बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • समाजवादी आबरणमा साम्राज्यावादको सेवा।

समाजवादी आबरणमा साम्राज्यावादको सेवा।

  • शुक्रबार, जेष्ठ ७, २०७८
समाजवादी आबरणमा साम्राज्यावादको सेवा।

सुरेशकुमार पान्डे–सरकारले समाबेशी र समाजवाद अन्मुख भन्दै लगातार धाग लगाएकोछ।सम्बिधानमा पनि त्यही उल्लेखछ तर समाजवाद तर्फ अनमुख र समाबेसी भनेको कस्तो ब्यबस्थाहो त्यसबारे सर्व साधारणलाई कसैले बुझाउँने प्रयास पनि गर्दैनन् सर्वसाधारणले त्यस बारे जान्नपनि खोज्दैनन् सबैलाई आ-आफ्नै राँकोछ।
कयौँ जनताहरुलाई समानताको बारेमा जानकारी छैन।दलित जातिका साथिहरुले भन्नुहुन्छ हामिलाई बाहुँनले अन्याय गरे बाहुँन र दलित भयकै कारण गरिबहरुको बिचमा एकता हुँदैन।उनिहरु एउटै बर्गका मानिश हुन तर दुबैजनाको बिचमा जातिय मतभेदछ।मतभेद किनछ त्यो बुझ्न र बुझाउँन खोज्दैनन् एउटाले आर्कालाई दोश लगाउँछन।वास्तबिक रुपमा यि दुबैजनाले एक आर्कालाई दुश्मन शम्झिन्छन तर वास्तबिक दुश्मन चिन्दैनन।दुश्मन त सँस्कारहो रुढीवादी परमपराहो सामन्तवादी ब्यबहारहो।त्यसको बिरुद्धमा मिलेर लड्नु पर्नेमा एक आर्का सँग लडेर झन कम्जोर हुन्छन।तर पनि आपसमा लड्न छाड्दैनन।सरकारले भने सम्बिधानमा समाबेश गरेको बैधानिक पद्धतिलाई कार्वान्वयन गर्न समाजमा दवाब दिनु र त्यहि प्रकारको प्रगतिशिल कार्याक्रम अगाडि सार्नुको सट्टा आफैले भेधभाव गर्छन।समाजवादको अर्थ केहो त्यसबारेमा गाउ सहरहरुमा कार्यक्रम बनाएर त्यो नियमलाई सँस्थागत गर्नुको साटो उल्टै आफ्नो ब्यबहार साम्राज्यावादको पक्षमा वा उसैको ईसारामा हुन्छन।
अब देश कता जाँदैछ त्यसबारे कसैले भन्नु पर्दैन।समाजवाद अनमुखको अर्थ हुन्छ सरकारको ब्यबहार बिस्तारै समाज वादी ब्यबस्थातिर जानुपर्नेहो।समाजवादमा ठुला ठुला उद्दोगलाई सरकारी करण गर्ने,याता यातलाई सरकारी करण गर्ने देशको उद्धोग निर्मणा गर्ने बाजारको भाव मूल्यालाई सरकारले निर्धारित गर्ने।सबै चिजमा सरकरको नियन्तर हुँने।भुमिहिन किसानलाई जमिनको ब्यबस्था गर्ने, महिलाहरुलाई सम्पतिमा पुरुष सरह समान अधिकार बहाल गर्न प्रयात्न गर्ने आदि जस्ता नियमहरु बनाएर देशलाई आत्मानिर्भर गराउँने।अहिले सबै अनिमियताछ एउटा बसमा सवारी साधनले नागरिक सँग कति रुपियाको टिकट काट्छ त्यसबारे बसको मालिकलाई बाहेक सवारीलाई थाहा हुन्छ जस्ले पैसा तिर्छ,जस्ले जति लुटेपनि भयो।अस्पत्ताल नीजि स्कुल सबैमा सरकारि नियन्तरण छैन।बसवालाले बिना टिकट सवारी बसाल्छन रुपिया लिन्छन तर कतिलिए त्यसको रिकार्डछैन किन भने टिकटको ब्यबस्थानै छैन।सरकारले सबथोक निजि कर्ण गरेकोछ।
दुर्घटना भयो भने मर्ने सवारीको बिमाको ब्यबस्थाछैन।बिदेशमा रोजगारिका लागि जानेहरुको कुनै रिकार्ड छैन।खास गरेर भारतमा जानेहरुको र भारतबाट नेपालमा आएकाको त सरकारसँग कुनैपनि रिकाड् भेट्टिदैन कतिपय भारत गयकाहरु उतैबाट तेस्रो मुलुकमा पनि जानेगर्छन त्यस बारेपनि सरकारलाई कुनै लेखोजोखो छैन।देशभित्र किसानहरुलाई सिचाईको ब्यबस्था पनि छैन।अनि कृर्षियोग्य जमिनमा भूमाफियाको पकडछ।पहिले खेत भयको र राम्रो धान फल्ने ठाउँमा आज घडेरीहरुको बिक्रिबितरण हुँदैछ।