शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आखिर “पिर,को”बिरोधनै किन?

आखिर “पिर,को”बिरोधनै किन?

  • सोमवार, फाल्गुन ३०, २०७८
आखिर “पिर,को”बिरोधनै किन?

सुरेशकुमार पान्डे — अहिले प्रकाश सपुतको गीतको बिरोध र समर्थनले बजार पाएकोछ।
कलाकारले अबस्थाको निचोड गरेर कला पस्किन्छन।माओवादीहरूको कथित जनयुद्धको उदेश्य आमूल परिवर्तन थियो,एउटा क्रान्तिकारीले बन्दुक बोक्ने वेला उस्को सबैभन्दा पहिलो उदेश्य क्रान्तिनै हुन्छ तर यही क्रान्तिको बिचमा लुकेका अवसरबादीहरूले नेतृत्व छोपेपछि त्यो क्रान्तिकारी आन्दोलनलाई बंग्यायर आफ्नो स्वार्थ अनुरूपमा ढाल्ने प्रयात्न गर्छन।
अवसरबादीहरूले गर्दा बन्दुक बोकेका इमान्दार देशभक्त तथा क्रान्तिकारीहरूको अबस्था जटिल हुन्छ क्रान्तिकारी आन्दोलन गर्भमै तुन्छ त्यसपछिको जिवित क्रान्तिकारीहरूको अबस्थालाई कलाकार प्रकाश सपुतले रचनामा ढालेकाछन त्यसबाट बौखलाएर उन्को ब्यापक बिरोध गर्दैछन ति ब्याक्तीहरू जस्ले यता माओवादी आन्दोलन बाट फाइदा उठाएका थिए वा उनिहरूका आसेपासेहरू जो उन्को स्तुतीगानमा ब्यास्थछन।
समाजमा झुठा शानको ठुलो बिकाश भएको हुन्छ जस्ले गर्दा साहित्यकारहरूलाई सहि बिषयबस्तुलाई समाजमा पस्किन ठुलो समस्य आउँनेगर्छ।यो समाजभित्र फैलिएको गलत बिचारको उज्गार गर्न धेरै अपठ्यारो हुनेगर्छ।माओवादीको कथित जनयुद्धको द्वौरानमा हजारौं युवा युविती मारिए जसले क्रान्तिकारी आन्दोलन भनेर युद्धमा कूंदेका थिए।अपाहिज भए कयौं का श्रीमान मारिए मानसिक पिढाबाट असक्त भए उनिहरूकै बिचका कयौं युवितीहरू जबर्जस्ति करणिका सिकार भए र आत्महत्य पनि गरे त्यो वेला बर्गिय मुक्तिको सपना बोकेर हिंडेका दृष्टी बिहिन भएको कुरा जगजाहेरछ।
बरू रचनाको बिरोध गर्नुभन्दा छानबिनको आबस्याकता देखिन्छ,उक्त कथित जनयुद्धको एकपटक निश्पक्षिय समिक्षाको आबस्याकताछ।जब सम्म माओवादी द्वौन्दकालमा मारिएका,अलपत्रपरेका अंगभंग भएका तमाम ब्याक्तिहरूको संख्या र नामावलिको किटान गरेर राज्यले छानबिन गरेर दोशिलाई कार्वाही गर्दैन यस्ता गीत,रचना र चलचित्र लगायतका थुप्रै रचनाहरू कुनैन कुनैरूपमा समाजभित्र उब्जिनेछन।
आखिर किन ढाकछोप गर्ने?देश र जनताको लागि उक्त आन्दोलन थियो भने त्यो जस्ताको तस्तै जनताको माझमा ल्याउँन किन डराउँने?हाम्रो समाजमा बलत्कार र ब्यस्यबृती दिनुहुन्छन तर त्यसको उजगार गर्दा तिनै ठेकेदारहरूको उस्तै “पिर”परेको हुन्छ।अहिले देशभित्र गणतन्त्र आएकोछ सबैले समाजमा भएका राम्रा नराम्रा बिचार ओर्याउँने र छलफल गर्नसक्ने अधिकार हुँनुपर्छ।
ठिकैछ पिरमा कतिपय कुराहरू बढीहोला तर त्यो कथित जनयुद्धको ताक यो भन्दापनि अत्याचार राज्य आतङ्क फैलिएको थियो।
सरकार र माओवादी दुबैको भिण्डतमा थुप्रै निर्दोश ब्याक्तिहरूको ज्यान गएकैहो।जस्को सर्वस्वो सिध्धियो आफन्तिहरू मारिए त्यसता टुरा युवायुबितीहरूले भारतमा पसेर भांडा मिसेर ज्यान पालेका कयौं उधारणहरूछन।माओवादीहरूले आफ्नो आवहानमा आन्दोलित भएर अपाहिज भएका वा आफैले सुराकी र खुराख नदिएको आरोपमा कतिजानाको ज्यान लिए त्यो सार्वजनिक गरेर जनताको माझमा आत्मसम्पर्ण गर्नुको सट्टा अहिले “प्रकाश सपुतलाई उन्ले रचेको “पिर”को बिरूद्धमा अभियान चलाउँदा कत्तिपनि आत्मगलानी भयन।
कतिपय रचनाकारहरूले समय समयमा थुप्रै नुन मसालाहालेर नङ्गन्ताको प्रदर्शन गराएको भए कसैले पनि आवाज उठाउँदैन थ्यो।तर एउटा सच्चाइलाई उजगार गर्दा यसरी आक्रोसमा किन आउँनुपर्छ?बरू शमिक्षा गर्ने गीतको पनि निस्पक्षिय रूपमा शमिक्षा गरौं र माओवादीहरूले त्यो वेला गरेको र उनिहरूकै बहानामा राज्य पक्षले गरेको अनैतिक कृयाकलापलाई पनि निशपक्षिय जांच गर्नुपर्छ।
देशमा बिदेशीहरूलाई भित्राएर देशलाई रणक्षेत्र बनाउँन खोज्नेहरूले देशभित्र भयको अन्याय अत्याचारको बारेमा आवाज उठाउँदा उनिहरूलाई रिस उठ्नु स्वभाबिकनैहो।एउटा झुठलाई चोखो गराउँन खोज्दा हजारौं झुठ बोलिन्छ तरपनि त्यो सत्य लूक्न सक्दैन।हामिले पिरमा सबै सहिछ भनेर भन्न खोजेका हौइनौ तर पिरले पस्किन खोजेको जस्तो त्यो वेला नभयको होइन यदि यस्तो भएको छैन भने बबाल गरेर होइन राम्रो र निस्पक्षिय रूपबाट शमिक्षा हुनुपर्छ। पिरको मात्रैहोइन पिरले उठाएको बिषय बस्तु र माओवादी द्वौन्दकालमा लागेका सच्चा क्रान्तिकारीको त्यसपछिको अबस्थालाई स्वायम माओवादी र राज्य पक्षले जनताको अगाडी सार्वजनीक गर्न सक्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार