शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • कामरेड निर्मल लामालाई शम्झिंदा!

कामरेड निर्मल लामालाई शम्झिंदा!

  • आइतवार, माघ २, २०७८
कामरेड निर्मल लामालाई शम्झिंदा!

सुरेशकुमार पान्डे — मेरो कामरेड निर्मल लामा संग पहिलो पल्ट भेट अर्जुन खोलाको एउटा होटेलमा भयको थियो।त्यो वेला देशमा पञ्चायि ब्यबस्था थियो मेरो हातमा मोहन ज्युले लेखेको एउटा पुस्तक थियो साहिद चिवेचरा र झिम्रुक नदि को कथा नामक पुस्तिका हुनुपर्छ।म पनि लाहुर हिंडेको उनि गोरखपुर जाने कुरा गर्थे आफुलाई कम्युनिष्ट भन्ने हिम्मतिलो ब्याक्ति मलाई पहिलो पटक उनै टक्रिएका हुन।
उन्ले त्यो पुस्तकलिएर हेरे अनि लाल सलाम भने मैले बुझिन केभन्नु भयो भनेर सोंधे केहि होईन पुस्तक लेख्ने कामरेडलाई लाल सलाम भनेको भने।म अक्क म क्क परें उन्ले यो पुस्तक झोलामा राख्नुस घर गएर पढ्नुहोला भनेर सम्झाए।त्यो बेला उन्ले आफ्नो नाम मस्तराम भनेको मलाई अलि पछि सम्झना भयो।त्यसपछि एक पटक दाङ मा र पछि दिल्लिको एटा जूलूसमा पनि भेट भयो।उन्को ब्यबहार जस्ले जे भनेपनि मलाई कम्युनिष्ट मध्यका मनपर्ने निर्मललामा पनि हुन।अहिले मैले निर्मललामाको बारेमा लेख्दा कसैले आर्को अर्थ भने नलगाउंन किन कि म ब्याक्तिवादी पनि होईन र जुनसुकै ब्याक्तिमा राम्रो गुणछ भने उस्को बिचारलाई अगाल्दा म हिचकिचाउँदैन।
आजको दिन उनै महान ब्याक्तित्वको जनम दिन पनि भएकोले थोरै शंक्षिप्तमा उन्को जीवनीलाई लेख्ने प्रयात्न गरेकोछुं।
कामरेड निर्मल लामाको जनम विक्रम सम्वत् १९८६माघ१ गते दार्जीलिङ्गको खरसाङ्ग सवडिबिजनको बाफाबारीमा भएको हो।बाबा हर्कमान लामा र आमा म्हेन्दु लामाका आठ जना छोरा मध्य निर्मल लामा माईला हुनु हुनेथ्यो।बाजेको घर बाट छुट्टिएपछि निर्मललामाको परिवार घरबिहिनको सुकुमबासी भयो।बाबुले चार पांच क्लास पढेका थिए उनि चिया बगानमा राईटारको काम पाए गर्थे नत्र बेरोजगारनै थिए।त्यो बेला चार पांच क्लास पढेकाले पनि मजदुरी गर्न लाज मान्थे।आमाले चिया बगानमा काम गर्थिन।बाल्याकाल देखि निर्मललामाले झिना मसिना श्रममा जुटे,उनि मेहन्ति थिए काम गरेर आमालाई खुसि पार्न खोज्थे।स्कुलको बिदामा उन्ले पनि चियाको बगानमा काम गर्थे।त्यो बेला घरमा रक्सि पार्नु प्रतिबन्ध थियो तर पनि आमाले लुकिचोरी घरमा रक्सि पार्थिन र निर्मललामा स्कुलमा जादा रक्सि बेच्थे स्कुलको नजिकैको पसलमा अरूका आंखा छलेर सुटुक्कै बेच्थे र त्यो दाम लिएर आमालाई दिन्थे।परिवारको छाक टार्न र आंग ढाक्न आमा छोरा माथि बजारमा सस्तोमा गोरूका आन्द्र भुंडि किन्थे र डोकामा बोकेर तल बस्तिमा लगि दुई चार आना नाफा गर्ने गरि बेच्थे।
