बुधबार, असार १०, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • जगन्नाथ गाउँपालिकाद्वारा ३८ करोड ६३ लाखभन्दा बढीको बजेट पारित

जगन्नाथ गाउँपालिकाद्वारा ३८ करोड ६३ लाखभन्दा बढीको बजेट पारित

  • बुधबार, असार १०, २०८३
सेयर गर्नुहोस् :
जगन्नाथ गाउँपालिकाद्वारा ३८ करोड ६३ लाखभन्दा बढीको बजेट पारित

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभाको १८ औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु. ३८,६३,०१,००० (अठ्ठिस करोड त्रेसठ्ठी लाख एक हजार मात्र) को वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा विकास र प्रशासनिक खर्चलाई सन्तुलित बनाउने प्रयास गर्दै चालु र पूँजीगत खर्चको सीमा निर्धारण गरेको छ।

पारित बजेटमध्ये चालुतर्फ रु. २३,६८,१०,५०० (तेइस करोड अठसठ्ठी लाख दश हजार पाँच सय) र पूँजीगततर्फ रु. १४,९४,९०,५०० (चौध करोड चौरानब्बे लाख नब्बे हजार पाँच सय) विनियोजन गरिएको छ। बजेटको मुख्य क्षेत्रगत विभाजन:गाउँपालिकाले विकासका विभिन्न आयामसँगै प्रशासनिक क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको छ ।

क्र.सं.बजेट विनियोजन गरिएको क्षेत्रविनियोजित रकम (रु.)
१.कार्यालय सञ्चालन तथा प्रशासन१७,४७,१०,५०० (सत्र करोड सैँतालीस लाख दश हजार पाँच सय)
२.सामाजिक विकास११,१२,६८,००० (एघार करोड बाह्र लाख अठसठ्ठी हजार)
३.आर्थिक विकास४,९०,००,००० (चार करोड नब्बे लाख)
४.पूर्वाधार विकास४,१८,३२,५०० (चार करोड अठार लाख बत्तिस हजार पाँच सय)
५.सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र९५,००,००० (पन्चानब्बे लाख)
कुल जम्मा बजेट३८,६३,०१,००० (अठ्ठिस करोड त्रेसठ्ठी लाख एक हजार)

गाउँपालिकाको आन्तरिक र सरकारी बजेटबाहेक जगन्नाथ गाउँपालिकामा क्रियाशील रहेका विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू  मार्फत आगामी वर्ष थप रु. ४,८५,०१,३२४ (चार करोड पचासी लाख एक हजार तीन सय चौबीस रुपैयाँ) बराबरको बजेट परिचालन हुने भएको छ। यसले गर्दा गाउँपालिकाको विकास र सामाजिक रूपान्तरणका कार्यक्रमहरूमा थप मद्दत पुग्ने विश्वास गरिएको छ।

गाउँपालिकाले यसपटक सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको देखिन्छ। शिक्षा, स्वास्थ्य र चेतना अभिवृद्धिका लागि सामाजिक विकासतर्फ ११ करोड १२ लाखभन्दा बढी विनियोजन गरिएको छ भने दुर्गम बस्तीहरूलाई सडक तथा भौतिक पूर्वाधारसँग जोड्न पूर्वाधार विकासतर्फ ४ करोड १८ लाखभन्दा बढी रकम छुट्याइएको छ। गाउँसभाबाट पारित यो बजेटले स्थानीय नागरिकको आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाको समृद्धिमा टेवा पुर्‍याउने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार