शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बर्गशंघर्ष भनेको पद प्रतिष्ठाको लडाई होईन!

बर्गशंघर्ष भनेको पद प्रतिष्ठाको लडाई होईन!

  • मङ्लबार, पुस २०, २०७८
बर्गशंघर्ष भनेको पद प्रतिष्ठाको लडाई होईन!

सुरेशकुमार पान्डे — अहिले ए माओवादीमा गएका साथिहरूले एकिकृत माओवादीको केन्द्रमा ठाउँ पाएछन त्यो बिषयलाई लिएर धेरै साथिहरूले मिडियाहरूमा उनिहरूलाई बधाई र शुभ कामना दिंदै उनिहरू लाई एमाओवादी केन्द्रमा पुगेकोमा ठुलो हर्षबढाई गरेकाछन।जव मानिसहरू सिधान्तबाट पतित हुन्छन त्यो बेला प्रतिकृयावादी शक्तिले प्रसन्शा गर्छ सम्मान गर्छ उनिहरूलाई ईनाम पनि दिन्छ।तर त्यो बाट कस्लाई फाईदा होला?जुन साथिले बर्गशंघर्षको थालनि गरेका थिए उनैबाट बर्गसमनबयको काम गराउन सफल भएको पुँजिवाद र दलालीमा ब्यस्थ अवसरबादलाई भयको फाईदामा हामि हर्षित कसरि हुन सकिन्छ?हामिलाई त धेरै दुःख लागेकोछ जो साथिले हिंजोका दिनहरूमा ओहोरात खटेर बर्ग शंघर्ष को लागि आन्दोलन गरे उनै साथिकै नैतिक पतनमा हामि खुसि हुन सकिदैन।अहिले कतिपय साथिहरूको नैतिक पतन भयकोमा हामिलाई दुःख त लागेछै तरपनि हामिले कसैलाई बांधने भनेको बिचारलेनै हो अरू हत्कन्डा अप्नाउँन सकिने कुरोपनि भएन।
ठिकैछ उँहाहरूको ईक्षा र आकङ्गक्षा पुराहौश साथिहरू जांहा गएपनि उँहाहरू हाम्रा बर्गिय मित्रनै हुनुहुन्छ।हामि संग लामू समय सम्म हामि संगै काम गरेर पलायन हुनु भएका हाम्रा धेरै साथिहरूको लोमू लिष्टछ र उनिहरू हामि बाट गएपछि कुन स्तरमा पुगेकाछन भन्नेकुराको पनि हामिलाई थाहाछ।तरपनि उनिहरूले बिगतमा दिएको बर्गशंघर्षमा योगदानलाई हामिले कहिलेई बिर्शन सकिदैन।
उनिहरू गयर त्यो ठाउँमा मन्त्रीनै बनेपनि बर्गिय आन्दोलनलाई फाईदा नहुने पनि प्रष्टनैछ।
अहिले उनिहरूलाई बधाई दिएको देख्दा मलाई के लागछ भने साहिद त्यो बधाईको सारमा नैतिक पतनको गन्ध उँहाहरूले महेशुर्ष गर्नु भयको होला।
एउटा मार्क्सवादी राजनीतिज्ञ लाई पनि थाहाछ मार्क्स वादको आधार भुत सिधान्त भनेको बर्गशंघर्षनै हो भन्ने कुरा।मार्क्स वादको मुख्य सिधान्तलाई तिलाञ्जलि दिएर लिएको त्यो पद र प्रतिष्ठाले उनिहरूलाई आत्मगलानि नै होला आत्मसन्तुष्टी भन्दा पनि।
हुन त कयौं मित्रहरू बर्गिय शंघर्षमा लागेका भयपनि उन्को उदेश्य त्यो न हुनसक्छ नीजि स्वार्थका लागि कम्युनिष्टहरूको लोगो प्रयोग गर्नेहरूको हाम्रो देशभित्रपनि लामू संख्याछ।स्वायम प्रचण्ड बाबुराम भट्टराई लगायतका ब्याक्तिहरूले पनि बर्गशंघर्षको नाउमा थुप्रो जनतालाई मराएपछि अहिले घोषित रूपमा मार्क्सवादलाई परिमार्जित गर्ने कुरा गर्दै आएकाछन र तर ब्यबहारमा उनिहरूले धेरै पहिले देखुन नै मालेमा बिचारधारालाई परिमार्जित संसोधित गरिसकेका थिए।हिंजोको कथित जनयुद्ध पनि उनिहरूको क्यारिरिष्ट सोंचको उपज थियो।पछि मूलधारमा फड्को मार्नुपनि उनिहरूको क्यारिरिष्क बिचारनै थियो।अहिले घोषित रूपमा मार्क्सवादलाई परिमार्जित गरेकाछन।त्यो झुण्डमा हाम्रा केहि साथिहरू सामिल भयपछि त्यँहा खुसिको लहर हुनु स्विभाविक पनि हो।प्रचण्डले त्यहि बिषयलाई लिएर अब मोहन जि पनि निद्राबाट जाग्नु पय्रो भन्छन।उन्को बिचारमा बर्गशंघर्ष गर्न खोज्नु निद्रामा परेका र बर्ग समनवय तिर कुंदेका निन्द्रा बाट जागेका हुन”त्यसैले उनि धेरै पहिले आफु निन्द्रा बाट जागेको बताएकाछन”वास्तबिक अर्थमा भन्नु प्रदा उनिहरूले कम्युनिष्टको छत र छांयामा बसेर कम्युनिष्टका जरा काटिरहेकाछन।यस्ता कम्युनिष्टहरूले गर्दानै विस्वको कम्युनिष्ट आन्दोलन रक्षात्मक अबस्थामा गएछ।
