मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • आमाको सपना पुरा गर्न राजनीतिमा हुमिएकी काँग्रेस नेत्री कबिता बिष्ट

आमाको सपना पुरा गर्न राजनीतिमा हुमिएकी काँग्रेस नेत्री कबिता बिष्ट

  • बिहिबार, भदौ ३१, २०७८
आमाको सपना पुरा गर्न राजनीतिमा हुमिएकी काँग्रेस नेत्री कबिता बिष्ट

पदम सिंह —  आमाको माया नपाएकी बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट अहिले राजनिति तथा सामाजिक यात्रामा छन् । बिष्ट नजन्मिदै आमा महामती बुढाले २०४० सालमा नेपाल महिला संघको क्रियाशिल सदस्यता लिएकी थिईन् ।
२०४५ साल पौष महिनामा जन्मेकी कबिता कक्षा ४ पढदै गर्दा आमा गुमाउनु परेको थियो । आमा महिला संघमा आबद्ध भएको उनले बुवाबाट जानकारी पाएको बताउछन् । आमा अशिक्षित भए पनि आमाको सपना राजनितिकसँगै समाज सेवा गर्ने लक्ष्य थियो, तर अकालमै ज्यान गुमाए पछि आमाको सपना पुरा गर्न बिष्ट अहिले राजनितिक यात्रामा लागेको वताएकी छन् ।

आमाको सपना पुरा गर्न उनलाई सजिलो भने थिएन्, आमा नहुँदा र बुवा पाउने बुढा पनि २०६७ सालमा स्वर्गवास हुदा उनलाई झन पिडा थपिदै गएको थियो । कबिता भन्छन्, सानै उमेरमा आमा गुमाएकी त्यस माथि गरिब परिवारमा जन्म, पढाइ लेखाइ हरेक कुरा सहज र सजिलो थिएन । तै पनि आफैले स्कुल बिदाको दिन भारी बोक्दै ज्याला मजदुरी गरेर आएको पैसाले कापी कलम र स्कुलको पढाई शुल्कको जोहो गर्दै १२ कक्षासम्म पढे । २०६५ मा विहे भयो जन्म घर छोडेर आएपछि कर्म घर (पोइली) घरमा श्रीमान सासु ससुराको परिवार सबैको साथले स्नातक तहसम्मको औपचारिक शिक्षा पुरा गरेर हाल स्नातकोत्तर गरिरहेको उनले वताईन् ।
राजनीतिमा मुख्य कुरा आफ्नो काम प्रतिको सन्तुस्टि नै रहेको छ । राजनिति पद र अवसर भन्दा पनि सेवाका लागि गर्ने हो । मेरो पारिवारिक योगदान र मेरो क्षमतालाई पार्टीले मुल्यांकन गरी विभिन्न महत्पुर्ण समयमा विशेष जिम्मेवारी दिएको छ । पार्टीले २० वर्षकै उमेर हुँदा महिला संघ बाजुराको जिल्ला कार्यसमिति सचिव र अन्तरपार्टी महिला संजाल जिल्ला सचिवको जिम्मेवारी लिएकी थिईन ।
नगरपालिकामा सामाजिक परिचालक हुदा नेपाल कर्मचारी युनियन संघ जिल्ला उपाध्यक्ष, अहिले नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनोनित सदस्य हुदै सदरमुकामको नगरपालिकाकी उपप्रमुख सम्मको जिम्मेवारी पार्टीले दिएको छ । यी विभिन्न समयमा प्राप्त अवसरहरु मेरा लागि निकै महत्वपूर्ण रहेका बिष्ट बताउँछन् ।
स्वर्गिय आमाको आशिर्वादले आज म यहाँसम्म पुगेकी हुँ । दिदी बहिनीहरु र भाउजुको मुख्य पेशा खेति किसानी र ज्याला मजदुरी नै थियो र आज पनि त्यही छ । मेरा सबै दिदि बहिनी र भाउजुहरु सामान्य साक्षर मात्र हुनुहुन्छ । म कडा महेनत र परिश्रमबाट यो स्थानमा पुगेकी हुँ अझै यात्रा लामो रहेको बिष्ट बताउँछन् ।
आफ्नो राजनिति र सामाजिक यात्रामा हेर्दा सामान्य अवस्थामा महिलाहरुले आफ्नो जीवन बाँच्न पाएको जस्तो देखिन्छ, तर महिला भएकै कारण भोग्नु पर्ने अपमान, बलात्कार, हिसांजन्य कृयाकलापको श्रखृला हेर्दा निकै कठिन छ । समानता कायम गर्न नैतिकतावान समुदाय हुनु पर्दछ । नैतिकता ह्रास भयो भने मात्र समाजमा अराजकता सिर्जना हुन्छ । वर्तमान अवस्थामा कडा भन्दा कडा कानूनी कारवाही नै सामाजिक समानता कायम गर्ने कडी हो जस्तो लाग्छ ।
वास्तवमा विकासका लागि संसारकै करिब आधाभाग ओगट्ने महिला र पुरुष बीच शिक्षा, स्वास्थ्य, रोजगारका साथै आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा समानताका लागि लैङ्गिक समानताले सहयोग पु¥याउँछ भन्ने दृष्टिकोण हो । लैङ्गिक समानताका लागि महिला र पुरुषको समान भूमिका हुन्छ । धर्म, संस्कृति र जात जाति अनुसार लोग्ने र स्वास्नीको भूमिका फरक हुने गर्छ । हिन्दु धर्मले महिलालाई अर्धाङ्गिनीका रूपमा लिएको छ ।
जबसम्म पत्नी विनाको मानिस टाउको विनाको शरीर सम्झने गर्छन् तर पनि महिला र पुरुष बीचको खाडल घरबाट नै शुरु हुन्छ । छोरीलाई पैतृक सम्पत्तिबाट बञ्चित गर्नु, पत्नीलाई सेविकाका रूपमा लिनु र निर्णय गर्ने अधिकारबाट बञ्चित गर्नु जस्ता सामाजिक मूल्य र मान्यता नै महिलालाई पुरुषले गर्ने भेदभावका आधार हुन् । यस्ता भेदभावपूर्ण कार्य पुरुषद्वारा निर्माण गरिएका संस्कार हुन् । यसलाई अन्त्य गर्नु आवश्यक छ । पुरुष र महिला दुवैले घरबाट नै बराबर भूमिका निर्माण गर्नु पर्छ ।

म राजनीतिमा होमिए पछि म भित्र विभिन्न चुनौती अवसरहरु मेरा सामु खडा भए जस्तो लागेको छ । पार्टीले मलाई उपमेयरको टिकेट पनि दियो । निर्बाति पनि भए । उप प्रमुखको उम्मेदवार हुनु अगाडी त्यही नगरपालिकाको सामाजिक सुशासन क्षेत्रमा काम गर्ने कर्मचारी नगरपालिका भित्रका अनियमितता भ्रष्टाचार सबै मलाई थाहा थियो । म विजय भइ सकेपछि मेरो परिवार, श्रीमान् र म बसेर नगरपालिका भित्र हुने गरेको अनियमितता भ्रष्ट्राचार र कमिसन रोक्नु पर्छ भन्ने छलफल भएको थियो ।

केही कर्मचारी र जनप्रतिनिधिहरुका गलत प्रवृति विरुद्ध पटक पटक नगरपालिका भित्र र पार्टी भित्र कुरा उठाई रहे । मान्छेको बानी र नियत न हो पद्धति सुर्धान एक जनाले मात्र केहि गर्न सक्दो रहेन छ । कार्यरत कर्मचारीहरूले मलाई कुनै पनि हालतमा निर्वाचित नहोस भन्ने चाहन्थे । तर जनताको व्यापक जनसमर्थन लिएर म विजयी भएकी थिए ।
संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ मा उपप्रमुखको काम कर्तव्य र अधिकार सम्बन्धी स्पस्ट व्यवस्था हुदा हुदै पहिलो नगर सभा हुदै १, २ वर्षसम्म हरेक सुचनाबाट वञ्चित गरिन्थ्यो । नगरपालिकाको कार्यपालिकाको सुचना समेत मैले वडा अध्यक्ष ज्युहरुबाट प्राप्त गर्नु प्रथ्यो । नगरपालिकाका विशेष निर्णयका ड्राप्ट अगाडी नै तयार भएर मलाई बोलाए सही मात्र गराउन लगाउथ्ये । निर्वाचित भए देखि निरन्तर रुपमा अनियमितता भ्रष्टाचार र कमिसन खोरहरुको बारेमा फरक मत राख्दै आएको छु ।

गलत प्रवृती भएकाहरुले मेरो बारेमा टिका टिप्पणी गर्नु नौलौ कुरा हैन तर कमिसन खोर र भ्रष्टाचारीको म शत्रु नै हुँ । त्यस्तै एउटा गरिब परिवारको सामान्य महिला उपप्रमुख हुँदा सिंगो नगरवासीबाट माया स्नेह पाएको महशुष भयो । जनताका जल्दा बल्दा समस्या समाधान गर्न म निरन्तर तयार हुनु पर्छ भनेर लागि रहेको छु । संविधान जारी भैसके पछि भएको पहिलो स्थानीय तहको निर्वाचन सबै खाले कानुनहरुको निर्माण गर्नु पर्ने, कर्मचारीहरुको अभाव सबै खाले चुनौतीहरुसंग सामना महशुष गर्नुप¥यो । २ वर्ष यता संविधान त काम कर्तव्य र अधिकार सबैको पुर्ण रुपमा उपयोग गरी कार्य गरिरहेको छु ।

सरकारले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा व्यक्त गरेका प्रतिबद्धता र घोषणा, विकास आयाममा देखापरेका विश्वव्यापी एवम् राष्ट्रिय चिन्ता तथा समता, न्याय र शान्तिमा आधारित विकास प्राप्ति प्रतिको धारणाले कुनै पनि मुलुक विशेषका लागि लैङ्गिक विषमताको खाडल साँघुरो पार्दै लानु पर्ने अनिवार्य आवश्यकता देखा परेको छ । गरिबी निवारणको उद्देश्य प्राप्तिका लागि लैङ्गिक समानता अनिवार्य तत्व बन्न पुगेको छ । २०१० को दशकमा नेपालको परिपेक्षमा लैङ्गिक समानताको स्तर उन्नित भएको देखिन्छ ।

स्थानीय निकायमा पहिलेको तुलनामा धेरै महिलाले चुनाव जितेका छन । निजामती तहमा सचिवसम्म महिला पुगेको, प्रधानन्याधीश महिला भएको, सभामुख महिला भएको अनि राष्ट्रको सर्वोच्च स्थान राष्ट्रपतिमा महिला भएको पाइन्छ । यसले गर्दा नेपालमा लैङ्गिक समानताको फड्को मानेको छ भन्नुमा अयुक्ति नहोला तर जति हुनु पर्ने हो त्यो भने हुन बाँकी नै छ । मेरो जीवन संघर्ष हो, काम हो, क्रियाशीलता हो, गतिशीलता हो तथा सुख–दुःखको सम्मिश्रण हो ।

७ औ जिल्ला अधिबेशनमा महाधिबेन प्रतिनिधिको उम्मेद्धवारी

बिष्टले बडिमालिका खबरसँग भनिन्, आफु सबैको सल्लाह अनुसार महाधिबेशन प्रतिनिधिमा उम्मेद्धवारी दिने तयारी रहेको वताईन् । आफु पद भन्दा पनि पाटिको हितका लागि अघि बढ्ने वताएकी छन् ।
कबिता बिष्ट बडिमालिका नगरपालिका उपप्रमुखको रुपमा मात्र परिचित नभएर सिंगो बजुरेली महिला आन्दोलन यात्रामा अघि बढिरहेकी छन् । उनि भन्छन् परम्परागत भन्दा आजकाल फरक खालका हिंसा समाजमा देखा पर्ने गरेका छन्, बदलिदो सामाजिक परिवेश अनुसारका हिंसा प्रभावितलाई आवश्यकतानुसार कानुनी परामर्श तथा अधिकारका बारेमा सचेतना गराई न्याय दिलाउन उनि निकै लागि परेकी छुु ।
धेरै ठुलो सपना नभएर होला म मेरो कर्म प्रति सन्तुष्ट छु । कुनै स्वार्थ राखेर कार्य गर्दा सोही अनुसारको प्रतिफल हात नलाग्दा असन्तुष्ट भइन्छ होला तर म नितान्त शुद्ध चित्तले कार्य सम्पादन गर्ने भएर होला आफु सन्तुष्ट भएको वताउ छन् ।

बिष्ट भन्छन्, अरु योजना केही छैन मेरो अबको यात्रा राजनिति नै हो । मेरो जिन्दगी समाज सेवामा समर्पित गर्छु भनेर नै खाइपाइ आएको जागिर छोडेर आएकी हुँ । अव मेरो यात्रा निरन्तर राजनीतिक मार्गमा मात्र रहन्छ चाहे पदमा रहुँला या नरहुला बिष्टले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार