• होमपेज
  • विचार/ब्लग
  • क्रान्ती हामी आत्तिएर हुँदैन!

क्रान्ती हामी आत्तिएर हुँदैन!

  • सोमवार, बैशाख ५, २०७९
क्रान्ती हामी आत्तिएर हुँदैन!

सुरेशकुमार पान्डे — धेरै साथिहरूले भन्ने गर्नुहुन्छ ने क पा मसालले क्रान्ती गर्ने भैन उसले दक्षिण पन्थि बाटो समात्यो के यो सांचो हो त?
आखिर क्रान्ती के हो र कसका लागी हामिले क्रान्ति गर्नेहो?सबैभन्दा पहिले हामीले यसैको उत्तर खोजौं।हामी जतिवेला संगठनमा लागेका थ्यौं त्यो वेला राजतन्त्रलाई हाम्रै पालामा जाला भन्ने कल्पना समेत गरेका थिएनौं।हाम्रो त्यो वेलाको बिचार अहिले देखि राजतन्त्रको बिरूद्धमा आन्दोलन सुरू गरे सके छोराको पाला न सके नातिको पालामा राजतन्त्रको अनत्य हुंनेछ भन्ने हामिलाई लागथ्यो।तर हामिले सोंचेको भन्दा धेरै पहिले राजतन्त्रको अनत्य भयो।देशमा सम्बिधान सभा द्वारा सम्बिधान निर्माण पनि भयो।
बि.स.४५-४६ तिरको माहोल यस्तो बनेको थियो देशमा छिट्टै राजालाई फालेर नौलो जनवादी क्रान्ति सम्पन्न गर्छन जस्तो थियो।त्यो वेला क्रान्तिकारी शक्तिले नेतृत्व गर्न सक्थ्यो भने त्यो हुनपनि सक्थ्यो।आखिर राजनीतिक शक्तिहरूले बहुदलिय ब्यबस्थाको लागि आन्दोलित भएकाथिए।
बरू राजनीतिक पार्टीहरूको सत्ता लोलुपताले जनताले खोसेको जनतन्त्र समेत राजाले आफ्नै मुठ्ठिमा राख्न सफल भयो।जति जति जनाधिकार प्राप्त हुन्छ त्यही अनुपातमा क्रान्तिकारी आन्दोलन कमजोर हुंदै गयको जस्तो लाग्छ।त्यसो किन हुन्छ भने आन्दोलनकारीहरू का गनतब्यहरू पनि फरक फरक हुन्छन त्यसकारणले त्यो वेला क्रान्तिको माहोल देखिने थोरै अधिकार आएपछि एउटा शक्ति जनान्दोलन बाट टर्किन्छ र त्यही शक्ति जन आन्दोलनको दुश्मन शक्तिको रूपा उभ्भिन्छ।हामि सँग सँगै आन्दोलनमा हिंडेकाहरू दुइ दुइ पटक मन्त्री पनि त बनेकाछन।जो आफै मन्त्री बन्यो त्यसले कुनक्रान्तिकारी आन्दोलनमा भागलिन्छ अब?
जस्तै बहुदलिए ब्यबस्था राजाले घोषणा गरेपछि धेरैजसो शक्ति त्यही बहुदलमा रमाउँने समझ्दारी बनाएर सम्बिधान सभाको उपक्षा गरे।त्यसपछि जव राजाले त्यो बहुदलको घांटी निमुठ्यो सबैको मिलन केन्द्र सम्बिधान सभाको निर्वाचन बन्यो।यदि पहिले उनिहरूको सम्झदारी भयको भए त्यतिका मान्छ पनि मर्ने कुरै थिएन।
जब सम्बिधान सभा सम्पन्न भयो धेरै राजनीतिक पार्टीले यही सम्बिधानमा रमाउँने भए पछि क्रान्तिकारी शक्ती थोरै र कम्जोर देखा पय्रो।अब क्रान्तिकारी शक्तिलाई क्रान्तिको आधार तैयार पार्नको लागि बर्तमान अबस्थामा आफ्नो शक्ति बढाउँन भयपनि चुनावमा भागलिनु पर्ने अहिलेको अबस्थाहो।
कतिपय साथिहरूलाई लाग्छ चुनावमा जानु सुधारवादी वा दक्षिण पन्थि बाटो हो।त्यसो हो भने क्रान्तिकारी बाटो कुन हो त?चुनावमा गएकालाई गालि गर्ने?क्रान्तिगर्न सकेन भनेर सराप्ने र त्यो पार्टीलाई कम्जोर बनाउँने नीतिले क्रान्तिकारी आन्दोलनलाई फाइदा पुग्छ?एउटा क्रान्तिकारी पार्टीले पार्टीको फाइदाको लागी जुनसुकै कार्यनीति अप्नायो भनेपनि त्यसको रिजल्ट त हामिसबैको सामुन्ने आउँनेहो हामी आत्यिएर क्रान्ति त समपन्न हुंदैन।साथिहरूले अहिले नेकपा मसालले क्रान्ति गर्दैन भनेर हतारमा समान्तर संगठन निर्माण गर्नु भएकोछ।उँहाहरूले सारा दोश नेतृत्वमाथि खनाउँनु भएकोछ। हिंजो फुटेर जानेहरूलाई दिनौरात सराप्नेहरू पनि उँहाहरूनै हुनुहुन्थ्यो।उंहाहरू सँग मैले लेखित र मौखिक रूपमा पार्टीमा ब्यबहारितका भयन भनेर सवाल गर्दा मलाई सान्तवाना दिने साथिहरू अहिले फुटेपछि पार्टीमा यो भैन उ भैन भनेर कुर्लिनु भएकोछ।
