बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिचारको राजनीति हुनुपर्छ!

बिचारको राजनीति हुनुपर्छ!

  • आइतवार, बैशाख ११, २०७९
बिचारको राजनीति हुनुपर्छ!

सुरेशकुमार पान्डे — हाम्रो देशको अबस्था कसैबाट लुकेकोछैन भोगौलिक रूपमा सानो देश आर्थिक रूपमा गरिब देशहो।तर पनि बिकाशका श्रोत साधनहरू ब्यापकछन।खोजविन गरेपछि भेट्टिनेछन।तर हाम्रो ब्यबहार खोजमुलक छैन बरू परनिर्भर हुंदैगयकोछ।
हामी मध्यका धेरैलाई राजनीतिको बारेमा ज्ञान छैन भन्दा अशान्द्रभिक नहोला।एका तिर रोजगारको कमि आर्को तिर राजनीति पार्टीहरूको उक्साहटमा आएर युवा अबस्था न आउँदै हामिलाई स्वार्थि नेताहरूले आफ्नो राजनीतिक आर्थिक स्वार्थ पुरागर्न जिलाफ लगाइ दिन्छन।
“घोंडालाई टांगावालाले त्यो टाउकामा मुकुट जस्तै लगाएर दुबै तर्फका आंखालाई ओर पर हेर्न नमिल्ने र मात्रै उसले बाटोलाई सोझै हेर्ने त्यो जिलाप(उपकर्ण)लगाएको जस्तै नेताहरूले उनिहरूलाई ठिक त्यही पाठ सिकाएका हुन्छन ताकी आफ्ना कार्यक्रताहरूले त्यो बाहेक अरू सोंच्न नसकोश।खास गरेर झोलेहरूको हकमा भन्नुपर्दा उनिहरू पेसाको लागी पेसेवर भएका मध्य थुप्रै पार्टीहरूमा धेरै हुन्छन।
एउटाले देश र जनताको हितमा पार्टीको झोला बोक्यो किन की उस्ले क्रान्तिकारी अभियानमा कुंद्यो सुःख दुःख त्यो क्रान्तिकारी पार्टीको लागि जिवन अर्पण गय्रो।आर्कोले पढ्यो लेख्यो काम पाइन वा काम गर्न अल्छि भयो उसले आफ्नो स्वार्थ पुरा गर्न पार्टीलाई उपयोग गय्रो।यि दुबै पेसेवरहरू मध्य पार्टीले पनि बुझ्नुपर्छ।
हामिले देख्दै आएकाछौं एउटा क्रान्तिकारी पार्टीलाई जति फाइदा पुगेकोछैन त्यो भन्दा कयौं गुणा घाट यिनै झोलेहरूले गरेका हुन्छन।उनिहरूले झोला बोकी सकेपछी कसरी नोट कमाउँने पद र प्रतिष्ठा कसरी हातपार्ने सुख सुभिदाको लेखा जोखामा बिताएका हुन्छन।तिनिहरू छिट्टै सक्रिय हुन्छन र माथिल्लो तहका नेताहरूको अगाडी पिछाडी जी हजूरमा तल्लिन हुन्छन पार्टीको नेतृत्व सामन्ति प्रवृतिको छ भने उस्ले पनि त्यही खोजेको हुन्छ र उसैलाई बढि जिम्मा दिन्छ।
परिणाम मौका मिल्दा साथ उस्ले पार्टीलाई नोक्सान पुराएर फरार हुन्छ।
तर कहिले कसो नेतृत्वलाई झुक्काउँन खुबै सक्रिय भयपछि उसको ब्यबहारले गर्दा नेतृत्व इमानदार छ भनेपनी उसलाई धोका दिन्छ नेतृत्व सचेत छ भने पार्टीलाई जोगाउँन सक्षेमपनि हुनसक्छ।राजनीति भनेको त बिचारको लडाइहो हामिले सधैभरी बैचारीक छलफलमा भागलिनुपर्छ कुनै वेला हामिलाई पार्टीको निर्णय मन पर्दैन त्यो अस्वभाबिक होइन पार्टीमा बिभिन्न खाले बिचारधाराका समूहछौं छलफल बाट कुनै एउटा बिचारलाई पारित गरेर तेसैमा टेकेर अगाडी बढ्छौं।हाम्रा आफ्ना रगतका नाता वा नातेदारले भिन्दै बाटो छोपि हालेपनि त्यो छुट्टै बिषयहो कुनै दार्सनिको जेठान घोर प्रतिकृयावादी सरकारमा गृह मन्त्री थियो तर उनको क्रान्ताकारी बिचारलाई कत्तिपनि फरक परेन।यस्ता कयौं दार्शनिकहरूका नातेदारहरू अर्कै पार्टीमा पनिछन त्यो भयर खासै फरक पर्दैन।
एउटा क्रान्तिकारी कार्यक्रता वा नेताको नातेदार अर्कै पार्टीको भयपनि क्रान्तिकारीका लागि फरक पर्दैन।तर हाम्रो देशको राजनीतिका कुरागर्नेहो भने कुनै कम्युनिष्ट छ भने कांग्रेस संग बोलिनै बार्ने अनि कांग्रेसले कम्युनिष्ट सँग बोलिनै बार्ने अराजनीतिक ब्यबहार हुनेगर्छ।