जमिनको भाव बेहिशाबले बढेकोछ।अब तराईमा खेतिगर्नको लागि जमिन किन्न सकिदैन त्यो जमिन त्यति महेङ्गो भयकोछ।यो ब्यबहारले देशमा उद्दोगपति धनीहरुले कलौनि काट्छन र जमिनलाई दुईगुना बढि मूल्यामा बिक्रिगर्छन।त्यो जमिनमा अब किसानहरुले आफु सँग भयको एक दुई बिघा जमिनलाई पनि बेच्न बाध्य भयकाछन।त्यो किन भने एक दुई बिघा जमिनमा उत्पादन गर्दा फल्ने अनाज भन्दा त्यो जमिनलाई बेचेर त्यो रकमलाई ब्याजमा दिँदा फाईदा हुँने देखेर उनिहरुले जमिनलाई बेच्दिन्छन र त्यो जमिनलाई पलाटिङ्ग गरेर दलाल भूमाफियाहरुले मुनाफा कमाउँछन।यस्तो ब्यबहारले भोलि देशमा अनिकालको अबस्था आउँने देखिन्छ।सरकारले किसानहरुलाई खेतिमा प्रोतोसान गर्न सकि राखेको छैन।न युवाहरुलाई रोजगारको ब्यबस्था गर्न सक्यो नाहि कृर्षि उत्पादन तर्फ डोराउँन सक्यो।देशभित्र किसानलाई कृर्षिक्षेत्रमा प्रोतोसान नगर्दा देशमा उत्पादन हुँदैन परिणाम सब्जि समेत भारतबाट आयात गर्नु पर्छ।
गणतन्त्र आएको जेष्ठको १५गते२०६५मा हो अहिले १३बर्ष भैसक्यो तर देशमा अहिलेपनि कुनैप्रकारको बिकाश भयकोछैन।गणतन्त्र सँग सँगै संघियता आएपछि त्यसैको बिरुद्धमा देशभरी आन्दोलन भयकाछन।कहिले राजधानीको लागि लडेकाछन राजनीतिक पार्टीहरु कहिले क्षेत्रियताको लागि लडेकाछन।तर देश र जनताको हितका लागि कुनै शक्तिले शंघर्ष गर्नुभन्दा बरु बिदेशिको ईसारामा देशलाई नाङ्गेझार पार्दै गयकाछन।
अहिले कथित समाजवादीहरुको तमासानै देखियो पद र प्रतिष्ठाका लागि उनिहरुले जे पनि गर्न सक्छन भन्नेकुरा छर्लङ्गै पारेकाछन।संसदमा सान्सदलाई खरिद गर्ने जनताको प्रतिनिधि बिक्रि हुँने।अब यो ब्यबहारले के बताउँछ रुपिया र प्रतिस्ठाको लागि यसरी नाग्गिनेहरु र प्रतिकृयावादीहरुमा के फरक भयो?यिनिहरुलाई कता तिर अनमुख भयको दिखिन्छ?पुँ जिवाद तिर त्यो पनि दलाल पुँजिवादको बाटो छोपेको साम्राज्यावादको कटपुत्लि बनेको।जनतालाई धोखा दिन समाजवादी आवरणमा साम्राज्यावादी खेल खेलेकाछन।यि दलाल पुँजिवादीहरु साम्राज्यावादका गोटी भयर उनैहरुको नतमस्तक भयकाछन।अहिले एम सीसीलाई पारित गराउँन यो सबै शड्यान्त्र हुँदैछ।जनताले सचेत भयर देशलाई जोगाउँन प्रयात्न गर्नु पर्दछ।अहिले यो लेख लेख्दा लेख्दै सम्मानिय राष्ट्र पति बिध्या देबी भण्डारी ज्यु ले जेष्ठको सात गते साँझ ५बजे सम्म नयाँ सरकारको लागि दाबी गर्न सम्बिधानको धारा७६को उपधारा५बमोजिम नँया हरकार गठनका लागि आबहान गर्नुभयो।
यो पनि बच्काना पन जस्तै सम्बिधानको धारा चारमा नटेकी फड्को मारेर धारा पाँचमा जाने राष्ट्र पतिको निर्णय लाई कयौँ सम्बिधान बिधहरुले गलत ठानेकाछन।उनिहरुले यो ७०बर्षको जनताले गरेको शंघर्षको अबमुल्यनहो भन्दै सम्बिधानलाई फ्याक्ने शड्यन्त्र बताएकाछन।राष्ट्र पतिले कम्तिमा तिन दिन सम्मको म्याद दिएर नयाँ सरकार बनाउँन आबहान गर्नु पर्नेमा बाह्र घन्टा भित्रमा सरकार बनाउँन समय तोक्नो गलत भयको दाबा गरेकाछन।आखिर यो प्रतिगामि कदम चाल्न गरियको शड्यन्त्र नै हो भन्न सकिन्छ।
यो कतै साम्राज्यावादको शडयन्त्र त होईन यसबारे संका गर्ने ठाउँ छ ।

चर्चामा

सम्बन्धित समाचार