पार्टीको लागी संसदिय चुनाव सामन्यतः एउटा शंघर्षको माध्याम मात्र हुने भएकोले संसदिय आखडाले उसलाई प्रभाव पार्ने गर्दैन।अहिले पनि राजमोलाई आफ्नो नैतिकताको चिन्ताछ साथै देश र जनताको हित बिपरित राजमो जान सक्नेछैन।अन्य ठुला दलहरू संसदिय रङ्गमञ्चमा भाषियका हुन्छन उनिहरूको लागि देश र जनता भन्दा पनि पद प्रतिष्ठा सत्ता भत्ताको चिन्ता हुन्छ।यस्ता पार्टी जो नैतिक पतन भयकाछन ति पार्टीहरू सँग इमानदारीताको बिस्वास गर्नु भनेको मुर्खतानै हो।
मानिस यो संसारको सबैभन्दा चेतनसिल प्राणि मध्यको पहिलो हो त्यसैले देश जनता को हितमा र ब्यबस्था प्रति चिन्तित भयर समस्याको सहि बिष्लेषण गर्दै ठोंस र ऐतिहाशिक निर्णय गर्न सक्नुपर्छ।
पार्टीको चिन्ता दुश्मनले गर्दैन पार्टीको चिन्ता परिवारले गर्छ शुभ चिन्तकले गर्छ र सके सम्म पारटीले आफ्नो क्रान्तिकारी छवीलाई जोगाउँने प्रयात्न गरोस् । हुन त यो चुनाव जितेर देश र जनताको समस्या अहिले समाधान हुनेछैन केवल चुनावलाई क्रान्तिकारी आधार तैयार पार्ने उदेश्यले उपयोग गरिन्छ।राजमोले सधै एमाले र कांग्रेस सँग र बिगत माओवादी सँग पनि धोखा खाएकोले अहिलेको निर्वाचनमा सचेत बनेर पाइला चाओस् भन्ने मात्र यो लेखकको शुझव हो।

चर्चामा

सम्बन्धित समाचार