बुधबार, असार १०, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बुढीगंगा नगरपालिकाद्वारा ५६ करोड ५७ लाखभन्दा बढीको बजेट सार्वजनिक

बुढीगंगा नगरपालिकाद्वारा ५६ करोड ५७ लाखभन्दा बढीको बजेट सार्वजनिक

  • बुधबार, असार १०, २०८३
सेयर गर्नुहोस् :
बुढीगंगा नगरपालिकाद्वारा  ५६ करोड ५७ लाखभन्दा बढीको बजेट सार्वजनिक

बाजुरा– बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५६ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट विवरण सार्वजनिक गरेको छ। नगरपालिकाले चालु र पुँजीगत खर्चलाई सन्तुलनमा राख्दै विभिन्न दातृ निकाय, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान एवं आन्तरिक स्रोतलाई समेटेर बजेट सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार नगरपालिकाको कुल आम्दानी र खर्चको विवरण बराबर रु. ५६,५७,१४,००० रहेको छ।

नगरपालिकाको बजेटको ठूलो हिस्सा सङ्घीय (नेपाल सरकार) र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानहरूले ओगटेको छ । समानीकरण अनुदानतर्फ नगरपालिकालाई सबैभन्दा ठूलो रकम समानीकरण अनुदान अन्तर्गत प्राप्त भएको छ। जसमा नेपाल सरकारबाट ११ करोड ३८ लाख र प्रदेश सरकारबाट १ करोड ११ लाख गरी कुल १२ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

सशर्त अनुदानतर्फ  नेपाल सरकारबाट २२ करोड २१ लाख ३० हजार र प्रदेश सरकारबाट ३ करोड ७५ लाख गरी जम्मा २५ करोड ९६ लाख ३० हजार रुपैयाँ प्राप्त हुने अनुमान  सहित बजेट प्रस्तुत भएकाे बुढीग‌गा नगरपालिकाका उप प्रमुख माया कुवर खड्काले बताएकी छन । त्यसै गरी   राजस्व बाँडफाँट तर्फ नेपाल सरकारबाट ८ करोड ४३ लाख र प्रदेश सरकारबाट ७३ लाख ८० हजार गरी कुल ९ करोड १६ लाख ८० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको उनले बताएकी छन ।

 समपूरक अनुदान तर्फ नेपाल सरकारको ३१ लाख ५० हजार र प्रदेश सरकारको १४ लाख ५६ हजार गरी कुल ४६ लाख ६ हजार रुपैयाँ बजेट रहेको छ। विशेष अनुदान शीर्षकमा नेपाल सरकारबाट १ करोड ८० लाख र प्रदेश सरकारबाट ७६ लाख ५० हजार गरी जम्मा २ करोड ५६ लाख ५० हजार रुपैयाँ छुट्ट्याइएको नगरपालिकाले जनाएकाे छ ।

नगरपालिकाले आन्तरिक स्रोत परिचालनलाई पनि प्राथमिकतामा राखेको देखिन्छ। विवरण अनुसार आगामी आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक स्रोतबाट १ करोड ७६ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ। यसैगरी, राजस्व बाँडफाँट र समानीकरणमा  थप २ करोड ३४ लाख ७८ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको नगरपालिकाकाे आज सार्वजनिक गरेकाे बजेटमा उल्लेख  छ ।  नगरपालिकाले प्रस्तुत बजेटलाई स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र प्रशासनिक सुदृढीकरण गर्ने योजना बनाएको जनाएको छ। बजेट कार्यान्वयन सन्तुलित र पारदर्शी ढंगले अघि बढाइने बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार