शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • राजनीति न पेसाहो न पेवा!

राजनीति न पेसाहो न पेवा!

  • सोमवार, असार ७, २०७८
राजनीति न पेसाहो न पेवा!

सुरेशकुमार पान्डे–हिँजो आज राजनीतिलाई कसैले पेसा बनाएकाछन भने कसैले पेवा बनाएकाछन।तर वास्तबिकरुपमा राजनीति कसैको न त पेवाहो न यस्लाई पेसा बनाएको ठिकहो।राजनीति भनेको स्वाँयसेवाहो जनताको पिरमर्कालाई समेटेर देशको अबस्थालाई ध्यानमा राखेर राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि गरिने महान शंघर्ष लाई राजनीति भनेर बुझ्नुपर्छ।त्यो हिसाबले सेवागर्न सकिदैन भने राजनीति पनि नगरेहुन्छ।त्यो एउटा पाटोहो तर हामिले वास्तबिक रुपमा सामाजिक बन्नुपर्छ।
हामिले परदेशमा गरिने आन्दोलन मुख्य रुपमा सामाजिकनै हो।समाजमा रहेका कु सँस्कार कुरितिलाई पन्छाएर आफु जस्तै श्रमजीवीहरुको एकता अखण्डता र सामाजिक स्वार्थका लागि गरिने आन्दोलन सामाजिक हुँन्छन।
जो हामिले स्थापनाकाल देखुन सामाजिक आन्दोलनलाई बिना भेदभाव निस्पक्षियरुपमा सञ्चालन गर्दै आएको लामू र ऐतिहाशिक पृष्ठभूमिछ।खेल्ने कुद्ने पढ्ने लेख्ने बेलामा देशबाट प्रवाशमा प्रस्थान भएका शोषित उत्पिडित मज्दुरहरुलाई संगठित गरेर उनिहरुको चौतर्फिय बिकासमा ध्यान दिनुभनेको एउटा बिशुद्ध सामाजिक भावनले प्रेरित महान कार्यहो।
यँहा कुन ब्याक्ति कस्को नातेदारहो,कुन जातको हो भनेर छुट्याउँने चलन हुँदैन मात्र नेपालीको नाताले उस्लाई संगठित गर्ने,अनि उस्लाई सामाजिक राजनीतिक प्रतिक्षण दिने गरिन्छ।ताकि उ एक प्रकारले आफ्नो बर्ग सँग र आफ्नो देश सँग अटुट सम्बध्ध राख्न सकोस।समाजको चिन्तन उस्ले आफुलाई एक्लो नसम्झिउस र परिआएका तमाम जोहार भाटाहरुलाई पन्छाउँन सक्षम बनोस भन्ने उदेश्यले एकजना नेपाली श्रमजीवीलाई संगठित गर्छ।त्यो पछि केहुन्छ कँहा जान्छ त्यो छुट्टै बिषय हो।
भारतमा हामि कलिलैमा प्रवेश गय्रौँ त्यो बेला हामिलाई राजनीतिको बारेमा कत्ति पनि जानकारी थिएन मात्र हाम्रो चासो सामाजिक थियो।समाजमा आईपरेका घटनाहरुलाई पन्छाउँने नेपाली समाजलाई साफसुद्रो राख्ने।त्यो बेला नेपालीहरुको अहिलेको जस्तो अबस्था थिएन नाहि अहिलेको जस्तो टेक्नोलोजि नेटवर्क थियो।देशमा पञ्चायति ब्यबस्था अनि त्यसको प्रभाव भारतमा पनि थियो।अँझ भन्नुपर्दा भारतमा कार्यरत नेपालीहरुले पनि पञ्चेहरुको दलालि गर्ने काम गर्दथे।अखिलको नाम लिँदा बित्तिकै पञ्चेहरुका कान ठाडा हुन्थे।कयौँ सहरमा नेपाली एकताका नेता कार्यक्रताले बास पनि नपाएर भोकै बस अड्डा वा रेलवाई स्टेसनमा बासा बस्नु पर्दथ्यो।आर्को तर्फ नेपाली समाजमा फैलिएको जुवातास मदिरा जस्ता लतहरु ब्यापक थिए।समाजका कार्याक्रता हरुमा आकार्मण समेत गर्ने गर्थे एउटा मज्दुरले आर्को मज्दुरमाथि गरिने कुटपिटलाई पनि आपसमै छलफलगरेर टुङ्गाउँने गरिन्थ्यो।ताकि नेपाली श्रमजीवीहरुको बिचमा एकता बनोश
यस्तो अबस्थालाई झेल्नु भनेको सामन्यकुराहो।
तरपनि समाजले निर्नतर अथक शंघर्ष गरेर भारत स्थित नेपाली श्रमजीवीहरुको माझमा जुन मायाँ प्राप्त गय्रो त्यो मुकाम धेरै त्याग बलिदान पछि प्राप्त भयो।एकता समाजले निरन्तर र अथक निस्वार्थ सामाजिक काम गरेकोले भारतब्यापि संगठन निर्माण हुन सक्यो यो कुरा पुराना संगठनका साथिहरुलाई थाहाछ।एउटा ब्याक्तिलाई तैयार पार्न कयौँ साथिहरुको अथाह लगानि लाग्ने गय्रो।हामिले समाजलाई निजि स्वार्थ भन्दा अलिमाथि राखेर जनताको दुखःसुखमा सामिल हुँने काम गरेकोले अहिलेपनि साथिहरुले अघात बिस्वास गर्नुहुन्छ।
तर समाजलाई कयोँ पल्ट टुक्रापारेर आफ्नो स्वार्थ पुरागर्ने कयौँ अवसरबादी नेता कार्यक्रताहरुले प्रयास गर्दै आए कयौँ पल्ट समाजलाई तहश नहश पार्नेकाम पनि भयो।यसमा राजनीतिक गतिबिधि जिम्मेवार त छ नै तर सामाजिक आन्दोलनमा लागेका नेता कार्यक्रताहरु मध्य नेतृत्वमा पुगेकाहरु बाटनै यस्तो अबस्था सिर्जना हुन्छ।कयौँ पल्ट यस्तै भयकोछ।तर पहिले बिजय शर्मा त्यसपछि राजू नेपाली अनि बिष्नुहरी शर्मा जाँदा खेरी सैध्यान्तिक राजनीतिक मतभेद नभयपनि पछि उनिहरुले आ-आफ्नो बाटो समाते कार्याक्रताहरु लाई धेरै भ्रममा पनि पारेका हुन।तर छिट्टै भ्रममुक्तपनि भए।गिर्धारीलाल न्यौपाने डिलाराम कमल खनाल आदी जाने बेला संगठनको केन्द्रिय कमिटीलाई नै आफ्नो घेरा भित्र पार्ने हिसाबले छैठो सम्मेलनमा योजना बनाएका थिए।तर कयौँ साथिहरुको सुझबुजले संगठनको सम्पत्ति जन तन जोगियो नत्र दिल्लिको सरोजभवन अहिले उनिहरुको कब्जामा हुन्थ्यो।”मूलप्रवाह”मासिक बुलेटिनलाई गिर्धारीलालले दिएनन त्यसलाई कब्जागरे।
अहिले पनि संगठमा कतिपए साथिहरुले समानातरको सँगठन बनाएर सञ्चालन भएको सार्वजनीक मिडियाहरुमा आउ्छन।यो संगठन भारत स्थित श्रमजीवी नेपालीको साझा संगठनहो जस्लाई यँहा सम्म डोराउन थुप्रै कार्याक्रताको योगदान छ पसिना रगतले सिचेको यो मज्दुर नेपालीहरुको विस्वबिध्यालयहो।तर एसमा आँखा गाडेर राजनीति तिर्षा मेट्ने दुश्सहाश नगर्दा ठिकहोला।फुटेर गएका साथिहरुको पनि योगदान लाई नकार्न सकिदैन।तर आफ्नै घरलाई फोर्न तम्सेकाहरुले एउटा कुरा अनिबार्य बुझ्नुपर्छ।हाम्रो फुटले कस्लाई फाईदा होला?त्यो बिषयलाई अलि गम्भिर भएर अध्यायन गर्नुपर्छ।समाजमा आफुले गरेका गलतिको लागि तैयारपनि हुनुपर्छ गलति गरिएकोछैन भने त्यसबारेमा शंघर्ष गर्नुपर्छ।तर यो संगठनलाईनै टुक्रा पार्ने हिसाबले गरेको काम ले आफैलाई नोक्सान पुराउँनेछ।फुटेर जानेसाथीहरु लाई सके सम्म समय छँदै त्यो फुटप्रस्त गतिबिधीमा न लाग्न हुन अनुरोध गर्छु।संगठन भित्र कसैलाई पनि बिचारले बाँध्नेहो अन्यथा आउँनेलाई स्वागत जानेलाई बाई बाई बाहेक अरु केभनौँ।साथिहरु झोला बोक्नुश तर स्वायम सेवाको लागि पेसाको लागि होईन,न संगठन कसैको पेवाहो न पेसाहो।यसलाई फरकरुपमा बुझ्दा राम्रोहोला।

चर्चामा

सम्बन्धित समाचार