शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • भौतिकवादी बन्न त्यति सझिलो छैन

भौतिकवादी बन्न त्यति सझिलो छैन

  • सोमवार, फाल्गुन २, २०७८
भौतिकवादी बन्न त्यति सझिलो छैन

सुरेशकुमार पान्डे
हुन त जानि नजानी समाजले साइंस प्रयोग गर्दै आएकाछन तर पनि भौतिक बिज्ञानको बारेमा जे सुकै गरेता पनि अनइस्वरबादी बन्न सकेकोछैन।अहिले एउटा एम बि एस गरेको सर्जिकल डाक्टरले मोर्न लागेको ब्याक्तिलाई सर्जरी गरेर नयाँ जीवन दिन्छ तर अप्रेशन गर्नु भन्दा पहिले एउटा मुर्तिमा धुप बत्ती गरेर हात जोड्दै भन्छ “हे भगवान मलाई आफ्नो कार्यमा सफलता मिलोश”एउटा बोम बनाउँने ब्यक्तीले पनि तेसै गर्छ।
पाठशालाको बाहिर लेखेको हुन्छ”कामनै पुजा हो”तर अध्यापकले बिहानै घरमा पुजा गर्छन अनि उनिहरूको आफिसमा मुर्तीमा धुप बत्ती सजिएको हुन्छ।पढे लेखेका बिद्धानहरूले यसरी भौतिक विज्ञानको बारेमा गरेको ब्यबहारले सामाजलाई कुन पाठ सिकाएकोछ।
इतिहाशलाई खोतलेर हेर्दा हामिले ब्यबहारमा थुप्रै सांईस प्रयोग गरेका हुँन्छौ।
उधारणको लागि आफुले पल्टाउँन नसकेको ढुंङ्गा लाई साप्लाको भरमा गल लगाएर पल्टाउँनु पनि त सांईसनै हो।फलाम बाट बनाएका हतियार, लगायतका मानिसले आबस्याकता अनुसार अप्नाउँदै आएको टेक्नोलोजीलाई पनि त सांईस वा भौतिक शिधान्त बाट अलग गरेर हेर्न सकिदैन।मानिसले आदिम साम्मेवादी युगमा जति वेला पढाई लेखाईको बिकाश भयको थिएन त्यो वेलामा पनि त आफ्नो आबस्याकतालाई पुरागर्न नयां नया बिधीलाई प्रयोग गरेकाथिए।
कसैको घरमा बच्चा जन्मियो त्यो कति बर्षको भयो भन्ने पनि ध्वजा बानेर भयपनि जानकारी राख्थे।पानीको मूल नसुकुस भनेर साफ सफाई राख्थे र उनिहरूको त्यो ब्यबहारलेनै पछि पानीको मुललाई पुजा गर्ने बिधीको जनम भयो।
कुनै वेलाका आबिस्कारक वैज्ञानिकहरूलाई त्यो वेलाको ब्यबस्थाले कैदि बनाएर राख्ने काम पनि गरियो।गैलिलिओलाई करिब तिन सए बर्ष पछि न्याय मिलेको थियो एउटा चर्चले आफ्नो गलतिलाई तिन सएबर्ष पछि भल्ल आफुले दिएको सजाए गलत भएको स्विकिर गरेको थियो।उन्ले पृथ्वी गोलछ र हिंड्छ भनेका थिए कोपर्निकसलाई पनि बौलाह भनेका थिए।कार्ल मार्क्सलाई समेत हावा खुस्किएको आरोप लगाएका थिए।
कहिले पनि चल्दै आएको रिती र परमपरालाई असरपुग्ने खालका काम गर्दा समाजलाई असहज हुन्छ र प्रसाशनलाई अप्राध जस्तो लाग्छ तर त्यो बिस्तारै झुक्दै जान्छ किनभने सत्य बिचारलाई असत्य बिचारले तोपेर धेरै दिन राख्न सकिदैन।
अहिले हाम्रो समाजमा जातिय बिभेद र छुवाछुत पनि जीवीतनै छ,महिलामाथि अत्याचार पनि ब्यापकछ तर पहिले भन्दा सहर बजारमा गाउँ घरको भन्दा जातिय छुवाछुत काफि फरक देखिन्छ।भबिस्यमा यो गाउँ घरमा पनि बिस्तारै जाती माथीको बिभेद हट्दैजानेछ।हामीलाई लाग्छ देशभित्र कम्युनिष्टको साशन सत्ताछ अनि सम्बिधानमा समावेसी समाजबादी अनमुख लेखिएको पनिछ तर ब्यबहारमा प्रयोग भयको छैन वा हुन सकेकोछैन।वास्तबिक रूपमा बुझ्नै पर्ने के कुराहो भने सम्बिधानमा उल्लेख भयरमात्रै समाजवादी ब्यबस्था आउँदैन त्यसकालागि समाजीक दृष्टीकोणमा पनि ब्यापक सुधार र परिवरतनको आबस्याकता पर्छ।त्यसैलाई हामिले आमूल परिवर्तन गर्न खोजेका हुन्छौं।समाजमा अहिले पनि अर्ध सामन्ति ब्यबस्थाछ सामन्ति सोंचले यति नराम्ररी जरागाडेकोछ।
