बिहिबार, असार ११, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक

  • बिहिबार, असार ११, २०८३
सेयर गर्नुहोस् :
बाजुराका सबै स्थानीय तहको  बजेट सार्वजनिक

बाजुरा— बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका  छन्। बाजुराका स्थानिय तहले  शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा  जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन्।

जिल्लाकाे पहिलाे नगरपालिकाकाे रुपमा रहेकाे बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले  आव  २०८३÷८४ का लागि रु ५१ करोड ६९ लाख १९ हजारको  बजेट सभामा प्रस्तुत गरेकी छन्। त्यस्तै  बुढीगङ्गा नगरपालिकाकी उपप्रमुख माया खड्का (कुँवर) ले आव २०८३÷८४ का लागि रु ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा पेस गरे।

त्रिवेणी नगरपालिकाले रु ५४ करोड ९५ लाख ७२ हजारको बजेट सभामा प्रस्तुत गरे। सभामा नगर उपप्रमुख कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ रु ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ रु १९ करोड ७७ लाख २८ हजार बजेट  प्रस्तुत गरेकी हुन्।

बुढीनन्दा नगरपालिकाले पनि रु ५७ करोड छ लाख ९६ हजार बजेट सभामा प्रस्तुत गरेका छन्। नगर उपप्रमुख रामबहादुर बोहराले  चालुतर्फ रु ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ रु १९ करोड, आठ लाख ४८ हजार विनियोजन गरेका हुन्।  हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले आव २०८३/८४ का लागि रु ४३ करोड ६८ लाख ३९ हजार बजेट पेस गरीन् ।  उनले पुँजीगततर्फ रु १८ करोड एक हजार र चालुतर्फ रु २५ करोड ६८ लाख २१ हजार  प्रस्तुत गरेका हुन्।

स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले रु ४४ करोड १६ लाख दुई हजार बजेट गाउँसभामा प्रस्तुत गरेकी छन्।  जगन्नाथ गाउँपालिका उपाअध्यक्ष मरुकला बिष्टले रु ३८ करोड ६३ लाखको बजेट प्रस्तुत गरेकी छन्।  गाउँपालिकाले  चालुतर्फ रु २३ करोड ६८ लाख १० हजार ५०० र पुँजीगततर्फ रु १४ करोड ९४ लाख ९० हजार ५००  विनियोजन गरेको छ।

खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथले आव २०८३-८४ का लागि सभामा रु  ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेकी छन्। गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले  आव २०८३÷८४ का लागि रु  ४० करोड ३१ लाख २९ हजार बजेट गाउँसभामा प्रस्तुत गरे।
थापाले गाउँसभामा चालुतर्फ रु २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ रु ११ करोड ७१ लाख दुई हजारको  बजेट पेस गरेकी हुन्।  सभामा प्रस्तुत गरिएका सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ।

चर्चामा

सम्बन्धित समाचार