मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • अनुमति बिना बाहुली खोला नजिकै क्रसर उद्योग

अनुमति बिना बाहुली खोला नजिकै क्रसर उद्योग

सरकारको संरक्षणमा गैर कानुनी रुपमा क्रसर उद्योग

  • शनिबार, मंसिर ६, २०७७
अनुमति बिना बाहुली खोला नजिकै क्रसर उद्योग

मार्तडि--बडिमालिका नगरपालिका ८ बाहुलि खोलामा अनुमति बिना क्रसर उद्योग सञ्चालन गरेको छ । क्रसर उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने र वाताबरणिय प्रभाब मुल्याकंन अध्ययन गर्नुपर्ने भएपनि कुनै प्रक्रिया पुरा नगरि उद्योग सञ्चालनमा रहेको पाईएको छ ।
मार्तडी कोल्टि सडक खण्डको ९ किलोमिटर कालोपत्रे जिम्मा पाएको धुलिखेल गाल्भा सेभन सेक्टर जेभिले खोलाको किनारमै क्रसर उद्योग स्थापना गरेर सञ्चालनमा ल्याएको हो । सदरमुकाम मार्तडी नजिकै १ बर्ष देखी बाहुली खोलमा क्रसर उद्योग सञ्चालनमा ल्याएको भएपनि बडिमालिका नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासनले नदेखे जस्तो गरेको स्थानियको आरोप रहेको छ ।
क्रसर उद्योग सञ्चालनका लागि बडिमालिका नगरपालिका, जिल्ला समन्वय समिति, खरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रशासन कार्यलयमा कुनै अनुमति नलिएको पाईएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे भन्छन्, अनुमति लिनुपर्छ, वाताबरणिय प्रभाब मुल्याकंन हुनुपर्छ, अर्को नदि तथा पुल भन्दा ५ सय मिटर टाढा हुनुपर्ने वताए । तर त्यहाँ सञ्चालन भएको क्रसर उद्योगले अनुमति तथा कुनै पनि प्रक्रियामा नगएको वताएका छन् । नदि र पुलको नजिकै रहेको गैह्रेले वताए ।
बडिमालिका नगरपालिका ८ का वडाअध्यक्ष प्रकाश रावलले भने क्रसर उद्योग आफ्नो वडामा सञ्चलनमा रहेको अनुमति लिएनलिएको कुनै जानकारी नभएको वताए । बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले भने नगरपालिकामा निबेदन आएको त सुनिन आएको हो, तर आफुलाई कुनै जानकारी नभएको वताए । उल्टै आयोजना कार्यलयले अनुमतिका लागि पत्रचार गरेको बडुवालले वताए । त्यसरी कार्यलयले पत्रचार गर्न नपाउने रहेको छ ।
जिल्लामा क्रसर उद्योग सञ्चालन गर्दा स्थानिय सरकारको अनुमति र जिल्ला घरेलु उद्योग कार्यलयमा दर्ता हुनुपर्ने हो । खोल्न उपयुक्त छ या छैन भनेर अध्ययन गर्नु पर्ने भएपनि दर्ता विना नै सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यलयका बाजुराले जनाएको छ ।
दैनिक रुपमा ढुङ्गा, गिटि, वालुवा निकाशिले भुक्षयको चिन्तामा स्थानिय बासि रहेका छन् । एकातिर बाहुली खोला बाट ढुङ्गा, गिट्टि, वालुवा निकाशि भइरहेको अर्को तिर खोला नजिकै क्रसर उद्योग सञ्चालनले बाहुली नजिक रहेको बस्ति र जग्गा उच्च जोखिममा रहेको छ । स्थानिय सरकार, प्रशासनको नजर पुग्ने ठाँउमा गैर कानुनी रुपमा क्रसर उद्योग सञ्चालन गरेको भएपनि नदेखे जस्तो गरेर उल्टै संरक्षण गरे जस्तो गरेको पाईएको छ ।
धुलिखेल गाल्भा सेभन सेक्टर जेभि कम्पनीका प्रतिनिधि दिप्रेन्द्र शाहिले भने अनुमति लिन बाँकि रहेको स्वीकार गरेको छ । नगरपालिकामा निबेदन दिएको छ, चाडै प्रक्रियामा जाने वताएको भएपनि दर्ता नगरि स्थापना गर्न नपाउने कानुनी प्राबधान रहेको छ । उद्योग सञ्चालनका लागि अनुमति दिदा पनि वातावरणको कानुन बमोजिम बाताबरणिय प्रभाब मुल्याकंन गरेको हुनुपर्ने लगायतका कानुनी प्राबधान रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार