बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • २३मार्चका शहिदहरुको बारेमा

२३मार्चका शहिदहरुको बारेमा

  • बुधबार, चैत्र ११, २०७७
२३मार्चका शहिदहरुको बारेमा
 सुरेशकुमार पान्डे

छिमेकमा २३ मार्चलाई पहिले त धुम धाम गरेर देशभक्ति गीत गाएर महान शहिदहरु प्रति श्रद्धाका फुल चडाउँथे।शहिदहरु लाई नमन र सम्मान गर्थे।तर बिस्तारै कयौँ राज्याहरुमा फिका पर्दै गयको जस्तो अचेल लाग्छ।स्वाभाबिक रुपमा एउटा शहीद देशको लागि सबैभन्दा माथि हुँन्छ।जस्ले देश र जनताको लागि स्वतन्त्रताको लागि आफ्नो जीवन नै अर्पण गय्रो,त्यो आफैमा एउटा महान र ऐतिहाशिक कार्याहो।जो भारतमा शहिद भगत सिहँ,सुखदेब,राज गुरुले गरे त्यो देश र जनताको लागि त्यस्तो हरेकले गर्न सक्दैनन्।
भारतको स्वधिन आन्दोलन लाई उर्जा दिन भगत सिहँ राज गुरु र सुखदेबले आफ्नो जीवनको बलिचडाएका थिए। हुँन त सैकडौँ मानिशले आफ्नो आहूती दिएकाछन।शुभाषचन्द्र बोश,चन्द्रशेखर आजाद,मंगल पाण्डे लगाएतका तमाम क्रान्ती कारीहरुको बलिदानले गर्दा३००बर्ष पुरानो गुलामी बाट भारत आजाद हुँन सक्यो।
भगत सिहँको बारेमा भन्नुपर्दा ,
भगत सिहँ २४सितम्बर सन१९०७ई.मा पंजाबको त्यो बेलाको कल्याणपुर जिल्लाको एउटा सिक्स परिवारमा जन्मिएका थिए,उनि असमान्य बुद्धिजिवि मध्यका थिए।उन्लाई आफ्नै परिवारबाट सँस्कारको रुपमा देशभक्ति र क्रान्तिकारी बिचारधारा मिल्यो।युवा अबस्थामै उनि क्रान्तिकारी हरु सँग जुट्दै गए।उन्को बिध्यार्थि कालका दुईजना साथी यसपाल र सुखदेब पनि उनै सँग क्रान्तिकारी आन्दोलनमा जुटे।
भगत सिहँले आफ्नि आमा सँग आफ्नो बिहेको कुरा नगर्न भन्दै”आमा मेरो जिन्दगी त आजादीको लागि संरक्षित भैसक्यो,मैले आजै बाट आफुलाई देशको लागि अर्पण गर्दछुँ,”भनेका थिए।२३अक्तुबर सन१९२८मा लाला लाजपत राय सँग जुलुसमा भागलिँदा पोलिस सुपरीण्टेण्डेण्न स्कार्टले डि एस पि साण्डर्स लाई आदेश दियो।”प्रर्दश्नकारी हरुलाई रोक्न”सान्डर्सले निहत्य प्रर्दर्शन कारीहरु माथि अन्धाधुन्द लाठि चार्च गर्ने आदेश पोलिसलाई दीयो।यो लाठिचार्जमा जुलुशको नेतृत्व गरेका लाला लाजपतरायलाई गम्भिर चोट लाग्यो।त्यही चोटले गर्दा १७नवमबर सन१९२८मा उन्को मृत्यु भयो।उनको मृत्युपछि क्रान्तिकारी हरुले “रगतको बद्ला रगत”भन्ने नारा लगाउँन थाले।आन्दोलन झनै सशस्कत बन्दै गयो,भगत सिहँ राजगुरु र शुखदेब तथा आजाद स्काँर्टलाई मार्ने जिम्मा लिए चारै जनाले घात लगाएर स्काँर्ट सम्म पुगे तर गोली चलाउँने बेला सान्डर्श सामुन्ने आयो र उस्लाई गोली मारेर उस्को हत्या गरियो।चारै जना त्यो बेला त्यँहा बाट बचेर निस्किए।देश भरीनै भगत सिहँ र उन्का साथिहरुको यो सहाशिलो कार्याको प्रसन्सा भयो।उनि चारै जनले भुमिगत भएर आफ्नो मिसन सञ्चालन गर्दै रहे।
अप्रेल सन१९२९मा अशेम्बलिया एउटा दमन कारी बिधाईका प्रश्तूत हुँनथालेको थियो।भगत सिहँले बटुकेस्वर दत्त सँग असेम्बेलि भवनमा दाखिल भएर “ईन्कलाव जीन्दावाद!का नारा लगाउँदै असेम्बलि भित्रै बम फाले।त्यो बम फाल्नुको मक्सद केवल त्यो अंग्रेज सरकारको कान खोल्ने चेतवानी स्वरुप थियो।बम फेरीपनि बटुकेश्वर दत्त र भगतसिहँले पुर्व योजना अनुसारनै गिरफ्तारी दिए।उनिहरु माथि मुकद्मा चलाईयो,सुख देब र राजगुरु,अजय घोष,शिव बर्मा,आदी लाई पनि असेम्बेलि बम काँडको अभियुक्त बनाईयो।२३मार्च सन१९३१को साँझ सात बजेर३३मिन्टमा भगत सिहँ,राजगुरु,सुख देबलाई लाहौरको सेन्ट्रल जेलमा सँग सँगै फाँशी दिईयो।त्यो भन्दा पहिले २३मार्चकै दिन बिहानै चत्तर सिहँ नामको ब्याक्तिले (जस्ले बिहान साँझ गुरुबाणिको पाठ गर्थ्यो)भगत सिँहको नजिक आएर सुझाब दिँदै भन्यो-तपाईँहरुले पनि गुरुबाणिको पाठ गर्नुहौश!त्यसमा भगतको उत्तर यस्तो थियो-“तपाईँको ईच्छा परामर्समा मलाई केही ईतराज थिएन तर यही कुरा तपाईले केही समय पहिले भन्नु भयको भए साहिद पुरागर्थे होला तर अहिले जबकी अन्तिम समय आएको बेला मैले पर्मात्मा लाई याद गरेँभनी मानिशले सम्झिनेछन म बुज्दिल बने।जबकी मैले साराजीवन प्रमात्मालाई शंझिन तर अहिले आफ्नो सामुन्य मृत्यु देखेको बेला याद गरेर आफुलाई कायर बनाउँन चाँहादैन।
ईतिहाश साक्षिछ यिनै तिनौटा अंमर शहिदले फाँशीको फन्दा सम्म जा्ँदा हत्कडि लगाएनन् तिनौटैले एक आर्काको हातमा हात राखेर फाँशिको तख्ता सम्म आजादीको गीत गाउँदै पुगे।आ-आफ्नो घाँटीमा आफै फन्दा हालेका थिए।
भगत सिहँको माता र पिता फाँशि हुँनु भन्दापहिले जेलमा भेट भएका थिए।उनको आमाले त्यो बेला भनेकी थिईन”छोरा हार नमान्नु एक दिन त मर्नुनै हो!तर यस्तो मृत्यु अगाले जस्लाई बिस्वले याद गरोश र गर्व गरोश।मेरो हार्दिक ईक्षाछ की फाँशीको तखतमा उभिएर छोराले ईन्कलाव जिन्दावाद!का नारा लगावश।”यस्तो अधभुत भावनाले लेश थिईन भगत सिहँकी आमा।कसैको पनि आमाले आफ्नो छोरालाई फाँशीको फन्दा सम्म जाने छोरालाई यस्तो प्रेणा दिन सक्दैनहोला।बिलक्षाण उत्तसाह थियो छोरा भगत सिहँको फाशीको फन्दातिर बिना हाथ बाँधी जान सक्ने हिम्मत कसैले गरेको थिएन होला।न त आफैले आफ्नो घाँटीमा फाँशीको फन्दा हाल्दै ईन्कलाब !जिन्दावाद! भन्न सके होलान।उनिहरुको त्यो बलिदान पछि १६बर्समा सन१९४७मा भारत आजाद भयको थियो।
सयौँ बर्ष देखुन भारतमा गरेको बलिदानी पुर्ण शंघर्षको परिणाम भारत बाट अंग्रेजहरु त गए आखिर शहिदको सपना पुरा भएहोला त?पक्कै पनि हुन सकेको छैन।
उनिहरुले भारतलाई अंग्रेज़ी हुकुमत बाट मात्र निजात गराउँने सपना देखेका थिएन।भारतमा आम शोषित पिडित ब्यबहारको अन्मुलन।अन्याय अत्याचार र मान्छेले मान्छेलाई गर्ने शोषण दमन को अन्मुलन र नयाँप्रकारको शासन ब्यबहार चाहेका थिए।जँहा न कुनै गरिब हौश न कुनै धनी सबैले काम गरुन र सबैले त्यसको परिणाम प्राप्त गर्न सकुन।त्यही उदेश्यले आफ्नो प्राण दिएकाथिए।दहेजले गर्दा आजपनि कयौँ महिलाहररु अबिबाहित “बुढी कन्य”बसेरनै मर्छन।
त्यो बेलाका शहिदहरुको बिष्वाश थियो आफ्नो प्राण गएपछि करौडौँजनताहरुले स्वतन्त्रता पाउँनेछन देश आजाद हुँनेछ।तर आज भारतमा आएका सरकारहरुले त्यही अंग्रेज़ी पाईला पच्छाउँदै गएकोछ।
भारतमा अंग्रेजहरुले आपसमा फुटाओ र राज गरौको नीति अगालेका थिए।उनिहरुले आफ्नै रोहबरमा हिन्दु र मुश्लिमको बिचमा ठुलो दररा हालेर कहिलैई न निभ्ने ज्वाला सल्काई दिए।त्यसैको परिणाम भारत सँग पाकिस्तान अलग गरायो।सम्बिधान सभाका प्रतिनीधिहरु मोहमद अलि जिन्ना लगायतका लाई मुश्लिमको हितमा लड्ने हावादिएर अंग्रेजले उनिहरुलाई पाकिस्थान अलगको माग गरे परिणाम भारत भाट आजादि सँगै पाक अलगियो र आपसमा एउटै शन्तानको बिजमा भयको रिसवीले पाक भाट पूर्वी पाकिस्तान अलगियो बंगलादेश बनाईयो।जो स्वायम भारतकै रोबरमा भयको थियो।तर अहिलले पनि भारत र पाकिस्तान बिचमा मित्रता कायम हुँन सकेको छैन।पटक पटक उनिहरुको आक्रोशको ज्वाला मा बिष्फोट हुँदै आएकोछ।
भारत एउटा अर्ध संघिय साशन प्रणालि रएको बहुजातिय बहु भाषिय देश भएता पनि यँहा धेरैजसो अहिले हिन्दुत्व लाधने प्राबधान छ।हिँजो १३वटा राज्या बाट अहिले २९राज्याहरु भएकाछन। अनि प्रतेक चुनावको बेला नयाँ राज्यहरु बनाउ्ने माग उठ्ने गर्छ।एक प्रकारका चुनावी मुद्धानै बनेका छन।लामू समय सम्म राज गरेर अंग्रेज भारत बाट गएता पनि यँहा उनिहरुकै दबदबा बनेकोछ।
आज निजिकरण र उद्धारी करणले गर्दा भारत जस्तो शक्तिशाली देखिन्छ त्यस्तो भित्र छैन।भित्र राज्य र राज्यहरुको बिचमा पनि कतै पानीको मुद्धालाई लिएर कतै सिमानाका बिषयलाई लिएर झग्डाहरु भयकैछन।देशमा आर्थिक बिकाश भयको भयतापनि सामाजिक दृष्टीकोणमा खासै बिकाश हुन सकेकोछैन।आजपनि यहाँ रुढीवादी सँस्कार प्रचलितछन।जातिय,लेङ्गिय,क्षेत्रिय बिभेद आजपनि भारतमा प्रस्तै भेटिन्छ।हिँजोका ति शहिदहरुको सपना तिर भन्दा देशलाई आध्यात्मवाद तिर जबर्जस्ति लतारेको पाईन्छ।सरकारमा बसेकाहरु बाटनै शहिदहरुको खासै मुल्यांकन हुँन नसकेको महेशुर्ष भयकोछ।यिनिहरुको अन्तरराष्ट्रीय नीति पहिलेकै जस्तो बिस्तारवादीनैछ।बिस्तारै छिमेकिहरु लाई कहिले सहयोगको नाउमा कहिले धम्कि दिएर जे जसरी भयपनि स-साना देशक्षरुलाई आफ्नो उपेनिबेशिक बनाउँन लगातार जोड दिदै आएकाछन।जस्को देशका भयपनि शहितको त्याग बाट हामिले पनि धेरै प्रेणालिन सकिन्छ।अन्तमा हामिले देश र जनताको लागि आफ्नो ज्यानको प्रभा नगरेर क्रान्तिकारी मैदानमा कुदेका तमाम भगत सिहँ,राज गुरु र शुखदेब लगायत तमाम शहिदहरुको तहदिल बाट सम्मानगर्दछौँ।

चर्चामा

सम्बन्धित समाचार