बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अहिले जिउँदा लाशको बिकास भएकोछ।

अहिले जिउँदा लाशको बिकास भएकोछ।

  • सोमवार, भदौ १३, २०७९
अहिले जिउँदा लाशको बिकास भएकोछ।

सुरेशकुमार पान्डे — मानिसलाई जिवित राख्ने मुख्य दुइटा आधार हुन्छन।
एउटा बितेका दिनको सम्झना आर्को मानिसको उदेश्य जस्ले मानिसलाई शंघर्ष गर्न र अगाडी बढ्ने प्रेणा दिन्छन।
हामिले गर्ने राजनीति पनि त्यसैमा आधारित हुन्छ,बिगत बाट शिक्षा लिएर बर्तमानमा बनाएको योजनाले भबिस्यलाई फाइदा पुगोस्।
मानिसको जब जनम हुन्छ त्यो अचेत अबस्थामा रित्तो मनसपटल लिएर समाजमा नवजात सिशुको रूपमा उदय हुन्छ।यो प्राकृतीक जगत र समाजले बिस्तारै उस्लाई राम्रो नराम्रो ज्ञान सिकाउंछन।
मानिस बन्नको लागि त्यो बालकलाई यही समाजले तालिम दिन्छ जस्तो शिक्षा दियो समाजले त्यो बालख बिस्तारै उस्तै बन्छ।
कयौं मानिस असामन्य प्रतिभा सम्पन्न हुन्छन जस्ले मानव समाजलाई यही प्राकृतिक जगतको अध्यायन गरेर थुप्रै मानव समाजको हित हुने बिषय बस्तुलाई आबिस्कार वा खोज गरेका हुन्छन।त्यही मध्यका महान दार्शनिक कार्ल हेनरिख मार्क्स र फ्रेडरिक एंगेल्श पनि हुन उनिहरूको अथक र आजिवनको कमाई भनेको अमूल्य रूपमा ल्याइएको बर्गसंघर्षनैहो।जसलाई ब्लादिमिर इल्याइच उल्यानोव(लेनिन)ले ब्यबहारमा पहिलो पटक ढालेका थिए।
दुनिया भरिमा बिभिन्न खाले प्रतिभासाली ब्याक्तीहरू भेट्टिन्छन जस्मा हाम्रो देशमा जन्मिएका गौतम बुद्धपनि एउटा महान दार्शनिक थिए तर उन्को बिचार अप्नाउन नसक्ने मानवहरूले उन्लाई भगवानको रूपमा ब्याख्या गर्नथाले त्यो मात्रहोइन एउटा गुम्बा बनाएर उन्का बिचार त्यो कुटियामा थन्काउन पुगे।
कुनै मानिसले यो समाजलाई जस्तो छ त्यहीरूपमा यसलाई जोगाउँने प्रयास गरेका हुन्छन तर कयौंले समाजलाई परिवर्तवन गर्नुपर्छ हिंजो जस्तो आज छैन र आजको जस्तै भोलिरहिरहने छैन भन्ने बिचार ओर्याउँछन।
यिनै बिभिद बिषय बस्तुलाई लिएर समाजमा राजनीतिक बिचार पलायो।भौतिकवादी दर्शनले यो चराचर जगतमा प्राकृतिक र मानव समाजमा पनि समयनुसार परिवर्तन हुँदै जान्छ र यँहा निसेधको निसेध नियम लागु हुन्छ भन्छ तर बुजुर्वाहरू आध्यात्मवादी राजनीति गर्छन जस्ले पुर्व जनम पुर्नजनमका मनगढ्न्ते बिचारको समाजलाई भारि बोकाएर आफुले राज गर्छन।
आफु ज्युंदै स्वर्गमा बसिरहन समाजमा मिथ्या कुरा फैलाउँछन समाजलाई धर्मको परिणाम मृत्युपछि स्वर्गको बास बताउँछन।
असलमा बिगत देखि बर्तमान सम्म गरिएको वास्तबिक राजनीति नै यहीहो।
एउटा भौतिकवादी बिचार आर्को आध्यात्मबादी बिचार बांकी सबै अवसरबादी पाटाहरू हुंन जस्ले मौकामा चौका हान्ने काम गर्छन।संसार भरिमा कम्युनिष्ट बिचार छ भने एउटा मात्र कम्युनिष्ट मार्क्सवादी लेनिनवादी सिधान्त हो।
काम्रेड माओले पनि मार्क्सवादी -लेनिनवादी सिद्धान्त अन्तरगत रहेर नौलोजनवादी बिचारको प्रतिवादन गरेका हुंन।वा नौलो जनवादी क्रान्ति गरेर देशमा पुंजिको बिकास पछिनै समाजवादी क्रान्ति हुनसक्ने बारे ब्याख्या गरेकाछन।
नौलो जनवाद किन भनियो भनेर उन्ले नौलोजनवाद बारे सन१९४०मा एउटा खाका तैयार पारेर देखाएका थिए।उन्ले नौलो जनवादलाई पुरोनो बुजुर्वा जनवादको ठिक उल्टो सिधान्तको रूपमा ब्याख्या गरेकाछन।नौलो जनवादी ब्यबस्था भित्र मेहनत कस बर्गको अधिनायकत्व र सर्वहारा बर्गको नेतृत्वलाई आधारभुत सर्त बताएकाछन।चिनमा उनैको नेतृत्वमा नौलोजनवादी क्रान्तिपनी सन१९४९मा सम्पन्न गरियो।
तर अहिले संसारभरीमा कम्युनिष्ट बिचारधारामा रहन नस्क्नेहरूले मालेमालाई बद्नाम गर्न वा आफु खुसि त्यसमा सुधार गरेर कम्युनिष्टको ‘लोगों’लाई मागेर खाने भांडो भनाएकाछन।
उनिहरूले कम्युनिष्ट बिचारधारालाई नयाँ ढङ्ग बाट ब्याख्य गर्ने र आबस्याकता अनुसार परिमार्जित गर्ने कुरा गर्दै आएकाछन।अहिले सम्म देश बिदेशमा सयौं हांगा बांगा हालेका कम्युनिष्टहरूको बिगबिगीछ तर कम्युनिष्टको बिउ शुरक्षित छैन।
वास्तबिक रूपमा कम्युनिष्ट राजनीति हाम्रो देशमा आधारभुत आबस्याकता त हो तर यि गैर कम्युनिष्ट बिचार बोकेका कम्युनिष्टको खोल ओडेका अवसरबादी शक्तिहरूले गर्दा देशका जनताहरूमा भ्रम सिर्जना हुंदै आएकोछ।
सच्चा राजनीति गर्ने मानिसले आफ्नो निजी स्वार्थलाई थाति राखेर जनता र देशको सेवाका लागी अगाडी सरेका हुन्छन।
हिंजो शिशु अबस्थामा रहेका राजनीतिज्ञ ले जुन मुकाम हासिल गरे त्यो नैतिक्ताको आधारमा होइन बरू नैतिक्ता बाट पतन भयर निजी स्वार्थमा बिदेशी साम्राराज्यवादको चाक्रि गरेर जनतामा भ्रम छरेर हासिल गरेकाहुंन त्यसैले उनिहरू कम्युनिष्ट आन्दोलनका खलपात्र हुन भनेर भन्ने थुप्रै आधारहरू छन।
उनिहरू नितीगत रूपमा जिवित छैनन् बरू मार्क्सको दृष्टिमा जिउंदा लाशहरूको बिकास भयको भन्नुपर्छ।न त सहिलाई सहि भन्न सक्छन न गलतलाई गलत मात्र आ आफ्ना आकाको निर्देशनको पालना गर्ने दाश बनेकाछन।राष्ट्रियता र जनताको बारेमा कसैले पनि सोंच्न सकेको अबस्थानै छैन।अहिलेका यि राजनीतिज्ञहरू भन्दा पुराना ति चम्वलका घाटीमा बसेका डांकुहरूमा इमानदारी हुनथ्यो।उनिहरूले डांका हालेपनि गरिब जनताको हक मार्दैन थे र आपसमा इमानदारी सँग लुटेर ल्यायको धन समान बांट्थे तर अहिलेका नेताहरू तिनिहरू भन्दा जत्तिको पनि इमानदार छैनन्।
यसैले त राजनीति वेथिती बन्दै गयकोछ बुजुर्वाको राजनीतिमा पनि इमानदारी हुने गर्दथ्यो तर अहिले आफुलाई कम्युनिष्ट भन्नेहरूमा झनै इमानदारको अनिकाल भयो।
एकले आर्कालाई खत्तम पार्ने हिसाबले लडेका हुन्छन अहिलेका नेताहरू।यिनीहरू लाई मानिस भनेर भरपर्न सकिदैन यिनि देशका जनतालाई लुट्ने लुटेरा र बिदेशीलाई खुसि पार्ने दलाल भयकाछन। यिनलाई राम्रो नराम्रो केहो भन्ने हेक्कानै छैन।त्यसैले यिनी ज्युंदा लाश भयकाछन।

चर्चामा

सम्बन्धित समाचार