आइतवार, बैशाख २३, २०८१

प्रतिगमन केहो?

  • सोमवार, चैत्र २८, २०७८
प्रतिगमन केहो?

सुरेशकुमार पान्डे — जनताले शंघर्ष गरेर प्राप्त गरेको सिमित अधिकारलाई पल्टाउँन खोज्नु नै प्रतिगमन कारी शड्यन्त्रहो।जस्तो हामिले साडे छ दशक सम्म शंघर्ष गरेर सम्बिधान निर्माण गर्यौं यसमा खास गरेर धर्मनिरपक्षियता र गणतान्त्रिक ब्यबस्था जनतालाई प्राप्त भयो।”सम्बिधानमा के कति त्रुटीहरूछन अहिले हामी त्यस तर्फ नजाउँ।किन भने हाम्रो शंघर्ष त नौलो जनवाद र समाजवाद अनि साम्मेवाद सम्मको यात्राहो।”
अब हाम्रो बिचार केहो त?यसबारे अध्यायन गर्नु अशान्द्रभिक नहोला।हाम्रो उदेश्य भनेको नौलो जनवादी क्रान्तिको लागि आधार बनाउँने।यंहा साथिहरूले प्रश्न उठाउँनु होला के संसद सरकारमा गएर क्रान्ति हुन्छ?यस बारेमा भन्नु पर्दा आखिर जन शंघर्ष भनेको केहो यसलाई कसरि संञ्चालन गर्ने?यसबारे लेनिनवादी दृष्टीकोण अनुसार देशको अबस्था र हाम्रो उदेश्यको मुल्याङ्कन गरेर कार्यनीति अप्नाउँनुपर्दछ।मानौ अहिले बन्दुक भिर्ने अबस्था छैन वा पार्टिले देखिन अनि के गर्ने त्यो वेला सम्म?चुनावमा भाग लिने, सरकारमा सामिल हुँने नहुंने पार्टीमा छलफल गर्ने र कार्यनीति तजुर्मा गर्ने पार्टी र संगठनको फाइदा राष्ट्रियता र गणतन्त्रको फाइदा केमाछ त्यही नीति अप्नाउँनुपर्छ।हामि यसबारेमा गम्भिर हुनुपर्छ मात्र बिरोधका लागि बिरोध होइना नीतिगत रूपमा के सहि हुन्छ त्यो नै ब्यबहारिक प्रश्न हुन्छ।यँहा खाली क्रान्ति र क्रान्तिका अतिरञ्जित नारा लगाएर क्रान्ति समपन्न हुंदैन।
अहिले कतिपय राजनीतिक शक्तिहरूले देशको सम्बिधानमाथी धावा बोलेकाछन त्यो जुनसुकै उदेश्यले भयपनि प्रतिगामी शक्तिहरूलाई फाइदा पुग्छ,देशी वा बिदेशी शक्तिहरूले हिंदुधर्मको पुनुर्स्थापनाको वकालत गरेकाछन यो परगमनकारी नीति र पुनुर्उत्थान बादी नीतिहो बिदेशीको र हिन्दुवादीहरूको उदेश्य भनेको धर्मनिरपक्षियतामा आकारमण गर्नुहो यस बाट सिंगो गणतन्त्र र राष्ट्रियतामाथी गम्भिर खतरा पैदा भयकोछ।यो अबस्थामा हाम्रो अथवा एउटा क्रान्तिकारी पार्टीको कार्यनीति कस्तो हुनुपर्छ?त्यसमा कुन क्रान्तिकारी बिचार हो कुन होइन त्यसबारे प्रष्टछ।
कसैले सैनिक साशन लागु गय्रो भनि बल्ल प्रतिगमन ठान्ने बिचार गैर राजनीतिक र आत्माघाती हो।यो त्यो बिचार संग मेल खान्छ जति वेला नेकपा मसालले राजाले देशलाई प्रतिगमन गर्न सक्छन भन्दा स्याल हुइया भनेर वे वास्ता गरियो पछि त्यही भयो।त्यो अहिले न आउँन दिन पनि त गणतन्त्रको रक्षा गर्नुपर्छ।
बिगतमा नेकपा मसालले देशमा प्रतिगामी शड्यन्त्र हुंदैछ भनेर ओलिको बिरूद्धमा गठबन्धन बन्यो यदि त्यो वेला त्यसो नगरेको भए ओलीले धर्मनिरपक्षियमाथी प्रहार गर्दै गएका थिए त्यो मात्रै होइन उन्ले छिमेकीको पुरै दलाली गरेका थिए।उन्को त्यो स्वच्छा वादी तानासाही प्रवृतीले प्रतिगामीको सेवा गरेकै थियो।र परगमनको समेत सेवा गर्दैथियो।
त्यसको ज्वलान्त उधारण नागरिकता ऐन थियो जस्लाई सर्वोच्चले रोकलगायो।ओलिले अहिले पनि राजावादीहरू सँग एकता गर्दैछन।अब साथिहरूले भन्नुहोला के प्रतिकृयावादी कांग्रेस भन्दा राजा ठिक होइन? त्यसबारे पनि भनौ कांग्रेस गण तन्त्रबादी शक्तिहो राजा गणतन्त्रको बिरोधी शक्तिहो।हामिले देशमा सात दशक देखुन बलिदान दिएर ल्यायको गणतन्त्रको रक्षा गर्न खोजेकाछौं ओलीजीले आफ्नो सरकार जोगाउँन त्यो वेला राजवादीहरू सँग एकता गर्न खोजेको जगजाहेर छ त्यो मात्रैहोइन भारत परस्तनीति ल्याएको बिचार सबैको सामुछ।अहिले पनि उनि त्यो देशा तिर लक्षितछन।देशमा प्रतिगमनको खतरा देखेर नै सबैभन्दा पहिले राजमोले ओलि बाहेकको वाम एकठाम हुनुपर्छ भनेको थियो त्यो हुंन नसकेपछी मात्रै कांग्रेसको नेतृत्वमा गणतानँत्रिक शक्तिको एकता भयो।तर पनि राजमोको नीति शंघर्ष एकता शंघर्ष मा आधारीतछ र त्यही नीतिनुसार आन्दोलनको रूपरेखा तय हुंदै आएअओछ।
मित्र ज्यु क्रान्तिकारीहरूको उदेश्य सौ प्रतिसतको प्राप्त गर्ने हुन्छ तर कहिले कसो एक प्रतिसतमा टेकेर उनान्नसए प्रतिसतको लागि शंघर्ष गर्नुपर्छ।क्रान्तिकारीहरूको बिचार धेरै मित्रहरूलाई अपच हुनेगर्छ र वेला वेलामा इमानदार साथिहरू पनि पार्टीको काम बाट असन्तुष हुनु स्वाभाबिकहो।धेरै साथिहरूले अध्यायन गर्नु भयकोछ इमानदार हुनुहुन्छ तर कतिपय अवसरबादीहरूले त्यसता साथिहरूको नारि छाम्ने र उनिहरूलाई गुमराह पार्ने गर्दै आएकोछन यो प्रकृया लगातार चलिरहन्छ भन्नेकुरा पेरिस ,रसियन,जर्मन लगायतका थुप्रै उधारणहरू हाम्रो बिचमाछन।साथिहरूले धेरै अध्यायन गर्नु भएकोछ तर पनि हाम्रो देशको बारेमा मार्क्सवाद -लेनिनवादी दृष्टी अनुसार अहिलेको अबस्थानुसार अध्यायन गरेर कार्यक्रम निर्धारीत गर्नुस त्यो कार्यनीति कस्तो हुन्छ र हुनुपर्छ त्यस बारेमा घरिघरी भन्नु न पर्ला अहिलेको अबस्था जनशंघर्ष को नै हुनेछ।अब यो जनशंघर्ष लाई कसरी सञ्चालन गर्ने त्यो चुनावलाई उपयोग गर्ने चुनाउ जितेपछी के गर्ने?त्यसपछि सरकारमा कुन वेला भाग लिने कुन वेला न लिने यि यावत कुरा त पार्टीको बहुमतिय वा सहमतिय प्रणालि बाट निर्धारीत गरिनेहोला?त्यस वेला पार्टीको बहुमतले सरकारलाई समर्थन गर्ने नीति पारित गरेपछि अल्पमत पक्षले के गर्ने?पार्टी टुक्रा पार्ने बिद्रोह गर्ने कि बहुमतको निर्णयलाई कार्यन्वयन गर्ने त्यो पार्टीको अनुसाशन सँग सम्बन्धित प्रश्न हुन्छ।पार्टीको बहुमतले त्यो वेला ओलीले अप्नाएको नीतिलाई प्रतिगामी ठान्यो त्यस पछि के गर्ने प्रतिगमनकारी शड्यन्त्रको भण्डाफोर्ड गर्ने कि नगर्ने? तर पार्टीले गय्रो।
ओलिको प्रतिगामि बिचारको बिरूद्धमा जुन जुन शक्तिहरूले साथ दिए त्यसलाइ स्वागत गरियो।यद्मापी ओली मित्र शक्ति थिए कांग्रेश दुश्मन शक्ति थियो।यो वेला शंघर्ष एकता शंघर्ष को नीति अप्नाउँनु पय्रो भने ओलि सँग एकता शंघर्ष र एकताको नीतिलाई अप्नाउँनु पय्रो।पार्टीले त्यही गर्दा पनि पार्टीको बिरोध गरिन्छ भने त्यो मालेमा बिरूद्धको शिधान्त हुन जान्छ।एउटा मार्क्स वादी लेनिन वादी पार्टीले कस्लाई के लाग्यो भन्दा पनि पार्टीले कुन नीति निर्धारित गरेपछी देश जनता र पार्टीलाई फाइदा हुन्छ क्रान्तिकारी आधार तैयार गर्न मद्त मिल्छ त्यही नीति अप्नाउँछ।साथिहरूले बिरोधको लागि बिरोध गर्ने नियतले बिरोध गर्नु हुन्छ।उंहाहरूलाई पार्टीको नीति भन्दा नेतृत्वको अडानमाथि सङकाछ त्यो मात्र होइन उनिहरूको बिरूद्धमा कार्यक्रताहरू लाई भड्काउँने र बद्लाको भावनाले उनिमाथि दोषारोपण गर्ने ब्यबहार अप्नाउँदै आउंदा दुःख लाग्छ।सके सम्म साथिहरू एक ढिक्का भएर जानुस इमानदारी संग आ-आफ्ना गलति स्विकार गरेर आफ्नै घर फर्किनुस त्यो सबैभन्दा राम्रो हुनेछ।त्यसो गर्नुहुंदैन भने राम्रो राजनीतिक लाईन अगाल्नुस र क्रान्तिकारी बाटो छोप्नुस जनता कार्यक्रता पछि लाग्नेछन।सहि नीति अगालेपछि जनता बिस्तारै पछि लाग्छन तर गलत नीति भएपछि पछि लागेका पनि बिस्तारै भाग्छन भन्ने कुरा मैले भन्नु पर्दैन।

चर्चामा

सम्बन्धित समाचार