त्यो बेला दोस्रो विस्वयुद्धको थियो त्यसैले त्यंहा अंग्रेज सिपाईहरू आईनै रहन्थे।लामा उनिहरूका गुन्टा बोकेर रेल स्टेसन देखि चिया बगानका अंग्रेज म्यानेजर जोनको महल सम्म पुराईदिन्थे।त्यो बेला भारि बोकेको ज्याला चार आना पाईन्थ्यो।लामाले पढ्ने सेन्टअल फनसस ईङ्गलिस हाई स्कूल मुन्तिर हिलकाट रोड पर्थ्यो।त्यो गोरू गाडा चलाउने पहाडि बाटो थियो फुर्सत भएको वेलामा लामाले गोरू गाडा बाट झरेका काठ बोकेर कारखाना सम्म पुराउँने कामको ठेक्का पनि लिन्थे।यस्तै गरेर उनिहरूको घर बार चलेको थियो।
स्कुलको छुट्टिका दिन फिलम हेर्ने पनि गर्थे।अंग्रेज हरूले’गोर्खा’भनेर दार्जलिंग का नेपालीहरूलाई ह्याप्दा उन्लाई रिस उठ्थ्यो त्यस्तै बंगालिहरूले पनि गोर्खालि भनेर उपहास गर्ने गर्थे।उनिहरूको अपमान संहदै र मजदुरी गर्दै उन्को बाल्याकाल बित्यो।भनिन्छ फौलादलाई जति घनले हान्यो त्यो त्यहि अनुपातमा धारिलो हुंदै जान्छ”त्यस्तै लामालाई पनि अपमान र उपहासका शब्द गरिवि र वेरोजगारीले पाक्दै र धारिलो बन्दै गए।
उन्ले १३/१४बर्षको कलिलो उमेरमै आफ्नो मामा बाट मार्क्सवादको पहिलो पाठ सिकेका हुन।त्यहि ताक प्रोफेसर शिवनारायण राय भाषन दिन भनेर दार्जीलिङ्ग आए उन्को भाषनले लामा प्रभाबित भए।यसरी कुनै वेला झांक्रिका असिस्टन भएका लामाले मार्क्सवादका किताब खोजि खोजि पढ्न थाले।उन्ले आफु अंग्रेज को पल्टनमा भर्ति नहुँने अठोट गरे।गरिवीकै कारणले उन्को कक्षा आठमा पुगेपछि पढाईमा बिराम लाग्यो।डोनास ग्राङ्गडङ्गा भन्ने एकजना बर्मेलि सँग लामाको चिनारी थियो ति बर्मेलि२००५साल तिर लामालाई बिराट नगरबाट डाकि पठाए।उनैले बाटा खर्चका लागि भनेर रू२०पनि पठाई दिएछन।लामाका बाबालाई आफ्ना आठौटा सन्तान मध्य एकजना लाई नेपाललाई उपहार दिन रहर लागेको थियो।त्यसैले निर्मल नेपाल आउँन थाल्दा भने”आज देखि मेरो पाराङ्ग माईला नेपाललाई भयो।”घरबाट बिंदा हुने बेलामा आमाले निर्मललाई चेतवानि दिंदै भनिन”हेर् पाराङ्ग मधेशीले दिएको केहि नखानू नि तिनिहरूले भेद्छन् (तिनिहरूले मार्छन)”बाटामा मधेशिहरू देख्दा लामा डराउँथे। लामाले पानी समेत नखाएर भोक भोकै कटिहारबाट जोगबनी पुगे त्यंहा आफ्नो बाटो हेरीरहेका ग्राङ्गडङ्गा सँग लामाको भेट भयो।उनि सिमावारी आएर जुटमिल नजिकैको वर्मा बस्तिमा बसे।उन्को नेपाल यात्रा स्वधिन देश र स्वतन्त्र जीवनको खोजि गर्ने यात्राको महत्वपुर्ण पाईलो थियो।
