बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुरा उद्योग वाणिज्य संघद्वारा उत्कृष्ट युवा उद्यमी, उत्कृष्ट विद्यार्थी सम्मानित

बाजुरा उद्योग वाणिज्य संघद्वारा उत्कृष्ट युवा उद्यमी, उत्कृष्ट विद्यार्थी सम्मानित

  • शनिबार, जेष्ठ १६, २०८३
सेयर गर्नुहोस् :
बाजुरा उद्योग वाणिज्य संघद्वारा उत्कृष्ट युवा उद्यमी, उत्कृष्ट विद्यार्थी  सम्मानित

बाजुरा–  बाजुरा उद्योग वाणिज्य संघले आफ्नो २५औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने युवा उद्यमी, उत्कृष्ट विद्यार्थी, संचारमाध्याम तथा बजार समितिलाई सम्मान गरेको छ। संघले जिल्लामा सफल व्यवसाय सञ्चालन गरी अन्य युवाका लागि प्रेरणाको स्रोत बनेका डियर ग्रिल उद्योगका सञ्चालक विनोदकुमार बि.क. र नाटेश्वरी फुड प्रोडक्ट्सका सञ्चालक दिव्यबहादुर साउद लाई ‘उत्कृष्ट युवा उद्यमी सम्मान’ प्रदान गरेको छ। उनीहरूले जिल्लामै उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको संघले जनाएको छ।

त्यसैगरी, संघका गतिविधि, व्यवसायिक हकहितका मुद्दा तथा निजी क्षेत्रका आवाजलाई निरन्तर सञ्चार माध्यममार्फत उजागर गरेको भन्दै बडीमालिका खबरलाई प्रशंसा–पत्र प्रदान गरिएको छ। निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउन यस्ता सम्मानले सकारात्मक सन्देश दिने संघको विश्वास छ।

कार्यक्रममा यस वर्षको एसईई परीक्षा २०८२ मा जिल्लाभर प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई नगद रु. ५,००० सहित सम्मान गरिएको छ। उत्कृष्ट नतिजा हासिल गरी जिल्लाको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको भन्दै विद्यार्थी र उनका अभिभावकलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

त्यस्तै, जिल्लाका १४ वटा बजार समितिमध्ये उत्कृष्ट कार्यसम्पादन, व्यवसायिक अनुशासन कायम राख्न र संघको उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा बाम्का बजार समिति उत्कृष्ट घोषित भएको छ। समितिका अध्यक्ष रामचन्द्र गिरी लाइ सम्मान सहित प्रशसा पत्र ग्रहण गरिएकाे उध्याेग बाणिज्य संघ बाजुराले जनाएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बाजुराका समन्वय प्रमुख तुलसीराम राेकायाले व्यवसाय, शिक्षा, सञ्चार र सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्नु समाजमा सकारात्मक प्रतिस्पर्धा र प्रेरणा जगाउने महत्वपूर्ण माध्यम भएको बताए। संघका अध्यक्ष देव बहादुर रोकायाले सम्मानित सबै व्यक्ति तथा संस्थालाई बधाई दिँदै आगामी दिनमा पनि बाजुराको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सक्रिय योगदान दिन आग्रह गरे।

चर्चामा

सम्बन्धित समाचार