बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सधैभरी सकारत्मक सोंच बनाउँ!

सधैभरी सकारत्मक सोंच बनाउँ!

  • शनिबार, बैशाख २४, २०७९
सधैभरी सकारत्मक सोंच बनाउँ!

सुरेशकुमार पान्डे — नकारात्मक सोंचले गर्दा सकारत्म पाइला चाल्न सक्दैन।
हामिले भ्रष्टचार देखेकाछौं भोगेकाछौं र त्यो समाजको प्रत्येक बर्गले झेलेको हुन्छ तर त्यसको असर बढी श्रमजिविबर्गलाई परेको हुन्छ।अंझ.सांचैभन्नेहो भने मात्रृत्वलाई झन धेरै असरपरेको हुन्छ।
त्यसकारणले हामीले त्यो भ्रष्टचारको बिरोध गर्नुपरेको हुन्छ जो भ्रष्टचारमा लिप्तछन उनिहरूलाई पनि कुनैन कुनैरूपमा छोएको हुन्छ तर उनिहरू समाजलाई गलत दिशा दिएर आफ्नो स्वार्थ पुरागर्ने योजनमा तल्लिन हुन्छन।उनि हाम्रा कति मित्र हुन कति दुश्मन हुन भन्ने कुरा उनिहरूको ब्यबहारले पुष्की गर्नेकुराहो।
उनैको अनुसरण क्रान्तिकारी आन्दोलन भित्रका अवसरबादीहरूले पनि जानि नजानि त्यही ब्यबस्थालाई मलजल पुराएका हुन्छन।उनिहरूले गर्दै आएको गद्धारीले गर्दा आमा जनताहरूलाई नकार्तमक असर पारेको हुन्छ त्यो अवस्थामा उनिहरूले सबै क्रान्तिकारीहरूलाई एउटै घानमा हालेर पिस्ने गरेकाछन।उनिहरूले यो यथार्थलाई बुझ्न सक्दैनन् की गहुँमा घुन पनि हुनसक्छन सबैलाई एउटै कित्तामा राखेर मुल्यांकन गर्नु उनिहरूको अतिभुदवादी दर्शनहो।अतिभुतवादी दृष्टिकोणले गर्दा सबैलाई खराब वा सबैलाई ठिक भन्न खोजेका हुन्छन।
जसले सबल र निर्वल दुबैलाई एकै तराजुमा जोख्छन तर ठिक वेठिक छुट्याउँन सक्दैनन्।एउटा क्रान्तिकारी ब्याक्ति संगठन वा समुह भित्रपनि थुप्रै राम्रा गुण हुन्छन भन्नेबारे नबुझेर हिंजो उसले पनि क्रान्तिको कुरागर्थो आज अहिलेपनि क्रान्ताकारी कुरागर्छ भनेर त्यसलाई पनि एउटै घानमा उसको ब्यबहारको मुल्यांकन नगरिकन सोंच बनाउँदा त्यो एउटा नकारत्मक मानसिकताको चौघेरामा फसेको हुन्छ। उस्ले डाक्टरको छोरालाई डाक्टर भन्छ तर डाक्करको छोरालाई पल्लेदार कुल्लि भन्न सक्दैन।
त्यो हिंजो जस्तो थियो भोलिपनि उस्तै रहिरहन्छ भनेर आफ्नो एककोरो वा संक्रिण मानसिकता तैयार पार्छ त्यो बिचार राजनीयि क्षेत्रमा त लागुनै हुँन नसक्ने बिचारहो।
एक पटक उसलाई दुश्मन भनेपछि सधैभरी उ सँग दुश्मन सरह ब्यबहार गर्नुपर्छ एक पटक जसलाई मित्र भन्यौ जिवनभरी उसलाई मित्रनै भन्नुपर्छ भन्ने सोंच धेरै गलत सोंचहो यस्तो सोंच हुर्किंदै गयो भने हामिलाई सोंचनै नसकेको भिरमा पुराउँछ।
