बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के राजाले देशको बिकाश गरेका थिए त?

के राजाले देशको बिकाश गरेका थिए त?

  • शुक्रबार, फाल्गुन ६, २०७८
के राजाले देशको बिकाश गरेका थिए त?

सुरेशकुमार पान्डे — हाम्रो देशमा एक सए चार बर्ष राणाहरूले साशन गरे अनि करिब ३२बर्ष तिन पुस्ताका राजाले पनि साशन गरेका हुन।उनिहरूको साशन कस्तो प्रकारको थियो त्यसबारे सबैलाई जानकारीछ बारमबार दोराउँन नपर्ला।तिन दशक भन्दा बढी साशन गरेका तिन पुस्ताका चारवटा राजहरूले देशमा राज गरेकाथिए यि चारवटा राजा प्रथम त्रिभुवन,दोस्रा महेन्द्र र तेस्रो पुस्ताका राजा बिरेन्द्र ले साशन चलाए राजाको बंशनासपछि दरबार हत्याकांड पछि ज्ञानिन्दरले आफुलाई राजा घोषित गरेर केहि बर्ष उन्ले पनि निरंकुश साशन गरे।यिनिहरूले जनताको अधिकारलाई कुण्ठित गरेर निरंकुश साशन चलाएका थिए उनिहरूको साशनकालका अहिलेपनि बुजुर्गहरू कता कति भेट्टिनुहुन्छ।
उनिहरूको कार्यकालमा पहिलो पल्ट देशका राजनीतिक पार्टी र जनतालाई ठगेर त्रिभुवनले जनताको हातबाट सत्ता खोसेर राजगरे।राज त्रिभुवन आफैले मात्र राजगरेनन् बरू आफ्नो छोराहरूलाई नीजि हमपत्ति हस्तानतरण गरेको जस्तै गरी देशलाई सौंपेर गएका हुन।
दोस्रो राजा महेन्द्रले भारतलाई कालापानी हस्तान्तर गरे जस्लाई अहिलेपनि मुक्त गर्न सकेकाछैनौं।अहिले सम्म राजाहरूले गरेको गलतीलाई सच्चाउँन राजनीतिक दलहरूको आपसमा भिडन्तछ।राजतन्त्रको पालादेखीनै
देशमा बिदेशीहरूको चलखेल र अतिक्रमण बढेर गयो। राजतन्त्रको वकालत गर्नेहरूले भन्नुपर्छ तर राजतन्त्रको पालामा कहां कुन क्षेत्रमा बिकाश भयो भनेर भन्ने कुनैपनि श्रोत छैन।देशको अर्थब्यबस्था डांबाडोल थियो।देशका युवाहरू रोजगारको तलासमा भारत पसेकाथिए उनिहरूको पालामा भारत संगको कथित शान्ति तथा मैत्रि सन्धि पनि भयो।राणाहरूको पालामा बरू देशको लागि लडेको लडाई र कुटनैतिक चालले गर्दा केही भुभागहरू फिर्ता भयका थिए।तर पहिलेका पृथ्वीनारायण शाहाको एकि करणको अभियान लाई छाडेर देशको बिकाशको लागि कुनै राजालेपनि अभियान चलाएनन्।बरू जनताको भबिश्य सँग खेलबाड गरेका कयौं उधारणहरूछन।आफ्नो ऐयाशी गर्न सक्या सम्म गरेर बिलासितको जीवन बिताएका कथाहरू अहिलेपनि भेट्टिन्छन।
अहिले जब देशमा जनताले सम्बिधान सभा द्वारा बनाएको सम्बिधान आएकोछ यो अबस्थामा कति पय नेताहरूले राजतन्त्रको बकालत गर्न थालेकाछन।