नेतृत्वले त जुन सुकै फुटेर गएपनि उनिहरूको राजनीतिक भन्डाफोर्ड मात्रै गर्यो तर फुटेर जानेहरूले त नेतृत्वको पारिवारलाई गालि गय्रो नेतृत्वलाई गालि गय्रो सिंगो पार्टीको खोइरो खन्यो। त्यही गर्नुलाई उनिहरूले आफुलाई क्रान्तिकारी ठाने।तर नेतृत्वले त कहिले पनि उनिहरूको परिवारलाई गालिगरेन उनिहरूलाई ब्याक्तिगत रूपमा गालिगरेन।आखिर साथिहरूमा त्यो विवेक बचेकोछ ?मैले कतै लेखेपनि त्यो लेखमा थुप्रै अपशब्दले स्वागत गर्नुहुन्छ त्यसो किन ?क्रान्ति गर्नलाई हो त?मैले सधैभरी पार्टी छाडेर जानेलाई नजानुस भन्छौ भित्र लडौं भन्छु किन भने जानेलाई आफ्नो सम्झेर उनिहरू सँग भावनात्मक सम्बन्ध भएकोले हो।तर साथिहरूले के सोंचेर दुश्मन सरह देख्नु हुन्छ त्यो उँहाको कम्जोर बिषयहो।
साथिहरू क्रान्ति भनेको परिवर्तन पनि हो हामिले भन्दै आएकाछौं हाम्रो न्युन्तम लक्ष भनेको नौलोजनवादी क्रान्तिहो त्यहां समँम पुग्नलाई हामिले कुन क्रार्यनीति अप्नाएर आधार बन्छ त्यही अप्नाउँनुपर्छ आबस्याक परे चुनावलाई वहिस्कार पनि गर्न सकिन्छ भाग लिन पनि सकिन्छ र सरकारलाई समर्थन पनि गर्न सकिन्छ जुन नीतिले पार्टीलाई फाइदा पुग्छ त्यो अप्नाउँनेहो।एउटा क्रान्तिकारी पार्टीको लक्ष सौ प्रतिसत हो तर कैले कसो एकप्रतिसतमा टेकेर उनानसए प्रतिसतका लागि शंघर्ष गर्नुपर्छ।
कतिपय मित्रहरू अलि धेरै आफुलाई क्रान्तिकारी देखाउँन अतिरञ्जित बन्नुहुन्छ एकक्षाण सुरूङ्ग खन्ने नाराले पनि जनता प्रबाबित हुन्छन तर सुरूङ्ग कहिले खन्ने हो त?त्यसले उनिहरूको नारा सार्थक बन्नेहो।
मैत्रिपुर्ण रूपबाट राजनीतिक छलफल गरौं राम्रा बिचार ल्याउँ एउटा माथि आफ्नो रिस पोखेर क्रान्ति कहिले हुंदैन बरू आफै पतन हुनेहो।कसैलाई गलिगर्नु र उस्को चरित्र हत्यागर्नु कम्जोर मानसिकताको उपज हुन्छ।अहिलेको अबस्थामा हामिले आत्यिएर रिसाएर क्रान्ति हुदैन बरू विवेकसिल बनौ सके सम्म देशको हितमा जनताको हितमा आन्दोलन गरेका ब्यक्तिहरूलाई सम्मान गरौं सक्दैनौ भने अपमान पनि नगरौं।हाम्रा लागि सबै मित्रहरू बराबर हुनुहुन्छ सम्मानिय हुनुहुन्छ।हामि सबै नमिल्दै क्रान्तिपनि सम्पन्न हुनसक्दैन भन्ने मलाई लाग्छ।
साथिहरू आत्तिएर क्रान्तिगर्न भन्दै हामफाल्दै क्रान्तिबिरोधी खेमामा पुग्नुहुन्छ देख्दा दुःख लाग्छ जानेवेलामा सबैले आफुलाई क्रान्तिकारी भन्नुहुन्छ केही दिन चर्का चर्का नारा लगाउँनु हुन्छ नेकपा मसालको नेतृत्व पंतीलाई खुब गाली गर्नु हुन्छ देख्ने सुन्नेलाई पनि सांच्चै पो होकी झैँ लाग्छ अनि हेर्दा हेर्दै आफै लोप हुनु हुन्छ।यस्तो प्रकृया कयौं पटक भयो मैले देख्दा देख्दैपनि सिपि गजुरेल देखी अहिलेका साथिहरू समेतले नेतृत्वलाई गलि गर्दैछन उनिहरूको गाली लाग्ने भए अहिले सम्म नेतृत्वको नामोनिसान बच्ने थिएन।तर अहिलेपनि बुढाहरू लागी रहेकाछन शंघर्ष गरिरहेकैछन।
कयौं निक्लेर जान्छन नयां कार्यक्रता तैयार हुन्छन जति जान्छन उती जन्मिन्छन काम चलेकैछ।तर क्रान्तिकारी आन्दोवन बर्गिए एकता बिन कसैलेपनि हांक्न सक्नेछैन।न तपांई ले न मैले।

चर्चामा

सम्बन्धित समाचार