राजनीति गर्ने मित्रहरूले यस्तो खालको अदुरदर्शियता बिर्सेर पनि अप्नाउँनु हुंदैन।कुनै वेला हामीले घोषित गरेको दुश्मन हामिले घोषित गरेको मित्रले भन्दा राम्रो भुमिका निर्वहा गर्नसक्छ।कार्ययोजना तजुर्मा गर्दा सधैभरी सकारात्मक बिचारधारा द्वारा लेस भएर कार्यक्रम तैयार पार्नुपर्छ।अहिले कतिपय मित्रहरूले प्रतिगमनलाई देख्न सकेकाछैनन् तर उनिहरूले प्रतिगामी शक्ति सँग एकता गर्दै गएकाछन।
हिंजो जसले राजतन्त्रको बिरोधमा नारा लगायो जुलुस गय्रो राजतन्त्र मुर्दावाद भन्यो आज उसैले राजा आउ देश जोगाउ भन्छ अनि अर्को शक्तिले मित्र शक्तिको नाउमा उसलाई समर्थन गर्थै जान्छ।जसको बाउले राजतन्त्र फाल्न साराजिवन लगायो आज उसैको छोराले राजतन्त्र ल्याउँन जोड लगाउँदैछ तर आर्को मित्रले प्रतिगमन कां हुंदैछ भनेर प्रश्न गर्छ?यो बितण्डकारी राजनीति पाटोले गर्दा सर्व साधारणमा पनि सबै एउटै ढेंगका मुलाहुन भन्ने बिचार पलायो।त्यसैले उनिहरूले सबै उमिदवारहरूलाई ठग डांका भनेर सम्बोधन गर्नथालेकाछन।
नकारत्मक सोंच भनेको सबै काम कार्वाहीमा गुणको अन्देखा गर्नुर एउटै तराजुले जोख्नुमानै समय खेराफाल्नुहो।उनिहरूले अंध्यारो त देख्छन तर त्यो अंध्यारो। चिर्ने एउटा दियो सल्काउँन खोज्दैनन्।एकपालीको दुश्मन सधैभरीको दुश्मन र एकपालीको मित्र हधैभरीको मित्र बुझ्ने ब्याक्ति पार्टी संगठन बुजुर्वा राजनितिज्ञ हुनसक्छ तर एउका भौतिकवादी क्रान्तिकारी शक्ति हुन सक्दैन।कार्यनीति र रणनीतिमा फरक न देख्नेहरू कसरी कम्युनिष्ट हुनसक्छन।कसैले कम्युनिष्टको लोगो भिरेकोछ भन्दा बित्तिकै उहलाई भौतिकवादी देख्ने र उसलाई मित्र सम्झिने बिचारने क्रान्तिको दुश्मनहो।
दुश्मन भनेपछि त्यो सधैभरीको लागि दुश्मन भन्दा अरू हुन नसक्ने अनि मित्र भयपछि उसलेगरेका तमाम गलतकृयाकलापको बाबजुदपनि त्यो मित्रनै रहिरहने यो कस्तो राजनीतिहो?
राजनीति गर्नु भनेको देश र जनताको हितमा गर्नुपर्छ।देश र जनताको हित केमाछ त्यो कुराको पत्ता लगाएर कार्यक्रम निर्धारित गर्न सक्नेलाई राजनितिज्ञ भन्नुपर्छ।राज नेता सँग विजन हुनुपर्छ,दुरदर्शियता हुनुपर्छ र उस्ले गरेको कार्यले गणतन्त्रको रक्षा धर्मनिरपक्षियताको रक्षा र सम्बिधानमा भएका तमाम जनपक्षिय बिचारको रक्षा गर्ने र संस्थागत लागु गर्ने सम्बिधानमा अटाउँन नसकेका जनताको हितका देशको हितका कामहरूलाई जनतामा चेतनास्तर उठाएर सम्बिधानमा थप्ने र सम्बिधानमा जबर्जस्ति सामिल गरेका देश र जनताको हितमा नभयका बुंदाहरूलाई खारेज गर्न पहेल गर्नुपर्दछ।हामि सबैलाई थाहाछ संघियताले देशको अर्थ ब्यबस्था माथि ठुलो असरपुराएकोछ तर त्यो फाल्न सकिएकोछैन एम सीसी जोस्तो राष्ट्रघाती सन्धि गरिन्छ देशलाई लिजमा साम्राज्यवादको हातमा थमाउँने काम हुंदै आएकोछ।ब्याक्तिगत स्वार्थका लागि फुट जुट गर्ने परमपरा बसेकोछ।देशको लागी बोल्नेहरू अहिले जंहापनि बागी जस्ता भयकाछन आखिर यस्तो राष्ट्रको परिस्थिति किन हुन्छ?सबैको मनमा यही सवालछ तर कसैलेपनि त्यसको उत्तर आफुभित्र खोज्ने प्रयात्न गर्दैनन् एकले आर्कालाई हिलो छ्याप्ने ब्यबहारको अनत्य नहुंदा सम्म देशको हालातमा सुधार हुन सक्नेछैन।एकले आर्कोलाई दोष दिने र आफुले गरेको गलतीको आरोप आर्काको माथि लाधेर आफु चोखो हुने प्रयात्न गर्छन।
सबै सँग नकारत्मक सोंचको बिकास भयकोछ भने सकारत्मक सोंच साउँरिदै गयको अबस्थाछ।देशभित्र उत्पादनको कुनै पनि साधनछैन सबै बिदेशबाट आयात गर्ने गरिन्छ।हाम्रो देश जनता आर्काको देशमा काम गरेर ल्याएको ज्यालाले आर्कैको देशबाट खाने र लगाउँने लगायतका उपभोग्य सामाग्रि खरिद गर्छौं अब यो चालाले देशको बिकास त टाडैको कुराहो स्वायम नागरिकको स्वतन्त्र अस्तित्व धरापमा पर्दै गयकोछ।देश परनिर्भर छ भने सबैजसो नागरिक शुरक्षित हुंदैनन्।हामिसबै नागरिकहरूको क्रतब्य देशलाई मुक्तगर्ने र आफ्नै खुट्टामा उभ्याउँन सहयोग गर्ने हुनुपर्छ।
एकले आर्कालाई हिलो छ्याप्ने,पानी धमुलेर माछा मार्ने जस्ता ब्यबहारले देशको भलो हुन सक्दैन।
हामिहरू सबै देशवासीहरूले हाम्रो सामाजिक अबस्थाको बारेमा अध्यायन गर्ने र देश र जनताको हितमा कार्ययोजना तजुर्मा गर्नलाई राजनीति गर्नुपर्दछ।अहिले देशभित्र गणतान्त्रिक अबस्था धरापमा पर्नसक्ने देखेपछी हामिसबैको क्रतब्य गणतन्त्रको पक्षमा लक्षित हुनैपर्छ यदी बिदेशीको खतरा बढी भयो भने राष्ट्रिय एकताको नितान्त आबस्याकता देखिन्छ।
आखिर कुन वेलाको लागि कुन दुश्मन र कुन मित्र भएको हुन्छ त्यसवारे अबस्थानुसार मुल्याङ्कन गर्नसक्नुपर्छ। त्यसैलाई दुरर्दर्सिएता भनेर भन्निन्छ।राजनीतिमा अदुरदर्सियताको काम छैन बरू समयको ममुल्यांकन र त्यो अनुसारको कार्यनीति तजुर्मा गर्न सक्ने क्षामताको बिकास गरेर जानुपर्छ।हामिले पत्थरलाई पत्थरको रूपमा मात्रैहोइन त्यसमा हुनसक्ने गुणंको पनि मुल्यांकन गर्न सक्नुपर्छ।
ढुंगा लाई मात्र ढुङ्गो भनेर त्यो ढुङ्गाको बारेम त्यसभित्रको गुणको अन्देखि गर्नु गलत हुन्छ।प्रत्येक बस्तुमा सबल र निर्वल पक्ष पनि हुन्छ भन्ने बारे बुझ्न जरूरी हुन्छ।त्यसैले हामिले आफ्नो सोंचलाई नकारत्मक नबनाउँ सकारत्मक बनाउँ।

चर्चामा

सम्बन्धित समाचार