धेरै बर्ष पहिलेको कुराहो म आफैले किसान सँगको तर्फ बाट स्वतन्त्र वार्डामा नाम दर्ता गरें त्यो वेला मेरो चुनाव निसान लाल्टिन थियो त्यसपछि हाम्रा एकजना मित्रले बोलचालनै बन्द गर्नुभयो त्यो मात्रैहोइन मेरो जिवन साथिले पंधेरा बाट रित्तो गाग्री फर्काएर फिर्ता जानुपय्रो पानीनै भर्न दिएनन्।त्यो कस्तो राजनीतिहो अपरिपक्क राजनेताहरूको काम हो त्यो।
तरपनि अब कुनै कुकुरले मान्छेलाई टोक्यो भने मान्छेले कुकुरलाई त टोक्न मिल्दैन।त्यो अपरिपक्कता र अदुरदर्शियता मा आधारित राजनीति हो भन्ने हामिलाई लाग्छ।त्यसतो मान्छेले जीतेर गयोभने कस्तो ब्यबहार गर्ला?यो सोंचनिय बिषयहो।
हाम्रा देशका जनता र सबै खाले राजनीतिक पार्टी हाम्रो देशका गहना हुन।
भोलीका दिनहरूमा बिदेशीहरूले हमला गरिहाल्यो भने राजा सँग मिलेर पनि सहकार्य गर्नैपर्छ।अहिले देशभित्र प्रतिगमनको खतराछ त्यसकारणले त्यो प्रतिगामी तत्वहरूलाई पराजित गर्ने गणतान्त्रिक शक्तिको क्रतब्य हुन्छ यो परिपक्क वैचारीक लडाइहो।
एउटा क्रान्तिकारी पार्टीले चौबिस घन्टा भित्रमा आफ्नो कार्यनीयिलाई बदल्न सक्छ आबस्याक परेपछि बदल्नु पनि पर्छ।
साथिहरूले हामिलाई छाडेर गयपछि बोलचालनै बारने काम गर्नुभयो त्यो गलत प्रवृतीहो।हामीले हिंजो एमाले सँग पनि कार्यगत एकता गर्यो माले सँगपनि चुनावी तालमेल गरेकैहौं।बिगतमा एमाओवादी र कतिपय ठाउँमा कांग्रेस सँग पनि गरियो।भारतले २०४५मा नेपालमा आर्थिक नाकाबन्दि गर्दा राजाको अडानको त्यो बिचारलाई पनि स्वागत गय्रो।यो राजनीति दुरदर्सियताहो राजनीति गर्नेहरूले दुरदर्सियताको बारेमा गहिरो अध्यायन गर्नुपर्छ।आवेगमा आएर चर्का क्रान्तिकारी नारा लगाउँदैमा कुनै ब्याक्ति क्रान्तिकारी हुनसक्दैन।त्यही प्रकारले पेसाको लागी पेसेबर बनेकाहरू थोरै समस्या आई पय्रो भने उनिहरूको राजनीति पलायनवादी बन्न सक्छ।राजनीति भनेको एउटा बिचारहो यसलाई जसले जतिदिन अगाल्यो त्यो त्यही दिनसम्मको लागी नेता हुनसक्छ तर बाबुराम बट्टराईले कम्युनिष्ट छाडेर पनि अंझै आफुलाई कम्युनिष्टको स्वाङ रचनु भनेको कम्युनिष्ट बिचारलाई बद्नाम गर्नुनै हो।
हामिले बिदेशमा संगठन बनाएर सामाजिक काम गरेका हौं हामिलाई राजनीति भन्दापनि सामाजिक काम गर्न मन लाग्छ।अहिले पनि भारत स्थित नेपालीको हक अधिकारका लागि मूलप्रवाहले निस्वार्थ रूपमा लडाई लडेकोछ।कुनै घटनामा परेको नेपाली श्रमजिविलाई तं कुन पार्टीको समर्क होस भनेर सोधध्दिएन।जुनसुकै पार्टीको भएपनि हाम्रो पारिवारको सदस्य हो जस्तो लाग्छ।अंझ कम्युनिष्ट बिचारमा त संसारभरीका श्रमजीवीहरूको एकतामा बिस्वास राख्छ।मेंइ दिवसको कार्यक्रम कतिपय अबस्थामा हामिले भारतिय श्रमजिविहरूको संगठन सँग समेत तालमेल गरेर मनाउँदै आएको इतिहाशछ।हाम्रा दुश्मन भनेको त जुनसुकै पार्टीका जुनसुकै जातका भयपनि शोशकहरू हुन्छन सोशित उत्पिडित बर्ग त सधैभरीका लागि हाम्रो मित्र शक्तीहो।तर यसको मत्त्लव यो पनि जायज होइन रातो झण्डाको आडमा श्रमजीवीहरूको दुश्मन लुकेको हुनै सक्दैन भन्ने कुरालाई पनि जायज भन्न सकिदैन।यस्ता ढोंगीहरूको बारेमा पनि अध्यायन गर्नैपर्छ।

चर्चामा

सम्बन्धित समाचार