शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सर्वहारा बिचार धारा क्रान्तिको जगहो

सर्वहारा बिचार धारा क्रान्तिको जगहो

  • शनिबार, पुस ११, २०७७
सर्वहारा बिचार धारा क्रान्तिको जगहो

हाम्रो छिमेकी देश चीनमा सन१९४९मा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो।सन१९२०को सरदकालमा छाङशामा गठन भयको कम्युनिष्ट समूहले प्रथम रा.माअधिबेसन जुलाई सन १९२१मा सम्पन्न गर्यो त्यो नै चीनीया कम्युनिष्ट पार्टीको ओपचारीक उधघाटन थियो।सन १९२१बाट सुरु भयको चीनीया कम्युनिष्ट आन्दोलनले सन १९४९मा त्यँहाको सामन्ति लाई जरै बाट ओखलेर फाल्यो।हाम्रो देशमा अहिले सात दशक भन्दा माथि कम्युनिष्टको आयु भै सक्यो तर हाम्रो मुख्य उदेश्य केहो भन्ने बारे सम्पष्ट उत्तर दिन सक्ने हैसियतमा कम्युनिष्ट भनौदाहरु छैनन्।स्वायम आफुलाई माओवादी बताउँनेहरुको माझिएको र खारिएको यहि संसदिय ब्यबस्था भयको उनिहरु आफैले भन्दै आएकाछन।
कसैले मार्क्सवादी भन्छन,कसैले माले भन्छन कसैले मालेमा,कसैले मार्क्सवाद-लेनिनवाद र माओ त्सेतुङ्ग बिचार धारा अगालेको भन्छन।
बि.स.२००६साल बाट अहिले सम्म कयौँ गुट उपगुटमा टुक्रिएका कम्युनिष्ट भनौदाहरुको अबस्था चिन्ताजनक छ।
आज उनिहरुको आपसको लडाईले देश नाङ्गेझार भयकोछ,भने सिङ्गो कम्युनिष्ट आन्दोलन लाई बद्नाम गरेकाछन त्यसैले आज कम्युनिष्टको बिउ जोगाउँन गारोछ।जुन देशका साठि प्रतिसत जनताले कम्युनिष्टमा आस्था राखेकाछन त्यो देशमा कम्युनिष्ट सिधान्त लाई जोगाउँन कठिन भयकोछ।
अहिले उनै कम्युनिष्ट भनौदाहरुले उफ्रि-उफ्रि माओको कथा सुनाउँनेछन र उहाँको जिवनीलाई आफ्नो भाषणमा घोक्नेछन।कसैले पाँच तारेमा कसैले आफिसमा कसैले कँहा कसैले कँहा तर ब्यबहारमा सबै सुन्य छन।जो पनि अहिले पदको लागि लडेकोछ सत्ता र भत्ताको लागि लडेकोछ तर कोही पनि माओको देन उन्ले गरेको त्याग र बलिदान लाई एउटा रत्ति जति ब्यबहारमा अगाल्ने प्रयात्न गरेका छैनन्।
बरु एकले आर्कालाई मैलो भन्दै आलोचना र गालि गरेकाछन आफ्नो बर्गलाई आफु बाट टाडा फाल्ने बहाना खोजेका हुँन्छन ताकि आफ्नो पद प्रतिष्ठा खतरामा नपरोश।यहि आजको हाम्रो देशको वास्तबिकता हो भने हुँन्छ।
आज काम्रेड माओ त्सेतुङ्ग को १२८वाँ जनम जैन्ति पनि हो तर उँहाको बारेमा अध्यायन गर्न उँहाको जिवन अथवा जनम दिनलाई कुर्नु पर्दैन।उँहाले देखाएको बाटोलाई अगाल्न चाहानेहरुले जैलेपनि उँहाको बिचारधारा लाई अध्यायन गरेर आत्मासात गरे राम्रो होला।
२६दिसम्बर संसार भरिका मुक्ति कर्मिहरुलाई एउटा ऐतिहासिक दिन हो।यहि दिन सन१९९३मा का.माओको जनम भयकोथियो।चीनीया क्रान्तिका अग्रदुत तथा बिस्व सर्वहारा बर्गका एउटा महान यौद्धा मात्रै थिएनन क.माओ नौलो जनवादी ब्यबस्थाका प्रतिवादक समेत थिए।चीनको साओशाङ गाउँका एउटा गरिब किसान परिवारमा जन्मेर दुनियाँ भरिमा हुँने अन्याय अत्याचारको बिरुद्धमा मार्क्स,एङ्गेल्स,लेनिन र स्टालिन जस्तै उनि पनि एउटा महान बर्गिए आन्दोलनमा लागेका दार्शनिक पनि हुँन।दुनिया भरीका क्रान्तिकारी हरुले माओका देनलाई उँहाका बिचारधारालाई आफ्नो मुक्तिको औजारको रुपमा सिध्दान्त र प्रेणाको रुपमा लिने गर्छन।उँहाको जिवनको कथा र गाथाको अध्यायनले क्रान्तिकारीहरु लाई प्रेणा मिल्छ।बाल्या कालमा उँहा एउटा प्राईबेट स्कुलमा भर्ना भय र प्राथमिक अध्यायन सुरु गरे।सन१९१०को सरद याम मा उनि श्याङ-श्याङ काउँन्टिको तुङ्शान उच्च प्राथमिक पाठशालामा भर्ना भए।सामन्ति राजतन्त्रको तख्ता पल्टाई दिने सन१९११को क्रान्ति घटना पछि उन्ले छे मैना सम्म बिद्रोही नौलो सेनामा सेवा गरे।सन१९१३मा हुँनान् चौथो प्रान्तिय नर्मल स्कूलमा भर्ना पाए।जहाँ बाट सन१९१८मा स्नातकको उपाधी प्राप्त गरेका थिए।माओले युवा अबस्थामा “प्राचिन शिक्षा”भन्ने चीनीया सामन्ति साँस्कृती र “नयाँ शिक्षा”भन्ने पश्चिमा बुजुर्वा जनतान्त्रिक साँस्कृतिक दुबैलाई अध्यायन गरे।कन्फुसियस,खाङ यओबेई ल्याङ छिछाओ,सनयात सैन,तोल्सतोय र क्रोप्रोठ् किङ्का रचनाहरु तथा नव काँट्वाद र नव हेगेलवादका दर्शनहरु सबै जसोले बिभिन्न मात्रामा प्रभाब पारेका थिए।जस्ले उन्को प्रारम्भिक सोचाईको बिकाशमा योगदान पुराए।
आफ्नो देश प्रतिको प्रेमले उन्लाई अथक रुपबाट क्रान्तिकारी सत्यको खोजी गर्न प्रेणा दियो र त्यो कार्यामा जुटे।सन१९१८को अप्रेल मैनामा छाई हशनर अरुहरु सँग मिलेर उन्ले साङशामा नौलो जन समाजको सस्थापना गरे।जसको उदेश्य चीनलाई फेर्नकालागि नया उपाए र पद्धतिको खोज गर्नु थियो।यो समाजको स्थापना भयको केहि काल पछि नै माओ र यस्का सदस्यहरु र अरु प्रगतिशिल युवाहरु लाई फ्रान्शमा गई प्रगतिशिल बिचारहरु क्रान्तिकारी अनुभबको बारेमा अध्यायन गर्ने कार्याक्रम अन्तर्गत संगठित गर्नु थियो।उन्ले सर्वप्रथम मार्क्सवादको समप्रकमा आई यस्लाई अगाल्न थाले।मई४को आन्दोलन ताक देखि सन१९१९को जुलाई मैनामा उन्ले हुँनानमा स्याङ च्याङ समिक्षा को प्रकासनको थालनी गरे र आर्को बर्ष उनले क्रान्तिकारी बिचारहरुलाई फिजाउँनको लागि संस्कृतिक पठन पाठन समाजको गठन गरे।
सन१९२०मा उन्ले चीनीया कम्युनिष्टको सुरु गरे र स्वयम चीनीया कम्युनिष्ट पार्टीको संस्थापक समेत भय।सन१९२१को महाधिबेशनले पार्टिको ओपचारीक घोषणा गय्रो।पछि उन्लाई हुँनानमा पार्टिका क्षेत्रिय सचिव बनाईयो।छाङशा र आनयानको मज्दुरको नेतृत्वको अभिभारा उनैलाई सौँपियो।सन१९२३को जुन मैनामा उन्ले चीनीया कम्युनिष्ट पार्टीको राष्ट्रीय महाधिबेसनमा भाग लिए जस्ले सबै जनवादी बर्गहरुलाई समाबेस गरि साम्राज्यावाद र सामन्तवाद बिरोधी राष्ट्र्रीय शयुँक्त मोर्चाको निर्माण गर्ने उदेश्यले।
त्यो बेला डा.शनयात सेनले नेतृत्व गरेको कोमिङ्ताङ सँग आपसि सहयोग गर्ने नीति तय गय्रो।महाधिबेशनले कम्युनिष्ट पार्टिका सबै सदस्यहरुले ब्याक्तिगत हैशियत बाट कोमिङताङमा सामिल हुँनुप्रने कुराको पनि निर्णय गय्रो।महाधिबेशन बाट केन्द्रिय सदस्यमा निर्वाचित भयपछि क.माओले केन्द्रिए नृतित्वको तहमा कार्यागर्न थाले।कोमिङ्ताङ्ग कम्युनिष्ट सहयोगको थालनि पछि क्रमसः१९२४-जनवरी र १९२६को जनवरीमा आयोजित कोमिङ्ताङ को पहिलो र दोस्रो राष्ट्रीय महाधिबेसनमा उनि त्यँहको केन्द्रिए कार्याकारी समितिको बैकल्पिक सदस्यमा निर्वाचित भए।
उन्ले क्वाङचाओमा क्वामिङ्ताङ्गको केन्द्रिय प्रचार बिभागको कार्याकारी प्रमुखको रुपमा काम गरे।राजनैतिक साप्ताहिकको सम्पादन गर्दै किसान आन्दोलनको सँस्थानको छैठौ कक्षालाई निर्देशित गरे।सन१९२६को नोभेम्वरमा उन्लाई किसान आन्दोलनको आयोगको सचिबमा नियुक्त गरियो।सन१९२५हिउँदमा र१९२७को बस्न्तको बिचमा प्रकासित उनका रचनाहरु चीनीया समाजका बर्गहरुको बिष्लेषण र हुँनान किसान आन्दोलनको जाँच बुझको रिपोर्टले चीनीया क्रान्ति सँग सम्बन्धित माओका मुलभुत बिचारहरु अंघि सारेकोछ।
सन१९२७मा च्याङ काई सेक र वाङ चिङ वेई द्वारा नियन्त्रित कोमिङ्ताङको दक्षिण पन्थि डफ्फाले सन यात सेन द्वारा निर्धारित साम्राज्यावाद सामन्तवाद बिरोधी कोमिङ्ताङ कम्युनिष्ट सहयोग प्रती बिस्वासघात गय्रो। अनेक पटक प्रति क्रान्तिकारी सैनिक बिप्लवको शडयन्त्र गय्रो।जस्को परिणाम स्वरुप कोमिङ्ताङ-कम्युनिष्ट सहयोग पूर्ण रुपले भङ्ग भयो।सन१९२८को अप्रेलमा चुतेका बिद्रोही फौजहरु सँग मिलेर उन्ले मज्दुर किसान क्रान्तिकारी सेनाको चौथो डफ्फाको निर्माण गरे।पछि गयर यो सेनाको नाम “चीनीया मज्दुर किसान लाल सेना”राखियो।यसरी सेनालाई आपसमा मिलाउँदा पार्टिको प्रतिनिधि र मोर्चा समितिको सचिब थिए।चुते सैनिक कमाण्डर भए।१९२९को जनवरीमा माओ र चुते ले चौथो लाल सेनाको मुख्य भागलाई चिङकाङ पहाड महत्वपुर्ण मोड थियो।पहाडहरु नदिनाला हरुले भरिपुर्ण भयको२५००लि को पैदल यात्रा गरेर अजंगरको खतरा ब्यहोरेर पार्टी केन्द्रिय समीति र पहिलो मोर्चा लाल सेनाले बैरिको घेरा तथा अबरोध अभियानलाई आखिरमा ध्वस्त पाय्रो।१९३५को अक्टुबरमा तिन्ले उत्तरी शांसातिरको बाटो लिए जापानीहरुले चीन बिरोधी अतिक्रमणमा तृवता ल्याएकोथियो।जस्ले गर्दा देश संकटमा फसेको थियो।सन१९४०मा उन्ले नौलो जनवादको रुपरेखा को बारेमा बिस्रित ब्याख्या गरेकाछन।माओको नेतृत्वमा चीनको सामन्तवाद र जापानी साम्राज्यावाद समेतलाई खदेडेर नयाँजनवादी क्रान्ति सम्पन्न पारे।सन १९६६मा घरेलु तथा अन्तरराष्ट्रिय परिस्थितिको बिरुद्धमा साँस्कृतिक क्रान्ति सुरु गरे।जो माओको निधन९तारिख १९७६को सेप्टेमबर सम्म रहयो।यसरी माओले चीनलाई आजाद गर्न र दुनियाभरीका जनतालाई मुक्तिको बाटो देखाउँन पुरा जिवन लगाएकाछन।आज का माओको त्यो योगदानलाई अगाल्न सके उनि प्रति सच्चा श्रद्धञ्जली हुँनेछ।एउटा सियो समेत बलजफ्ति लिन हुँदैन भन्ने माओको अनुयायि भनौदाले जनताको रगत समेत चुसेकाछन।उहिले उनको निधन पछि चीनमा प्रतिक्रान्ति भयो।तर चीनमा माको योगदानले ठुलो बिकास गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार