शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एकता समाजकाे स्थापनाबारे केही अनुभुति !

एकता समाजकाे स्थापनाबारे केही अनुभुति !

रजत वर्ष ( १९७९ - २००४ ) स्मारिका बाट साभार गरिएको

  • सोमवार, असार २१, २०७८
एकता समाजकाे स्थापनाबारे केही अनुभुति !

मन्द्रास (चेन्नइ)मा नाेकरि गर्ने एकजना शिव बहादुर केसि बनारसमा इन्टरमिडियटकाे परिक्षा दिन आएका थिए। उनी सित तत्कालीन कार्यलय इन्चार्ज भक्त बहादुरसित दक्षिण भारतमा विशेषगरी मन्द्रासमा नेपालीहरु धेरै बस्दछन सङ्गठन गर्न धेरै सजिलो हुन्छ भन्ने छलफल भएछ।पन्चायति निरङकुश ब्यवस्थाकाे बिरुद्धमा लडने प्राय: जसाे राजनीति पार्टीहरुकाे आश्रयस्थल बनारस थियाे। हाम्रो नेकपा (चाैथाे महाधिवेशन ) काे केन्द्रीय कार्यलय पनि त्यहि थियाे। नेपाल र भारतका विभिन्न राज्यबाट नियमित प्राइभेट परिक्षा दिने बिद्यार्थीहरुकाे हरेक पार्टीहरुका कार्यलयहरुमा सम्पर्क र सम्बन्ध हुने गर्दथियाे र हाम्रो कार्यलयमा शिव बहादुरले सम्पर्क राखेछन र मन्द्रासमा बाग्लुङे र प्युठानिहरुकाे बढी सम्पर्क हुने र सङ्गठन गर्न सकिने कुरा उनले कार्यलयमा गरेछन।उनका कुराका आधारमा हाम्रा साथिहरुले मलाई शिवबहादुरकाे ठेगानामा फेब्रुअरी १९७९ मा मन्द्रास पठाउनु भयाे।मलाई भारतका उत्तर प्रदेश र बिहारतिरकाे केही ज्ञान थियाे तर दक्षिण भारतकाे हावापानी रितिरिवाज बारे केही पनि ज्ञान थिएन।त्यस कारण माघ मैनामा उत्तर प्रदेशमा लगाउने गरम लुगा लगाएर म मन्द्रास पुगे।म अहिलेकाे चेन्नै रेल्वे स्टेसनमा उत्रँदा गरम कमिज सुइटर लगाएको झाेलामा ठुलै थाकखाेले पाखि राखेको त्यहाँका मानिसहरुले देखेपछि मलाई सबैले एकाेहाेरिएर हेर्न लागे। माघ मैना भएपनि स्टेसनमा पङखा चल्दाे “रै” छ। मानिसहरू सबै एकसरो पातलाे पहिरनमा रहँदा “रै”छन।मसाच्चै भुटानतिरबाट आएको भुटानी जस्तो देखिन्थे।चेन्नै रेल्वे स्टेसनमा उत्रेपछि मलाई मेराे पहिरन नमिल्दो भयाे भन्ने महशुस भएको थियो तर मेराे झाेलामा फेर्ने अर्को लुगा थिएन। रेल्वे स्टेसनबाट बाहिर निस्केपछि टुटेफुटेकाे अग्रेजिमा कुरा गर्दै माेडेल टाउनमा शिवबहादुरकाे डेरामा पुगे।मलाई भाेटेजस्तो पहिरन देखेपछि शिवबहादुरकाे काेठामा बस्ने सबै मानिसहरु हाँसे र तुरुन्तै शिवबहादुरले आफ्नो एकजाेडा कपडा पहिराइ दिए।शिवबहादुरले दिएको कपडा लगाएर साधारण त्यहाँकाे भेषभुषामा म बदलिएपछि मलाई पनि राहत महशुस भयाे।

मैले पहिरन फेरेर खाना खाइसकेेपछि शिवबहादुरलाई मन्द्रास आउनुकाे कारण सबै बताए। म मन्द्रास आउनुकाे कारण नेपालीहरुलाई सङ्गठन निर्माण गर्ने काममा सहयोग गर्न सकिन्छ कि भनेर आएको भन्ने कुरा बताएपछि शिवबहादुरलाई त्यो कुरा पटक्कै मन परेन।उनलेे नेपालमा ज्यान पाल्न नसकेर यहाँ नेपालीहरुलाई ठग्न आउनु भएको हाे भन्नसम्म बाकी राखेनन।म अब पुरै बितरा परे भन्ने मनमा लाग्याे। आफ्नो गाउँ र जिल्लातिरकाे कसैकाे मसँग ठेगाना थिएन । अनुशासनकाे कारबाहीमा परेको कारण एम . बि . सिह (माेहनबिक्रम) सिह केरलाकाे राजधानि त्रिवेन्द्रमा हुनुहुन्छ भन्ने मलाई थाहा थियाे तर उहाँको ठेगाना म सँग थिएन।आफ्नो गाउँतिरका मानिसको ठरठेगाना पनि मसँग केही नभएपछि शिवबहादुर शीत हात जाेडेर मैले त्रिवेन्द्रमकाे एम . बि . काे ठेगाना र त्यहाँसम्म पुग्न केही पैसा सापटी मागे।त्यहाँ मन्द्रास म बसेभन्दा पठाए फाईदा हुने देखेर हाेला , शिवबहादुरले तुरुन्तै त्रिवन्द्रमसम्म जाने सापटी पैसा र माेहन जि काे ठेगाना दिए र त्यसले मलाई ठुलाे राहत पुग्याे। म मन्द्रासबाट त्रिवेन्द्रम कालुमानकाे डेरामा पुगे, जुन घरमा माेहन जि डेरा गरेर बस्नु भएको थियाे । राति ११ बजे म कालुमानकाे डेरामा पुगे।कालुमानले पनि मलाई नेपालमा खानबस्न नपाएर आएको भन्ने हुन कि डर लागिरहेको थियाे तर उनलेे त्यसाे भनेनन,खानबस्न दिने कुरा भयाे। म कालुमानकाे डेरामा जानेबित्तिकै माेहन जि काे बारेमा साेधे , कालुमानले भने- ” माेहज जि आजकल एउटा बन्दै गरेको सिनेमा हलमा रातकाे चाैकिदारि गर्नु हुन्छ , रातपनि धेरै बित्न लाग्याे , भाेलि उहाँ ६ बजे डिउटि सकेर यही आउनु हुन्छ तपाईं थाक्नु भएको छ सुत्नुहाेस ” । माेहन जि सिनेमा हलकाे चाैकिदारि गर्नु हुन्छ भन्ने सुन्दा पहिले पत्यार लागेन, म उतै भेट्न जाने जिद्दी गरेपछि कालुमानसँग सँगै बस्ने एकजना नेवार थर साथिकाे जिम्मा लगाएर माेहन जि ले चाैकिदारि गर्ने ठाउँमा पठाइ दिए। बन्दै गरेको सिनेमा घरकाे चाैकिदारि गर्दागर्दै उहाँ आफ्नो भन्दा केही कम उचाइ भएको पर्खालमा निदाइ रहेको मैले देखे।त्यो दृश्य देखेपछि केहीबेर त स्तम्भ भए, अर्कोतिर प्राय: सबै नेपालीहरुकाे यही हालत त हाेनि भनेर चित्त बुझाए , केही बेर म बाेल्न पनि सकेन पछि झक्झकाएर ठट्यौली पारामा ” डिउटि त राम्ररि गर्नु भएननि ? निर्माण सामग्री चाेरि हुन्छकि भनेर डिउटि गर्न बस्नु भएको तपाईं त ठाडै निदाउनु भएछ ” भने । उहाँले ” दिउँसो अलिकति जुडाेकाे कसरत गरेको थिए त्यसकारण लटठी समातेकाे समात्यै निदाएछु ” भन्नुभयाे । नेपालतिरका विषेश गरि राजनीति स्थितिका बारेमा एकदुई घन्टा कुरागरेपछि म उज्यालाे हुने बेलामा कालुमानकाे डेरामा गए ।
आफ्नो डिउटि सकिएपछि उहाँ (एमबि) अर्को दिन कालुमानकाे डेरामा आई पुग्नुभयाे।हामी दुईबिच अब भारतका विभिन्न राज्यमा छरिएर रहेका नेपालीहरुका बिचमा सङ्गठन गर्न कसरी सुरु गर्ने ? केकाे आधारमा सङ्गठन विस्तार गर्ने ? भन्ने विषयमा छलफल भयाे।म केही दिन केरलामा बस्ने सल्लाह भयाे।उहाँ र मेराे बिचमा सङ्गठन तथा कार्यक्रमकाे विषयमा केही प्रारम्भिक सल्लाह भयाे। केरला राज्य भारतका २६ राज्यहरु मद्दये अत्यन्त रमणीय राज्य हाे,त्यहाँकाे सबै भन्दा ठुलो खेतिवारि नरिवल (गडि) हाे। केरलामा हजारौं नेपाली चाैकिदारि गरि बस्दछन तर तिनिहरु सङ्गठित छैनन् भन्ने कुरा हामीहरुका बिचमा भयाे । म केरलाकाे केही शहरहरुमा सङ्गठनकाे आधार तयार पार्न ठाउँठाउँमा नेपाली वस्तिहरुमा हिडे।नेपालीहरुकाे ठुलाे सख्या देखेर अत्यन्त खुसी भए तर अधिकाङश नेपालीहरु आफ्नो डिउटि सकिएपछि तास र रक्सिमा बढी झुम्मिएकाे देखेपछि म बिचबिचमा निराश पनि हुन्थे। मैले नेपालमा तिहारकाे समयमा गाउँघरमा जुँवाकाे खाल जमेको देखेकाे थिए तर भारततिर त नेपालीहरुकाे बिचमा प्राय: जसाे सधै तासकाे खाल पाएँ।तासका खालमा रमाई रहनेहरुलाई सङ्गठन तथा राजनीतिका कुराले केही छुन सक्ला जसाे लागेन अहिले पनि भारतमा सङ्गठनकाे पहुँच नपुगेको ठाउँहरुका तास रक्सि जस्ता कुलतले सिकार भएका लाखौं लाख नेपाली पाईन्छन।मेराे ११ दिनकाे केरला बसाइकाे परिणाम केभयाे भने केरलामा ठुलो सख्यामा कामदामकाे खाेजिमा आएका नेपालीहरु छन तिनिहरुकाे बिचमा सङ्गठन गर्न सकियो भने त्यसकाे फल राम्रो निस्कन्छ भन्ने आत्म विस्वास पैदा भयाे। माेहन जि र मेराे ११ दिन केरला बसाइँकाे बिचमा के सल्लाह भयो भने म मन्द्रासमा सङ्गठनकाे सम्भावना खाेजिमा केही दिन बस्ने र उहाँ (एमबि) एमएकाे परिक्षा दिन इलाहावाद जाने।उहाँले इलाहावादबाट अर्थशास्त्रमा एमए गर्ने बिचारले फारम लगाउनु भएको रहेछ। हाम्रो सल्लाह अनुसार उहाँ इलाहावाद परिक्षा दिन जानू भयाे।म २० दिनसम्म मन्द्रासमा बस्ने हिसाबले त्यहाँबाट फर्के।उता शिवबहादुरसित छुटेर केरलातिर गएपछि बागलुङ तिरका मानिसहरुले हाम्रो जिल्लाकाे मानिस तिम्रो डेरामा आएको हामीलाई थाहै नदिइ कता लखेटयाै भनेर शिवबहादुरलाई अत्ताे थापेछन।अत्तोथाप्ने मात्र हाेइन आफुहरुसित तुरुन्त सम्पर्क नगराए उनलाई पिटनेसम्मकाे धम्कीसमेत दिएछन्।त्यो कुरा म केरलामा छदै माेहनजिलाई शिवबहादुरले सुचना पठाएका थिए। आफ्नो जिल्लातिरका मानिसहरुले मलाई खाेजविन गरेको थाहा पाएपछि मलाई धेरै खुसी लाग्याे अब मन्द्रासमा केही समय बस्नै पर्‍यो भने पनि शिवबहादुरकाे कचकच सुन्न नपर्ने भन्ने लायाे।
म केरलाबाट मद्रास फर्केपछि एकछिनकाे निमित्त पनि शिवबहादुरकाे आश्रममा बस्नु परेन।आफ्नै जिल्लाकम गाउँलेहरुसित सम्पर्क भयो र त्यतिबेला २० दिनसम्म म मन्द्रासमा बसे।२० दिनकाे मन्द्रास बसाईमा विभिन्नखाँले नेपालीहरुका बिचमा भेटघाट भयाे।नेपालमा निरङकुश पन्चायति ब्यवस्थाले गर्दा जनताले कति?मार सहनुपरेकाे छ भन्ने विषयहरुमा धेरै छलफल भए र निरङकुश पन्चायति ब्यवस्था किन फ्याँक्नु पर्दछ भन्ने बारे पनि धेरै छलफलहरु भए। भारतका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरुलाई सङ्गठित गर्न सकियो भने नेपालमा चल्ने प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनकाे निम्ति ठुलो जनमत तयार हुने र अर्कोतिर भारतका विभिन्न शहरहरुमा नाेकरि गर्ने मजदुरहरुमाथि भारतका शाहु- महाजन पुलिस प्रशासनबाट हुने अन्याय अत्याचारबाट मुक्ति पाउन सङ्गठनकाे ठूलो महत्त्व हुन्छ भन्ने कुरामा धेरै साथिहरुसँग माेटामाेटिरुपमा सहमति भयो ।यसरी भारतमा कस्तो प्रकारकाे सङ्गठन निर्माण गर्दा नेपालीहरुलाई गाेलबन्द गर्न सकिएला भन्ने विषयमा पनि छलफल गरेर सङ्ठनकाे प्रारुप तयार गर्ने काम समेत भयाे ।
केरलाबाट मन्द्रास म आउनु भन्दा पहिले नै बागलुङतिरका देवराज,दलबहादुर,शालिकराम र मेघराज लगायतका साथिहरुले मलाई खाेजखबर गरि सकेकाे हुनाले मलाई धेरै सजिलो भयाे।साथिहरुसँग भेटभएपछि मन्द्रासमा मलाई टिचर कलेजमा राखियाे। नेपालतिरबाट काेहि नयाँ मानिस आएको छ भने ऐले पनि धेरैलाई आफ्नो देशतिरकाे हालखबर थाहा पाउन धेरै उत्सुकता हुन्छ। अहिले झै त्यतिबेला टिभि इन्टरनेट ईमेलकाे बिकाश भएको थिएन।कहिलेकाही नेपालतिरबाट काेहि मानिस आयो भने ऊबाट आफ्नो गाउँघरकाे हालखबर बुझ्ने या चिठिपत्र द्वारा केही कुरा जानकारी गर्ने चलन थियाे।निरङकुश पन्चायति ब्यवस्थाकाे बिरुद्धमा मैले बागलुङमा जनतामा चेतना फैलाएकाे कसुरमा पटकपटक सरकारले धरपकड गर्ने र छाेडने गर्दै आएको थियाे।पन्चायति ब्यवस्थाकाे बिरुद्धमा खुल्ला संघर्ष गर्न सरकारले नदिएकाे कारणले भुमिगत भएको कुरा पनि मसित मन्द्रासमा सम्पर्क भएका सनथिहरुलाई थाहा रहेछ। त्यसकारणले पनि मसित भेटघाट गर्दा साथीहरूकाे पन्चायति निरङकुश ब्यवस्थाबाट देशमा भइरहेको थिचोमिचोकाे बारेमा जानकारी प्राप्त गर्न उत्सुकता देखिन्थयाे।नेपालमा भुमिगत भएको मानिस कस्तो रहेछ भन्ने जिज्ञासाले पनि मसँग भेटघाट गर्न मानिसहरु मकहाँ आउथे।
मेराे २० दिनकाे मन्द्रास बसाइमा धेरै प्रकारका मानिसहरुले मसित भेटघाट गरे।कतिपयले सङ्गठनमा लाग्याे भने देशभित्र जानै पाइदैन सरकारले अरास्ट्रिय तत्त्वकाे बिल्ला लगाइ दिन्छ छुट्टिमा घरमा गएको बेला उतै थुन्छ त्यसकारण सङ्ठनमा सामेल हुनु भनेकाे धेरै खतरा माेल्नु हाे भन्ने जस्ता कुराहरू गरेको पाइन्थ्यो। कसैले हामी त विदेशमा चारपैसा कमाउन आफ्ना जहान छाेराछाेरिलाई दानापानिकाे निमित्त यहाँ आएको भन्ने गर्दथे भने कसैले राजनीति नै गर्नु छभने देशभित्र गर्नु पर्दछ मन्द्रासमा गरेकाे राजनीतिले के काम दिन्छ भन्ने तर्क राख्ने गर्दथे। काेहि यस्ता मानिसहरु पनि भेटिए, जुन नेपालीहरुलाई धर्मको नाममा मन्दिर बनाउने झाेलङगे पुल बाटाघाटा बनाउने नाममा सिधा नेपालीहरुलाई ठगेर आफ्ना ब्यक्तिगत स्थार्थ सिद्ध गरिरहेका थिए। त्यस्ता नेपालीहरुले अझ मेरा कुराकाे अझ बढी विराेध गरेको पाइयो , जेहाेस त्यहा जेजति प्रकारका हामीहरु बिचमा छलफल बिराेध वा समर्थन भयाे त्यसबाट मन्द्रासमा सङ्गठनकाे निमित्त धेरै आधार तयार भयाे।भारतमा दु:ख गरेर कमाएकाे पैसाले गाउँमा आएर जायजेथा जाेडने काममा लागे झै भारतमा सङ्गठनमा सामेल भएर कमाएकाे चेतनाले नेपालमा धेरै काम दिन्छ भन्ने कुरा केही मानिसहरुले बुझ्न थाले, म जतिबेला मन्द्रासमा बसे त्यहि समयमा विधिवत्: सङ्गठनमा मानिसहरूलाई राखिएन तर सैद्धान्तिक रुपमा के कुरामा सहमति भयो भने अब सङ्गठित भएर काम गर्नुपर्दछ।त्यसकाे निमित्त अखिल भारत स्तरकाे नेपालीहरुकाे सङ्गठन बनाउनु पर्दछ। सङ्गठनकाे विधान घाेषणापत्र कार्यक्रम तयार गरेर ब्यवस्थित रुपले अगाडि बढनु पर्दछ। अब सङ्गठन गर्न मन्द्रास जादा बस्नखानकाे निमित्त राम्रो आधार तयार भयाे। सङ्गठनकाे समर्थन गर्ने र बिराेध गर्ने जमात पनि त्यहाँ तयार हुँदै गयाे।त्यसकाे अर्को वर्ष १९७९ मा मन्द्रासबाट पनि बनारसमा हुने केन्द्रीय भेलामा प्रतिनिधित्व गर्ने कुरामा सहमति भयाे।एकता समाजकाे सङ्गठन र विस्तारकाे काम भारतका विभिन्न शहरमा जाेडताेडकासाथ अगाडि बढयाे।
मन्द्रासकाे बसाइँपछि म त्यहाँबाट नजिकै रहेको अर्को शहर पान्डिचेरिमा सङ्गठनकाे काम गर्न गएको थिए।त्यहाँ मन्द्रासमा भन्दा काम गर्न धेरै सजिलाे भयो।बागलुङमा पन्चायत बिराेधि आन्दोलनमा सरिक भएको कथित अपराधमा सरकारले धरपकड गर्ने सिलसिला सुरु भएको कारणले राम प्रसाद शर्मा भागेर पान्डिचेरि पुग्नु भएको थियो। सरकारबाट हुने धरपकडका कारणले सङ्गठनलाई कुनै जानकारी नदिइकिन पान्डेचेरि भागेकाे विषयलाई रामचन्द्र शर्माकाे हामीहरुले धेरै आलोचना गरेका थियोे तर उहाँ आत्मसुरक्षाको निम्ति पान्डेचेरि आएपनि पछिका दिनहरुमा पान्डेचेरि र मन्द्रासमात्र हाेइन दक्षिण भारत कै सङ्गठनमा रामचन्द्र जिकाे ठुलो देन रहन पुग्याे , पछि सङ्गठनकाे केन्द्रीय महासचिव पनि हुनु भयो।सङ्गठनका सुरुका वर्षहरुमा सङ्गठन निर्माणमा महत्त्वपूर्ण भुभिका रर्‍याे तर पछिल्ला दिनहरुमा सङ्गठनमा अनुशासितरुपमा रहन सक्नु भएन र एकता समाजले महासचिव पदबाट निस्काशन गर्‍यो।
हामीहरुले सङ्गठन सुरुवात गर्नु भन्दा पहिले दिल्लीमा पनि नेपालीहरुका विभिन्न सामाजिक राजनीति सङ्गठनहरु थिए।त्यसमा पनि नेकपाकाे तेस्रो महाधिवेशनले चुनेका पार्टीका महामन्त्री तुल्सिलाल जप दिल्लीमा बस्नुहुन्थ्यो र उहाँको नेपालीहरुका बिचमा सङ्गठन थियाे।दिल्लीमा एकता समाजकाे प्रवेशपछि उहाँको सङ्गठन पनि बिलाउदै गयाे। एकता समाजकाे नीति कार्यक्रमका अगाडि अन्य सङ्गठनहरुकाे स्थिति कमजोर हुँदै गयाे र पछिल्ला दिनहरुमा तुल्सिलाल जि काे सङ्गठन करिव करिव विसर्जन नै भयो ।
दिल्लीमा सङ्गठनकाे सुरुवात गर्दा पनि त्यति सम्भव थिएन।सङ्गठनकाे आधार तयार पार्ने सिलसिलामा पहिलोपटक दिल्लीमा पुग्दा आफ्नो गाउँका मानिसहरुकाे ठरठेगाना लगेर गएको थिएन।नेपालीकाे नाताले यमलाल पाेख्रेल जुन अहिले पनि सङ्गठनमा सक्रिय भएर काम गरिरहनु भएको छ शीत मेराे सम्पर्क भएको थियाे। त्यतिबेला यमलाल जि एउटा जर्मन संस्थाकाे मानिसको काेठिमा काम गर्नु हुदाेरहेछ , म उहाँसँग सम्पर्क गर्न गए।मालिकले काेठिभित्र कसैलाई पनि छिर्न दिदाे रहेनछ । म खाना नखाइकन पुगेको थिए उहाँले मलाई काेठिमा लैजान सक्नु भएन म बाहिरै सडकमा उहाँलाई कुरेर बसिरहे।केही समयपछि मालिकहरु खाना खाइसकेर अफिसतिर गएपछि उहाँले मलाई काेठिबाट पत्रिकामा अलिकति भात लुकाएर बाहिरै ल्याई दिनुभयाे र मैले सडक कै छेउ बसेर उभिएर भात खाए अनि सार्बजनिक धारामा हात धाेए। त्यतिबेलाकाे घटना अहिले पनि मलाई याद आईरहन्छ ।अहिले पनि यमलाल पाख्रेलसित भेट हुदा मालिककाे काेठिभित्रबाट कागजमा निस्तो भात पाेकाे पारेर सडकमा ल्याइ खान दिनुभएको विषयमा कुराे हुने गर्दछ। एकता समाजका सुरुका दिनहरूमा सङ्गठन कर्तालाई खानबस्न धेरै असुविधा थियो । मुलप्रबाह एकता समाजमा अहिले प्राय: जसाे भारतका प्रतेक शहरहरुमा सम्पर्क कार्यलयहरुकाे ब्यवस्था छ।सङ्गठन भएका शहरहरुमा कहाँ बस्ने कहाँ खाने समस्या देखिदैन।अहिले आफुले राेजेकाे ठाउँ र साथिहरुकाे डेरा अफिस जहाबसेपनि निर्धक्कशीत बस्न खान पाईन्छ ।
यसपटक माघ मैनामा हिसारमा ३ दिनकाे कार्यक्रममा म त्यहाँ गएको थिए। हिसारबाट दिल्लीकाे ८ मार्चकाे कार्यक्रममा सामेल भएर सिधै काठमाडौं फर्कने मेरो कार्यक्रम साथिहरुले बनाउनु भएको थियो ।हालसालै दिल्लीमा मुलप्रबाह अखिल भारत नेपाली एकता समाजले आफ्नै ठुलो केन्द्रीय कार्यलय भवन बनाएको छ रे भन्ने मैले सुनेकाे थिए।मलाई त्यो केन्द्रीय कार्यलय आफ्नै आँखाले देख्ने अत्यन्तै ठुलो इच्छा थियाे । ८ मार्चकै दिन हिसारबाट हिडेर बदरपुरकाे केन्द्रीय कार्यलयमा पुगेर ८ मार्चकाे कार्यक्रम सकेर मैले ट्रेन पक्रन गार्‍हो पर्दथियाे त्यसकारण मैले ७ मार्च कै दिन मुलप्रबाहकाे केन्द्रीय कार्यलयमा मलाई लैजान साथिहरुलाई आग्रह गरे। मेराे भावनाकाे कदर गर्दै साथिहरुले मलाई बदरपुरकाे भब्य केन्द्रीय कार्यलयमा पुराउनु भयो ।कार्यलयभित्र पसेर खाना खाइसकेर बिस्तारामा पल्टेपछि मलाई १९७८ मा मन्द्रासमा शिवबहादुर सित भएको छलफल र यमलाल पाेख्रेलले मालिकका आँखा छलेर सडक छेउमा कागजमा पाेकाे पारेर लुकाएर ल्याएकाे भातकाे सम्झना झलझलि आयो । १९८१ मा प्रथम रास्ट्रिय सम्मेलनकाे तयारीकाे सिलसिलामा गाडीबाट खसेर दिल्लीमा बावुराम भट्टराईकाे डेरामा १७ दिनसम्म थला परेर सुतेको घटनाकाे पनि याद आयो ।
आज कन्याकुमारी देखि बङगालका खाडीसम्म मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे विस्तारमा म जस्ता हजारौं नेता कार्यकर्ताकाे पसिना बगेको छ। एकता समाजकाे गठन गर्ने बेलामा भन्दा अहिले नेपालीहरु आ- आफ्नो जन्मथलाे छाेडेर विदेशीने क्रम हजारौं गुणा बढी छ।अहिले नेपालीहरु दैनिक हजारौंकाे सख्यामा नेपालबाट राेजिराेटिकाे खाेजिमा विदेशी रहेका छन। अरब मुलुकहरुमा दशाैलाख पुगेको अनुमान छ । कति दिनसम्म नेपालीहरु यसरी लखेटिने हाे त्यसकाे कुनै निस्चित सिमा छैन । देशमा पन्चायति ब्यवस्थाकाे अन्त भएपनि राजाको निरङकुश शासनकाे पुर्णरुपमा अन्त भएको छैन । देशमा उद्योग धन्दा कलकारखाना केही छैनन् केही भएका पनि सिमित साँमन्त तथा दलाल पुँजिपतिहरुका नियन्त्रणमा छन। काम कै खाेजिमा आज संसारभरि नेपालीहरु भाैतारिरहेका छन । परिस्थितिकाे चपेटामा परेर राेेजिराटिकाे निमित्त संसारकाे जुनसुकै देशमा रहन परेपनि हामीहरु सङ्गठित हुनुपर्ने आवश्यकता छ । देशमा मुटठिभर साँमन्त दलालहरुकाे रजाइँकाे अन्तकाे निमित्त आ- आफ्नो ठाउँबाट जति सकिन्छ याेगदान दिनुपर्ने आवश्यकता छ। जनताको सङ्गठित शक्तिबाट मात्र देशकाे निरङकुशतन्त्रकाे अन्त गर्न सकिन्छ तबमात्र नेपाली जनता संसारका सामु ठाडो सिर गराएर उभिन सक्नेछन ।
एकता समाजले सङ्गठनकाे ठाेश आकार लिनुभन्दा पहिले भारतका विभिन्न शहरबाट केही मानिसहरुकाे सानाे भेलाले ७ जनाकाे सङ्गठन बनाएकोमा त्यहि सङ्गठन आज भारतकाे विभिन्न शहरहरुमा बरकाे रुख झै फैलिएको छ। अहिले याे सङ्गठनकाे नामकाे अगाडि ” मुल प्रबाह ” राखिएको छ । सुरुका दिनहरुमा सङ्गठनकाे नामसम्म सुन्न नरुचाउने मानिसहरु आज पेशेवर सङ्ठनकर्ता भएर सङ्गठनकाे काममा रातदिन खटेकाे देखिन्छ । अझै पनि लाखौं नेपालीहरुले सङ्गठनकाे महत्त्व बुझ्न र सङ्गठनमा आवद्ध हुन वाकि छ।सयौं पेशेवरहरुकाे सङ्गठनलाई आवश्यकता छ । आगामी दिनमा पुराना पुस्ताले अधुरो छाडेकाे सङ्गठनकाे कामलाई नयाँ पुस्ताले अगाडि बढाउने छन भन्ने आसा र विस्वास राख्दै मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे उत्तराे उत्तर प्रगतिकाे कामना गर्दछु ।

( लेखलाई हाल हाम्रो सङ्गठन मुल प्रबाह अखिल भारत नेपाली एकता समाजभित्र घाेर अवशर वादि तत्वहरुलाई प्रहार हवस र सङ्गठन निर्माण गर्दा के कति चुनाैतिहरुलाई झेलेर महामन्त्री माेहनबिक्रम सिह र वर्तमान राजमाे केन्द्रीय अध्यक्ष चित्र बहादुर केसिले भारतमा सङ्गठन निर्माण गर्दा कस्ता अफ्ट्यारो झेल्नुपरेकाे थियाे । पाठक वर्गहरुलाई बुझ्न सहज हवस भनेर याे लेख रिपिट गरिएको छ ।
जनक बि सि काेचिन । )

चर्चामा

सम्बन्धित समाचार