बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • किन हुन्छ माइग्रेन अट्याक ? यी हुन् टाउको दुखाईबाट बच्ने उपाय

किन हुन्छ माइग्रेन अट्याक ? यी हुन् टाउको दुखाईबाट बच्ने उपाय

  • आइतवार, भदौ १३, २०७८
किन हुन्छ माइग्रेन अट्याक ? यी हुन् टाउको दुखाईबाट बच्ने उपाय

माइग्रेन एक प्रकारको रोग हो । यो समस्यामा टाउकोमा असह्य पीडा हुन्छ । सामान्यतयाः यो रोगमा टाउकोको आधा भाग मात्र दुख्छ । तर, कहिलेकाँही यो पीडा पूरै टाउकोभरी फैलिन्छ । माइग्रेनको दुखाई कुनै पनि समय सुरु हुन्छ र यसको पीडा कम गर्न निकै मुश्किल हुन्छ ।

माइग्रेनको कारण पत्ता लगाउने
माइग्रेन अट्याकबाट बच्नका लागि सबैभन्दा पहिले यसलाई बढाउने कारण पहिचान गर्नुपर्ने हुन्छ । माइग्रेनको दुखाईलाई कहिल्यै बेवास्ता गर्नहुँदैन । र, कुन समयमा माइग्रेनको दुखाई कहिले हुन्छ पत्ता लगाउनुपर्छ । तेज गन्ध, पानीको कमि, मदिराको सेवन, धेरै तनाव आदि कारण माइग्रेनको समस्या हुनसक्छ । मौसम बदलिने वा अन्य कारण पनि टाउकोको दुखाई बढ्छ । यसका लागि कारण के हो समयमा नै पत्ता लगाउनुपर्छ ।

महिनावारीको समय
पुरुषको तुलनामा महिलाहरु माइग्रेनको सिकार हुन्छन् । केही विशेषज्ञले महिलाहरुमा महिनावारीको समयले धेरै भूमिका निभाउँछ । केही महिलाहरुमा माइग्रेनका दुखाई महिनावारीको समयमा हुने गर्छ । विशेषज्ञले महिनावारी हुने समयमा प्रोजेस्टेरोन र एस्टेरोजेन हर्मोनको मात्रामा उतार–चढाव हुने भएकाले माइग्रेनको दुखाई बढी हुने भएकाले चिकित्सकको सल्लाह लिन आवश्यक छ ।

उच्च आवाज
होहल्ला र उच्च आवाजले माइग्रेनलाई बढाउँछ । त्यसैले माइग्रेनको समस्या हुनेहरुले शान्त ठाउँमा बस्ने गर्नुपर्छ ।

पौष्टिक खाना
केही व्यक्तिहरुलाई पौष्टिक आहारको कमिले पनि माइग्रेनको दुखाई बढाउँछ । विशेषज्ञका अनुसार पौष्टिक आहारले शक्तिको मात्रा बढाउँछ । त्यसैले माइग्रेनको समस्या हुनेहरुले झोला, गाडी वा अफिसमा पौष्टिक आहार खाने गर्नुपर्छ ।

रोकथामको उपाय
महिनामा १५ दिनसम्म माइग्रेनको दुखाई रहन्छ । यसको रोकथामका लागि चिकित्सकहरु ‘क्रोनिक माइग्रेन प्रिभेन्सन मेडिकेशन’ को सुझाव दिन्छन् । माइग्रेनको रोकथामका लागि धेरै उपचारहरु छन् । यसका लागि चिकित्सकसँग सल्लाह लिने गर्नुपर्छ ।

यसका साथै, माइग्रेनको समस्या कम गर्नका लागि परिवारको सहयोग लिन सकिन्छ । परिवारको सहयोगमा पर्याप्त आराम दिन्छ ।

साथै, पर्याप्त मात्रामा निदाउनु पनि माइग्रेनको उपचार हुनसक्छ । निन्द्रामा कमि भएमा माइग्रेनको दुखाई बढ्छ ।

चर्चामा

सम्बन्धित समाचार