शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देउबा सरकारको सौ दिन के पाए के गुमाए जनताले!

देउबा सरकारको सौ दिन के पाए के गुमाए जनताले!

  • शुक्रबार, कार्तिक ५, २०७८
देउबा सरकारको सौ दिन के पाए के गुमाए जनताले!

सुरेशकुमार पान्डे — ओलि सरकारलाई पन्छाएर कांग्रेसका शेरबहादुर देउबाले नेतृत्व गरेको सरकारले पनि सए दिन पुरा गरेकोछ।यो एक सए दिनमा देश र जनताले के पायो के गुमायो?प्राकृतिक प्रकोपलाई छाडेर भन्नु पर्दा सरकारले चीन सँग दुरी बढाउँदै भारत सँग र राजा सँग नजिक्किदैं गयकोछ।उपलब्दि भन्दा बिबाद नै बढि भयका सरकारका दिनहरु भेटिन्छन।
अहिले प्राकृतिक प्रकोपले जनताको ध्यायन सरकारको काम बाट हटाएर घटना तिर मोडेकोछ।पहिले मुगुमा भयको बस दुर्घट्नामा ३५जना जतिले ज्यान गुमाए र जनताको उतै रुवाबाश थियो।अहिले बर्षा सकिएपछिको बर्षा र बाढिले सारा देश डुवानमाछ।किसानहरुले छ मैना गरेको मिहेनत र बर्ष भरी खाने खेति काटेर राखेको बेला डुवानमा पर्नु भनेको कम दुःखको कुरा होईन।अहिले लगातारको बर्षाका कारण देश अक्रान्तछ।यो प्राकृतिकको खेला कस्ले रोक्न सक्छ।अहिले महाकालि नदिको उफानले करिब एक सए बर्ष यताको रिकार्ड बनाएकोछ।अहिले ५लाख४७हजार क्युसेक पानीको मापन गरिएको भनिन्छ।सन१९२९मा निर्माण भएको सारदा बाँधकोक्षमता ६लाख ४४हजार क्युसेक मात्र हो।यसरी लगातार बर्षाले गर्दा महाकालिमा आएको पानीले सए बर्ष यताको यो ठुलो रिकार्डहो।सवारी साधनमा पनि
नेपाल जस्तो सानु देशमा जसको एक करोड जन संख्या बिदेशमा बस्छन।जनसंख्याको आधा जति बसेको देशमा यति धेरै दुर्घटना हुँदा आश्चार्य लाग्छ।अहिले भर्खरको बर्षामा पनि३१ जनाको मृत्यु र ३४जना वेपत्ता र करिब १४सो परिवार बिस्थापित भयको समाचारमा’जनाएकोछ।
त्यस्तै गरि पछिल्लो ६३मैनामा १,२१,२९८दुर्घट्ना भयको,१२,९४०जनाको मृत्यु भयको एउटा तथ्याङ्गछ।खास गरेर दंशै को बेलामा बढि दुर्घटना हुने गर्दछ।यो बेलामा देशमा मात्र नभै पर्वाश बाट देशभित्रिने क्रममा श्रमजीवी बर्गहरु बढि हताहतमा परेका हुन्छन।बिदेश स्थित नेपाली श्रमजीवीहरुको हितमा कुनै पनि सरकारले चासो देखाउँदैन।तर बिदेशबाट भित्रिने रेमिटेन्सीले देशको आर्थिक भार उतार्ने सबैको प्रयास हुन्छ।बिना आयश्रोतको नौवटा संसद र आठौटा सरकार चलेकोछ।महंगिले आकास छोएको पेट्रोलियम पदार्थमा लगातार मुल्य बृद्धी गर्दै आएकोछ।
देउवा सरकारले आफ्नो सौ दिन पुरा गरेको भयपनि देश र जनताको हितमा कुनै खास काम गरेको देखिदैन बरु बिवादहरु मा उल्झिएको देखिन्छ।ओलिले बिगतमा दुई तिहाईको सरकारलाई बिघटन गरेपछि र तानासाहि प्रकारका अध्यादेश र प्रतिगामि पाईला चालेपछि कांग्रेसको नेतृत्व गरेका देउपा पांचौ पल्ट देशका प्रधान मन्त्री भएका हुन। उन्को आगमन सँगै अमेरिकि साम्राज्यवादी कथित अनुदानका प्रतिनिधिहरुको नेपाल भर्मण भयो।एमसीसीको बिरुद्धमा देशभरिका जनताले बिरोध गर्दै सडकमा आएका थिए।त्यो बिरोध सभाले पनि एकमैना जति सडक ततायो।त्यसपछि बुटवलमा भूमि अतिक्रमणको बिषयलाई लिएर आन्दोलित हरुलाई सरकारले गोलि हानेर मार्यो।उनिहरु गलत भयकै भयपनि एसरी गोलि ठोकेर ज्यान लिनु देउवा प्रसाननको कम्जोरी हो।कुनै पनि बिवादको समाधान बार्तामा खोज्नु पर्छ।
भर्खरै दंशैको नवमिका दिन भयको घटनामा पनि एकजना दलित लाई मन्दिर जान नदिएर हाता पाई गरि मारेको भन्ने बिवाद चर्किंदै आएकोछ।यो पनि एउटा सरकारी तर्फबाट आफ्नै रोहवरमा छिट्टै निश्पक्षिय छानविन गरेर तुरुन्तै दोशिहरुलाई कार्वाही गर्नु पर्छ।मुद्धा जति पुरानो हुन्छ उति राजनीतिकरण हुँदैजाने सम्भावना हुन्छ।
यसता घटनाले जातिय बिग्रह जन्माएर पुरै देशभित्र जातिय द्वौन्द सिर्जना हुन सक्ने खतरा रहिरहन्छ।
सरकारले प्राकृतिक प्रकोपलाई त रोक्ने कुरा भयन तर यातायातमा शुधार गरेर बाटोलाई ठिक गरेर सडकमा हुने दुर्घट्ना त रोक्न सकिन्छ।यातायातको ला-पर्वाही बाट हुने ज्यानमालको हानि नोक्सानिलाई रोक्न सरकारलेनै पहल गर्नु पर्दछ।कम्तिमा सवारी साधनमा सिट भन्दा बढि बसाल्न रोक लगाउँने र बसेका सवारीलाई टिकट दिने र प्रत्यक सवारीको बिमाको योजना पनि बनाउँनपर्छ।हाम्रो पहाडि भेगमा पहिरो जाने ढुङ्गाहरु पल्टिने बाट पनि ज्यान मालको खतरा हुन्छ।
हाम्रो जस्तो थोरै याता यात भयको देशमा सडक दुर्घट्नाको यति ठुलो संख्यामा बृद्धी हुनुमा सरकारनै दोशि देखिन्छ।ओलिको सरकारले बिगतमा सडको कुनै पनि मरमत्त नगर्दा भयको दुर्घट्ना थिए तर अहिले देउवाको पनि एक सए दिनको साशन गरेको आयु भैसकेकोछ।
जुनसुकै सरकार आएपनि देशको बिकास भन्दा बिदेशबाट कसरि अनुदान भित्राउँने र आफुहरुले भत्ता खाने मात्र मनसायले काम गरेकाहुन्छन।
देशको बारेमा कसैले पनि गम्भिर भयर चासो लिएको देखि दैन।शेरबहादुर ज्यु को पहिलेका कार्याकालहरु पनि बिवादमै टुङ्गिएकाथिए।अहिले पनि बिबादले नै सौ दिन पुरा गरेकाछन।देशमा किसानहरुको यति बेला अत्यान्तै नराम्रो हालत आई परेकोछ।बिना मौसमको बर्षातले खेतमा पाकेका धान काटेर भित्राउँन नपाउँदै लगातारको बर्षातले डुबानमा परेकाछन।कतै खोलामा आएको भलको उफानले खेतनै बगाएर लगेकाछन।ज्यान र धनको खति भयकोछ।छिमेकी देशमा किसानहरुको अनाज समेतको बिमाको योजनाछ।बर्षामा फलड आयो भने उनिहरुलाई मुआवजा मिल्छ।तर हाम्रो देशमा किसानहरुको लागि सरकार छैन भनेपनि भयो।कुनै क्षति पुर्तिको प्राबधान छैन।पहाडी भेगमा त झनै किसानहरुको दयानिय अबस्थाछ।समयमा मल बिउ र सिंचाईको ब्यबस्था नभयर हिउँदे खेति बिउ फर्किदैन बर्खे खेति भलले लग्छ।हामिले यो कुद्रतको प्रकोप ठानेर आ-आफ्नो किस्मतलाई कोस्छौँ तर यसमा पनि सरकारले कुनै उपाया सोंच्नु पर्ने हुन्छ।सरकार जुनसुकै को आएपनि किसान मज्दुर ज्यामिहरुको हितमा एक पाईलो चालेको देखिदैन।आ-आफ्ना स्वार्थमा डम्फु बजाउँने र कुर्चि तानातानमा ब्यबस्थ हुन्छन।यो सरकारपनि छिट्टै चुनावमा जाने तरखरमाछ।जनताले सबैलाई दोराई तेराई हेरेकाछन।अबको पालो छिट्टै जनताको आउँदैछ भन्ने कुरालाई पनि अनदेखि नगरियोश।जेहौश सटिक र
वास्तबिक रुपमा भन्नु पर्दा शेरबहादुर ज्युको १००दिन बिना बिकास बिबादमै बितेकोछ।

चर्चामा

सम्बन्धित समाचार