गरिब र बेरोजगारी पिल्सिएका जनताहरूलाई बढ्दो आर्थिक भार त छंदैछ रूढीवाद मुक्त हुन समेत नसकेको अबस्थाछ।
कम्युनिष्ट ब्यबस्था भनेको एउटा भौतिकवादी धरतलमा उभियको बिज्ञानिक ब्यबस्था भयकोले आम जनताले यो ब्यबस्थालाई पचाउँन सकिराखेका छैनन्।
भौतिकवाद भन्दा बित्तिकै आध्यात्मबादको ठिक उल्टो ब्यबस्थाहो।जुन देशका जनताले सदियौं देखि रूढीवादी बिचारधारालाई मनमा गांठो पारेर हिंडे ति ब्याक्तिहरूलाई भौतिकबादी बिचार झ्यास्सै पच्न सक्दैन।हामीलाई थाहाछ देशमा बहुसंख्यक जनताहरूले देशको अर्थब्यबस्था डामाडोल देखेर देशभित्र कम्युनिष्ट ब्यबस्था हुनुपर्छ त भन्छन तर त्यो कम्युनिष्टको अनुसाशन भित्र बस्न सक्दैनन्।
किन कि हाम्रो सामाजिक परमपरा सदियौं देखि अत्यान्तै रूढीवादी ग्रस्त थियो र त्यसलाई छाड्न जनतालाई धेरै अपठ्यारो हुन्छ।हामिले गर्भै देखून रूढीवादको सेवा गर्दै आयौं।घरमा कुनै बिमारी पय्रो मने भाकल गर्ने र कुनै समस्य पय्रो भने पनि भाकल गर्ने त्यो कुरितीले भरिएको हाम्रो समाजमा अहिले पनि त्यो बाट मुक्त हुन सकेकोछैन।कुल पुजा गर्दा पाठो चढाउँने देवाली मा बलिदिने झांक्री र बोक्सीमा बिस्वास गर्ने समाजलाई कम्युनिष्ट बिचार पचाउँन धेरै गारोहुन्छ जो फलामका चिउरा चपाउँने जस्तै हो।हामिले आफुलाई स्वतन्त्र ठानेका भयपनि मानसिकरूपबाट हामी स्वतन्त्र बन्न सकेकाछैनौं हामी अहिलेपनि रूढीवादी बिचारधाराका आदीछौं।
देशभित्र आमूल परिवर्तन गर्नको लागि हामि सबैजसो जनताको बिच एकताको आबस्याकताछ अम्तिमा एउटै बर्ग जो श्रमजीवी बर्गहो त्यसको एकता तब मात्र सम्भव हुनेछ जब कि हाम्रो बिचमा एकता हौश बर्गिय मायां हौश त्यो हुन नसक्नु हाम्रो जातिय बिभेदले पनि काफि हदसम्म काम गरेकोछ।जबसम्म हामिले रूढीवादी अनाबस्याक बिचारलाई त्याग्न सक्दैनौं तब सम्म हाम्रो बिच एकता हुँनसक्दैन।
हामिले आफुलाई कम्युनिष्ट क्रान्तिकारी भनेर जति उफ्रिएपनि अंझै सम्म हामिले आफुलाई भौतिकवादी सम्म बनाउँन सकेकाछैनौं।कम्युनिष्ट क्रान्तिकारी त धेरै टाडाको कुराहो।आर्को तिर अहिले धेरैजसो अवसरबादी बिचारधाराको ब्यापक बिकाश भयर गएकोछ।अलि अलि पढे लेखेका डिग्रि होल्डर ब्याक्तिहरूले कँहा गयपछि रोजगार पाउँछौं पैसा कमाउँन पाउँछौ भनेर अवसरको ताकमा बसेकाछन।साथै उनिहरू नैटिङ्ग कारोबारमा आई एन जीओ र एनजीओ जस्ताको जालमा फसेर कारोबार गर्दै पैसा कमाउँने प्रयासमाछन।उनिहरूले संगठनको झोला बोकेको जस्तो गरेर इन्टरनेटको माध्यायम बाट त्यो कारोबार गर्दैछन।
अहिले कम्युनिष्ट आन्दोलनलाई यसबाट पनि ठुलो नोक्सान भयकोछ र भबिस्यमा यहि नैटिङ्ग कारोबारले कम्युनिष्टको जरा पनि काट्ने हतियार हुनेछ।कम्युनिष्टको छत र छांया भित्र बसेर यो कारोबारमा फसेका कयौं झोलेहरूलाई समयमा चिनेर गलहत्याउँनु पर्दछ।संगठनको काम गरेको जस्तो गर्ने कतै प्लाटिङ्ग गर्ने कतै ठेक्का बाट्टा गर्ने र कतै एनजीओको संञ्जाल चलाउँने गर्दै आएकाले पनि लगातार कम्यम्युनिष्ट आन्दोलनलाई क्षति पुराएकाछन।यो सबै हुनु भनेको निम्न पुँजीवादी सोंचले गर्दा र रूढीवादी बिचार छोडेर भौतिकवादी बन्न नसक्दा यसो भयकोहो।

चर्चामा

सम्बन्धित समाचार