मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • स्वर्ग तुल्य देशमा नारकिए जीवन!

स्वर्ग तुल्य देशमा नारकिए जीवन!

  • बिहिबार, माघ २०, २०७८
स्वर्ग तुल्य देशमा नारकिए जीवन!

सुरेशकुमार पान्डे — “देशको वेहाल के सुनाउँ साथि यो छाती चर्किन्छ”
यो धेरै पुरानो एउटा गीतको बोलहो त्यो आजपनि फिटछ
अहिले गाउँ सहर जता ततै भ्रष्टचार मंहगि बेथिति यो सरकारनै नभयको जस्तो अबस्थाछ।
अहिले पनि त्यो गीतका पंक्तिहरूले ताजा र वास्तबिक संदेशहरू दिन्छन।
देशको उप महानगरपालिकामा बिकाशको नाउँमा एउटा गतिलो मसानघाट सम्म छैन।खोलामा लगेर दांसंस्कार गर्दा एउटा जस्तापात, टिनको छानो भयको ओटलाग्ने ठाउँछैन मर्ने मानिसलाई अहिले पानी परेकोछ नमोरेस भनेर त हुँदैन मृत्यु त सबैको ढिलो चांडो अनुकुल प्रतिकूल जुन सुकै अबस्थामा जुन सुकैको पनि हुनसक्छ
भन्नेकुरा त जीउंदाले बुझ्नेकुराहो।पिउँने पानी मुर्दाआश्रम,स्कुल बाटो जस्ता सार्वजनिक संस्थान त सबैको लागि चाहिने ठाउँ हो।यस्तो बिषयमा ध्यान दिन नसक्नेहरू नेताहरूलाई नेता भनाउँनमा गर्व महेशुर्ष गर्छन कत्तिको घृणित बिषयहो।
अस्पत्तालमा सिटामोल छैन नागरिकहरूको निसुल्क उपचार हुँनेठाउँछैन आखिर यस्को जवाफ देहि को हुनुपर्छ?हामि आम सर्वसाधारण नागरिकहरूले के अनुभुति गर्ने।सहरलाई उपमहा नगर पालिका वा राजधानी भनेर मात्रै बिकाश हुँदैन त्यसको लागि बिकाशको प्रयास गर्नैपर्छ।
अहिले कोरोना,ओमिक्रोनको महामारि फैलिएको वेला नागरिकहरूलाई मास लगाउँने सेनेटाईजर प्रयोग गर्ने जस्ता उपदेश दिनेहरूले ति निजि बहानहरू तिर किन ध्यान दिन सक्दैनन्?भित्र कोचाकोच भेंडा र बाख्रा हुलेको जस्तै हुलेर नागरिकहरू ओमिक्रोन बाट शुरक्षित रहलान?
स्कुलहरू क्याम्पसहरू बन्द गरेर आम बिध्यार्थिहरूको जीवन सँग खेलवाड भयकोछ।मन्द्रिर,स्कुल र क्यामपस बन्द गर्छन त त्यो सवारी साधनहरूमा कोचाकोच सवारी हाल्छन।उनिहरूमाथि सरकार प्रसाशनको कुनै नियन्त्रण छैन।
सरकारले जनतालाई सांचै भेंडा र बाख्रा सम्झिन्छन भन्ने कुरा उनिहरूले अप्नाएको ब्यबहारले पुष्टी गरेकैछ।मनोमानि भाडा बिना टिकट असुल्छन सवारीले कतिपैसा वहानलाई तिरे त्यसको कुनै लेखाजोखा छैन् जस्ले हान्यो उसैले जान्यो भनेको जस्तो अबस्था देशमाछ।जनतालाई लडाएकाछन कहिले जातिको नाउमा कहिले राजनीतिको नाउमा अनि लुट मचाएर साशन गरेगरेकाछन।
स्वर्ग तुल्य देशमा नारकिय जीवन ज्युन बाध्य भयकाछन जनताहरू।बिना अबिभावक टुहुरा आफुलाई महेशुर्ष गरेकाछन।
देशको भुगौलिक बनावटनुसार कुल क्षेत्रफलको १७%मात्रै तराईछ जस्लाई अन्न उत्पादनको भण्डार पनि भनिन्छ तर त्यो सबै जसो भूभाग पलाटिङ्ग हुँदै गयपछि कृर्षि योग्य जमिननै बांकि नहुँने भयो।हामिले पहाडको बेचेर तराईमा एउटा घडेरी जति भुभाग किन्न सकिदैन।
छिमेकी मुलुक बाट बिषाक्त फलफुल र तरकारी अनि खाध्यान पदार्थ आउँदा देशभित्र बिषालु खाध्यायनको बिक्रि बितरणले पुरै मानव समुदायहरू रोगि बन्दै जाने सम्भावनाछ।उत्पादन गर्ने ठाउँ यति महंगो भैदियो कि त्यँहा जमिन किनेर खेति गर्न अब असम्भब जस्तोछ। पहाड तिर सिंचाईको अभावमा खेति हुँदैन अनि नागरिकहरूले के खाने?युवाहरूको लगातार बिदेश पलायनले गर्दा मैन पावरको मात्रै बढि चलखेलछ।युवाहरू डिग्रिलिएर राहदानि र विजाको प्रतिक्षामा हुन्छन।
हाम्रो देशले आर्काको देशको लागि सस्ता मजदुर जन्माउँने नर्सरीको भुमिका निर्वाह गर्दै आएको देखिन्छ।नेताहरूले सधैभरी जीतेपछि कसरी धन जम्मा गर्ने तिर ध्यायन दिन्छन।एउटा घरमा तिन भाई छनभने एउटा कांग्रेस एउटा एमाले एउटा अन्य यसरी उनिहरूको घरमै पनि राजनीतिक बिवाद चर्काचर्कि हुँदोहोला।वास्तबिक अर्थमा कुन पाल्टिको मान्छेहो भन्नेकुरा पहिले ब्यबहारले प्रष्ट पार्थ्यो तर अहिले सबैका ब्यबहार उस्ता उस्तै देखिन्छन।अहिले ब्यबहार बाट कुन कम्युनिष्टहो, कुन कांग्रेस हो कुन आर्को दलहो त्यो भन्न वा छुट्टाउँन धेरै कठिनछ।सबै लगभग एकैनासे हुँदै गयको आभास हुन्छ।
हाम्रो यति राम्रो देशलाई भ्रष्टचारले गर्दा नर्क जस्तो भयोकोछ।राजनीतिको आडमानै यो भ्रष्टचारी ब्यबस्थाले फुल्ने र फल्ने मौका पाएकोछ।सरकारले ति भ्रष्टचारीहरूलाई नियनन्त्रण गर्न नसक्नुमा पनि आफ्नो त्यसमा सहभागि रहेरनै हो।त्यसैले दलालि मानसिकताको अनत्य नहुँदा सम्म यो भ्रष्टचार शिद्धिनेछैन।यसको लागि आमूल परिवर्तन गरेर मात्र नियन्त्रण गर्न सकिन्छ।अहिले पुरै सम्रचनानै भर्ष्टचारीछ।बिकासको साधन श्रोत नभयर होईन मात्र सरकारको काम गर्ने र गराउँने नियतनै नभयपछि कस्को के लाग्छ?अहिले कतिपय नेताहरू राजनीतिको आडमा झन पछि झन देशलाई नाङ्गेझार बनाउँनम तल्लिन भयका छन।

चर्चामा

सम्बन्धित समाचार