डा.भिमरावले भन्छन “देशमा राजा सहितको सैनिक साशन न आए सम्म देशको बिकाश नहुँनेभयो।”नेकपा क्रान्तिकारीका क.किरण मोहन ब्यद्मले पनि लगातारर राजतन्त्रको वकालत गर्दै आएकाछन।पहिले गिरिजाप्रसाद कोईरालाले शेरेमोनियल किंग अथवा बैधानिक राजतन्त्रको वकालत गर्दै आएकाथिए।त्यो शेरेमोनियल किङ्ग त्यो वेला ठिक हुनेथियो यदी राजाले देशमा आफ्नो साशनकालमा आफैले आफुलाई आम नागरिक सरह बैधानिक बनाउँने पहल गर्थे।हाम्रो देशमा राजतन्त्रलाई फाल्न ठुलो र ऐतिहाशिक शंघर्ष भयो र ऐतिहाशिक जनआन्दोलनले मात्रै राजतन्त्रलाई घुंडा टेकाएर गणतन्त्रको स्थापना गरेको हो।त्यसरी फालेको राजतन्त्रलाई अहिले कतिपयले राजतन्त्रको बकालत किन गर्छन?यो गम्भिर बिषय हो।
जब की राजतन्त्रलाई फाल्दा हजारौंहजार नेपालीहरूको हत्या भयो दश भर्ष सम्म माओवादी हरूको देशमा आतङ्क फैलिएको थियो।दोरो भिण्डतमा परेर धेरै सर्वसाधारण मानिशहरू मरेर गएका थिए भन्नेकुरा यि सबै नेताहरूलाई थाहा नभयको त होईन।
अहिले देशलाई गणतन्त्र र धर्म निरपक्षियता प्राप्त भयपछि बिदेशीको इसारामा यो ब्यबस्थाको अनत्य गर्न ठुलो कसरत भयकोछ।हुनुपर्ने केहो त?सबै राजनीतिक पार्टीहरूको मिलन केन्द्र सम्बिधानसभा थियो जसले देशलाई केही उपलब्दि पनि हाशिल भयकोछ त्यो के हो भने मुख्य रूपमा गणतन्त्र र धर्मनिपक्षियता जनताको झोलिमा आएकोछ।त्यसलाई संस्थागत गरेर अगाडी बढ्ने
जति वेला हामिले सम्बिधान सभाको चुनावको माग गर्दै थियौं ठिक त्यहि वेलानै भनेका हौं यो सम्बिधान सभा भनेको मुलत पुँजिवादी ब्यबस्था अन्तरगत हुनेभयकोले यो सम्बिधानले सबैको समस्य वा मागलाई समेटन सक्नेछैन तर पनि अरू बिधी भन्दा समँबिधान सभाको निर्वाचन बढि प्रगतिसिल हुनसक्छ।जनताबाट चुनेका प्रतिनिधिहरूले आफ्नो देशको सम्बिधान लेख्नेछन र त्यो प्रगतिसिल हुनसक्छ।”त्यहि प्रकारले हामिले दुई दुईपल्ट सम्बिधान सभाको निर्वाचन गरेर देशलाई नयां सम्बिधान दिन सफलभयौं।
जब हामि आफैले सम्बिधान सभाको चुनाव द्वारा सम्बिधान बनायौं त्यसलाई संस्थागत गर्ने जिम्मेदारी पनि हाम्रै हो।जस्को माग करिब साढे छे दशक देखि जनताले गर्दै आएका पनि थिए।
तर बिदेशीहरूको इसारामा सम्बिधान पोल्ने च्यात्ने जस्ता कु-क्रमगरेर दुनियांलाई हंसाउँन थालेपछि देशमा झनै बिदेशिको चलखेल बढेर गयो।सम्बिधान लागुनै नगर्नेहो भने सम्बिधानलाई यति धेरै समय र देशको आर्थिक लगानि लगाएर किन बनायौं?सम्बिधान त समय अनुसार परिमार्जित गर्ने तथा थपघट गर्ने बिधा पनिहो।आबस्याक्ता अनुसार सम्बिधानमा परिमार्जित गरेर सम्बिधानले सम्बोधन नगरेका बिषयबस्तु समाबिष्ट गर्न सकिन्छ।
हामिलाई थाहाछ अहिले सम्म नेपालको इतिहाशमा सबैभन्दा राम्रो सम्बिधान अहिलेकोहो नपताए बिगतका सम्बिधानलाई मसिनरी अध्यायन गर्नुहौश।
अहिले कतिपय राजनीतिक दलहरू आत्तिएर कसैले सम्बिधानलाई आकारमण गरेकाछन कसैले राजालाई बैधानिक बनाएर फर्काउँ भन्दैछन यो कम्जोर राजनीतिको द्मोतकहो।आफुलाई क्रान्तिकारी भन्नेहरूले उफ्रि उफ्रि राजतन्त्रको वकालत गर्न थालेपछि कस्तो सन्देश जाला?ति जीवनभरी मालेमाका अध्यायन गरेर कपालबाट छाला निक्लन खोज्ने पुराना दांत झरेका कपाल फुलेका नेताहरूले राजतन्त्रको वकालत गर्दा आचार्यलाग्छ।
तर न त उनिहरूले राजतन्त्रलाई फाल्नुलाई गलत ठानेकाछन न आफुलाई कम्युनिष्ट भन्न छाडेकाछन मात्र कतिपय राजावादीहरूको स्वरमा स्वर मिलाउँन थालेकाछन।त्यसो गर्नु उनिहरू सँग आफ्नो राजनीतिक नहुँनुनैहो।हाम्रा कतिपय समान अन्तरका साथिहरूले एउटा गुट बनाएर नेपालको तृत्वलाई गालि गलौच गर्ने मात्रै काम गर्नुभयको देख्दा पनि उनिहरू सँग आफ्नो कुनै राजनीतिक छैन।
नेकपा मसालले क्रान्ति गर्न सकिन भनेर आफुलाई महान क्रान्तिकारी ठानेका नेताहरूले कति दिन सम्म क्रान्तीकारी राजनीतिको नेतृत्व गर्नेहुन त्यो उनिहरूको आगामि दिनका कृर्यकलापले पुष्टीगर्छ।भनिरहनु पर्ने आबस्याकता पनि छैन तर उनिहरूका नेता कार्यक्रताले हाम्रा लेखलाई राम्रैगरी नपढेर माथी नामहेरेर नकारत्मक टिप्णि गर्दै आउँनुभयकोछ।त्यसोगरेपछि उनिहरू महान क्रान्तिकारी हुनेछन।
मेरो यो लेखको शन्द्रभ अहिले कतिपय पुराना कम्युनिस्टका नेताहरू किन बिस्तारै राजावादी हुँदै आएकाछन त्यसको बारेमा हो र त्यसै बिषयलाई मात्र रेंखाङ्कित गरेर लेखिएकोछ अर्को बिषय तर्फ नजाउँ।हामिले अहिले भन्दै आएको नौलोजनवादी क्रान्ति पनि मूलतः पुँजीवादी क्रान्तिनैहो।त्यसमा यत्ति फरक हुनेछ काम गर्नेको अधिनायकत्व र सर्वहाराको नेतृत्व तर त्यो ब्यबस्थामापनि सबैका समस्या हल हुन सक्दैनन् बरू समाजवादी क्रान्तिकालागी आधार तैयार पार्ने बिधिनैहो त्यो।हामि सबैका समस्याहरूको समाधान भनेको समाजवादी ब्यबस्थाभित्र हुन सक्छ।तर त्यो ब्यबस्थामा जानकालागि कमर कसेकाहरूले हतास भयर राजालाई फर्काउँ भन्न थालेको देख्दा उनिहरूको नैतिक पतनलाईनै बताउँछ।अहिले उनिहरूको कु तर्कले गर्दा देश झनै तरल अबस्थामा गएकोछ।एका तिर अमेरिकी साम्राज्यवादले एमसीसीलाई पासगराउँन सरकारलाई दबाव दिएकोछ त्यसको बिरोधमा सबै देशभक्तहरू सडकमा ओर्लिनुपरेकोछ।जनताको एकतालाई तितर बितर गर्न बिचबिचमा नेताहरूको गलत तर्कले आधार तैयार पारेकोहुन्छ,अहिले देशमा त्यही हुँदै आएकोछ।अहिलेको यो एक्किसौं सताब्दीमा राजतन्त्रको वकालत गर्नु राजनीति अपरिपक्कताहो र राजतन्त्रको वकालत गर्नुभन्दा जनताले बनाएको सम्बिधानभित्र भयका जनाधिकारको रक्षा गर्दै संघियता जस्तो खर्चिलो ब्यबस्थालाई खारेज गर्न हामि सबै एकजुट हुनुपर्छ यही समयको मागहो।

चर्चामा

सम्बन्धित समाचार