कतिपय साथिहरूले मसाल वा राजमोलाई सधै फुटि रहन्छ यो उँभो लाग्दैन भनेर भन्छन के त्यो सांचै हो त?कम्युनिष्टको ईतिहाशलाई गहिरो प्रकारले अध्यायन गर्ने हो भने नेपालको ईतिहाशमा नेकपा मसालनै एस्तो शक्ति हो जस्को सहि बिचार ले देशको हित र जनताको प्रतिनिधित्व गर्न सफल भयकोछ त्यो मात्र होईन नेकपा मसालको बिचार नै सबै पार्टीको मिलन केन्द्र बन्दै आएको ईतिहाशछ।जसलाई ब्याख्या गर्न नपर्ला र अबको पालो यो संघियता पनि नेपाली राजनीतिक आन्दोलनमा आर्को कढि हुनेछ भन्ने मलाई लाग्छ किनकि संघियताले देशको हित गर्न सकेकोछैन यसको आर्थिक बोझमा देशको अर्थतन्त्र डांबाडोल भयको कुरा कसैबाट लुकेकोछैन।
एउटा जीवीत पार्टीमा थुप्रो बिचार भयका मानिस हरू आउँछन आ-आफ्नो उदेश्य पुरा हुन नसकेपछि उनिहरू जान्छन हामिले कसैको आस्थालाई हरण गर्न सकिदैन।सबै मानिसहरू स्वतन्त्र हुन्छन र उनिहरूको आफ्नै प्रकारको बिचार हुन्छ।लामू समय सम्म पार्टीमा बसि रहने भनेको कम्युनिष्टको बिचारलाई दरिलरि छोपेको ब्याक्तिनै बसेका हुन्छन शंघर्ष गरेका हुन्छन।जस्ले घाट नाफाको राजनीति गर्ने गर्छ त्यो बिंना पिंदको लोटा जस्तो जता खाना पायो अनि पद र प्रतिष्ठा पायो उतै पलाएन हुन्छ।
कतिपय साथिहरूलाई लाग्न सक्छ त्यो पुरानो साथि गयो अब पार्टी सकियो आदि ईत्यादि त्यो हाम्रो सांगुरो सोंच हो पार्टी भनेको एउटा लक्ष बोकेको रथ हो निरन्तर चलिरहन्छ।हँ जाने साथिहरू सँग हाम्रो भावनात्मक सम्बन्ध जोडिएको हुन्छ त्यसकारण हामिले त्यो साथिले छाडेर जांदा हामिलाई पिर लाग्छ र हाम्रो मनसपटलमा कयौं बिचारहरू नकारत्मक सकारत्मक आउँने जाने गर्छन।तर जो जस्ले देश र जनताको लागि शंघर्ष को पिडा उठाएका हुन्छन ति साथिहरू यि स-साना हावा हुरिमा हतास र निरास हुँदैनन् र निरन्तर आफ्नो लक्ष तिर बढिरहेका हुन्छन।
संसारको ईतिहाशलाई गहन रूपमा अध्यायन गरेर मुल्यांकन गर्ने हो भने पनि बर्गिय शंघर्षमा होमिएको ब्याक्ति कुनै धर्म र जात आफ्नो पराया जस्तो नितान्त निजि स्वार्थमा अल्झिदैंन बरू बर्ग शंघर्ष को रापमा खारिएको एउटा अथक यात्रि हुन्छ।
जातिय गुट र आफन्तिको गुटले भर्ग शंघर्षमा फाईदा भन्दा पढि नोक्सान हुने भयकोलेनै यो बर्गिय आन्दोलन मार्क्स वादको मूल सिधान्त भनेर चिन्निन्छ।अहिले देशमा साम्राज्यवादले नाङ्गो हश्तक्षेप गर्ने प्रयात्न गर्दै आएको बेलामा हामिले देशको हितको लागि बर्ग दुश्मन सँगपनि साझा मोर्चा बनाएर राष्ट्रीयताको पक्षमा आन्दोलन गर्नु पर्ने आबस्याकताछ।हामि संक्रिणवादी सोंच बनाएर होईन बरू फराकिलो सोंच बनाएर पार्टीको स्वार्थ भन्दा माथि उठेर देशभक्ति आन्दोलन हांक्नु पर्ने आबस्याकताछ।अहिले अमेरिकन मिलिनिय च्यालेञ्ज क्यप्ट.को देशमा ठुलो खतराछ।भोलिका दिनहरूमा हाम्रो फुटले अमेरिकि साम्राज्यवादलाई फाईदा पुग्नेछ र सिंगो देशलाई नोक्सान हुनेछ।यो एमसीसी एउटा आत्मघाति राष्ट्र घाति बिषको पोकाहो त्यसलाई रोक्नलाई हामिले सम्पुर्ण देवभक्तहरू संग साझा मोर्चा बनाएर जान सक्ने आंट हुनुपर्छ।देश र जनताको हितको लडाई एउटा उंच्च स्तरको शंघर्षमा सबै नागरिक समाजको सहयोग पनि रहनेछ।हामिले सधैभरी बर्गिय आन्दोलनको फाईदाको लागि पाईला चालेको सबैलाई जानकारिछ।हामिले पद र प्रतिष्ठाको लागि आफ्नो नैतिक पतन गरेकाछैनौं त्यस कारणले आजपनि राजमो देशको सहि राजनीतिक शक्तिको रूपमा प्रख्यातछ।

चर्चामा

सम्बन्धित समाचार