लामा बर्मेलि बस्तिमा बस्दा नेपाल प्रजातन्त्र कांग्रेसका अध्यक्ष सूर्यप्रसाद उपाध्याय र महासचिव महेन्द्र बिक्रम शाहा त्यंहा आए र भेटमा अत्याचारि राणा शासनको तख्ता पलट्ने बिषयमा छलफल भयो।लामाले आफ्नो मामाका कुरा शम्झिंदै भने”गान्धिको अहिंसाको बाटो हिंडेर राणाको शासन ढाल्न सकिदैन हतियार उठाउँनुपर्छ।”लामाका कुरा सुनेर उनिहरू वाल्ल परे।पछि यि लडाकू स्वभावभएका लामालाई सुवर्ण शमशेर सँग भेट गराए।सुवर्णले लामालाई जन सेना गठन गर्ने अबिभारा सौंपे।उनि जन सेनमा जवानहरू भर्ति गर्दै दार्जीलिङ्ग पुगे र आफ्नै नरेन्द्र लामालाई पनि जनसेनामा भर्ति गराए।आफु कांग्रेसमा छंदा बनारसमा पांच कक्षामा पढिरहेका कमल कोईरालालाई कम्युनिष्ट बनाएका थिए।निर्मल लामा बिचारले कम्युनिष्ट भैसकेका थिए।लामाले धनगढिबाट बाझ्नि हुंदै राजपुरा कब्जा गरे। त्यसपछि आफुले लडाईमा हराएका मोहन शम्शेर३५जना सिपाईहरु रखबादुरलाई पछि लगाएर लामा सुर्खेत कब्जा गर्न लम्किए।यसरि उन्को राणा शासनको बिरूपद्धमा लडेको ईतिहाशछ।
निर्मललामा एउटा ईमान्दार निडर र लडाकु ब्याक्तित्व मध्यका थिए।उन्ले राणा शासन कालमा कांग्रेसको नेतृत्वमा राणाशासनको बिरूद्धमा लडे।राणाको शासनलाई ढालेपछि लामा केहि समय दैलेखको बडाहाकिम पनि भए।तर पद प्रतिष्ठा सुख सुबिधामा उन्को कत्ति पनि चासो थिएन।कम्युनिष्ट बनेर आर्को लडाई गरेर जनताको लागि जनक्रान्ति गर्ने उन्को चाहाना थियो।जहानिया राणा शासनको बिरूद्धमा तेत्रो लडाई लडेपछि पनि फेरी उहि मोहन शम्शेर नै प्रधान मन्त्री बनेको देखेर उन्को मनमा कांग्रेस प्रति अबिस्वाश र घृणा जाग्यो र उन्ले त्यो हाकिमको पद त्यागेर तत्कालिन खाद्यमन्त्री सूर्यप्रसाद उपाध्याय कहाँ गएर म अब कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु पय्रो भनेर प्रस्ताब राखे।उपाध्यायले भने म एउटा लाईसेंश दिन्छु त्यो कुनै ब्यपारीलाई बेचेर त्यस बाट बिस पच्चिस हजार रूपियाँ आउँछ त्यो रकम बैंकमा राख र जंहा मन लाग्छ जाऊ।”त्यसै गरि विश्वेश्वरप्रसाद कोईरालाले उन्लाई पटनामा गएर कम्सलमा बिए पास गर्ने सल्हा दिए।उन्ले पढाईको खर्च आफुले मिलाई दिने बचन पनि दिए।प्रतिउत्तरमा लामाले म लाईसेंश बेचेर खान क्रान्तिमा लागेको होईन,नाहिं म बिए पास गर्न भनेर क्रान्तिमा लागें।म कम्युनिष्ट बन्न पो क्रान्तिमा लागेंको हुं।”
२००९साल तिर उनि क्रान्तिको लागि पैसा बटुल्ने योजना बनाए।उनि कम्युनिष्टमा पर्वेस पछि२०१०को खुर्सानि कांड घट्यो पछि २०१४सालमा एस एलसी र पछि त्रिचन्द क्यामपसबाट आई ए पास गरे।त्यसपछि पर्वत जिल्लाको फलेवासमा बिध्यालय खोलेर राजनीति र माष्टरी गर्दै२०१७को फौजिकांड सम्म त्यंहि बिताए।उनि२०१८साल देखि२०२७सालको अन्त सम्म पटक पटक गरि सात बर्ष जति जेलमा बसे।उन्ले जेल भित्रपनि शंघर्ष गर्दै मार्क्सवादको अध्यायन गरे।२०२३सालमा ग्याजुएट कन्टिटुएन्सीको चुनावमा उठे।चुनाव प्रचारकै दौरान भाषण गर्दा “यो सम्बिधान च्यात्नुपर्छ”भन्नासाथ उनि जेलमा परे।२०२६सालमा निर्मल लामार र मोहन बिक्रम सिहँ भद्रगोल जेलमा संगै भए।उनिहरूको छलफल बाटनै केन्द्रिय न्यूक्लियसको भ्रूण पैदा भएको हो।
जेल मुक्त भएपछि२०२८सालमा सकुन्य वाइबा सँग प्रेम बिबहा भयो।उनिहरू बाट एकछोरा र एक छोरी छन।२०३१मा नेकपाको चौ.मा.भयो निर्मल लामा पोलिट ब्युरो छानिए।२०३९मा चौम दुई फैक भयो२०४७मा चौम,मोटो मशाल र श्रमिक संगठनको एकता बाट एकता केन्द्र बन्यो।निर्मल लामा २०४७को सम्बिधान सुधार आयोगमा पनि सामिल भएका थिए।पछि हाम्रो दिल्लिको जुलुसमा सार्वजनिक रूपमा आत्मालोचना गरेका थिए।मैले आफु गएर सम्बिधानमा केहि जनपक्षिय नीति सामिल गर्न सक्किन्छ कि भन ठानेको थिएं त्यो मेरो भुलथियो भनेर भनेका थिए।
२०५१मा त्यो एकता केन्द्र
उनिहरूको बिचमा माओवाद र माओ बिचारको बारेमा मतभेद चर्किएर आपसमा फुट भयो पनि भन्निन्छ।
२०५७सालकोबैसाख २६गते कामरेड निर्मल लामाको मृत्यु भयो।
निर्मल लामाले कुनैपनि सरकारी सहयोगमा बिदेशमा उपचार गराउँन नजाने जनताको सहयोग बाट आफ्नै देशमा उपचार गर्ने भने।वास्तबिक रूपमा उनि कम्युनिष्ट ब्याक्ति थिए भनेर भन्न सकिन्छ।राजनीतिक बिष्लेषण गर्ने के कति क्षामता थियो त्यो छुट्टै कुराहो उनि एकजना ईमानदार कम्युनिष्ट नैतिकता लाई नछोडेर मरेका एउटा महान कम्युनिष्ट हश्ति हुन।दार्जीलिङ्ग भारतमा जन्मिएर पनि नेपालको जहानिय राणा साशको बिरूद्धमा आफ्नो ज्यानको बाजि लगाएर लडेर त्यो मात्रैहोईन उन्ले कम्युनिष्ट आन्दोलनमा भुल्नै नसक्ने योगदान दिएर एउटा निस्वार्थ र क्रान्तिकारी छवि जनताको माझमा देखाएर गए उनै महान कामरेड बाट प्रेणालिनु पर्ने आबस्याकताछ।

चर्चामा

सम्बन्धित समाचार