शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाल बिबाहले महिलाको स्वास्थयमा असर

बाल बिबाहले महिलाको स्वास्थयमा असर

  • सोमवार, कार्तिक ३, २०७७
बाल बिबाहले महिलाको स्वास्थयमा असर

लक्ष्मीराज पाध्याय — जिल्लाको सम्रग रुपमा बाल बिबाह निकै बढिरहेको छ । बाजुरामा कम उमेरमा बिहे गर्ने र कम उमेरमै बच्चा जन्माउनाले महिलाको स्वास्थ्यमा समेत निकै असर पारको छ । बालविवाहको भयावह अवस्था रहेको बाजुरामा कलिलो उमेरका गर्भवती उच्च जोखिम बेहोर्दै छन् । २० वर्ष नपुगेका गर्भवती सुत्केरी हुने बेला अप्ठेरो भएर मृत्युको मुखमा पुग्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
धेरै बच्चा जन्माउने र बाल बिबाह गरी सानै उमेरमा बच्चा जन्माउदा धेरै महिलाले मृत्युको मुखमा पुग्नु परेको स्वास्थ्यकर्मी तथा बडिमालिका नगरपालिका स्वास्थ्या साखा प्रमुख टेक बहादुर खड्काले बताए । केही दिन पहिला मात्र बुढिनन्दा नगरपालिका ४ की २३ बर्षिय अम्बकला रोकायाको बच्चा जन्माएको १ घण्टामै मृत्यु भएको थियो । २०७६ सालमा बाजुरामा ५ जना सुत्केरीको मृत्यु भएको थियो । सानै उमेरमा बिहे र धेरै बच्चा जन्माउने कारण मृत्यु मुख्य कारण बनेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तको भनाई रहेको छ ।
०६८ को जनगणना अनुसार बाजुराका २४ हजार ९ सय १९ महिलाले २० वर्ष नपुगी विवाह गरेको तथ्याङक रहेको छ । ति मध्ये पनि ४ हजारको विवाह १५ वर्ष नपुग्दै भएको उल्लेख तथ्याङकले जनाएको छ । स्वास्थ्य कार्यलय बाजुराका अनुसार आर्थिक बर्ष ०७४।०७५ मा २० बर्ष नपुग्दै ५ सय ९२ जना गर्भवती भएको तथ्याङ्क रहेको छ । त्यस्तै आर्थिक बर्ष ०७५।०७६ मा ४ सय ८६ र आर्थिक बर्ष ०७६।०७७ मा ४ सय ५१ जना २० बर्ष नपुग्दै गर्भवती भएको स्वास्थ्य कार्यलय बाजुराका तथ्याङ्क प्रमुख रुगम थापाले वताएका छन् ।
यो त स्वास्थ्य चौकीमा आएको तथ्याङ्क हो अझै २० बर्ष कम उमेरमै बच्चा जन्माउने संख्या बढि हुन सक्ने थापाले वताएका छन् । तथ्याङ्कमा हेर्ने हो भनेपनि बाजुरामा धेरैले २० बर्ष नपुग्दै दुई तिन बच्चा जन्माईसकेको घटनाहरु गाउँमा धेरै भेटिने गरेका छन । बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले भने चाडै बिहे गर्ने बच्चा जन्माउने प्रचलन नौलो नभएको वताएका छन् । यसरी सानै उमेरमा बिबाह गर्दा महिला र बच्चाको स्वास्थ्य राम्रो नहुने भनेर बिभिन्न सरकारी तथा गैरसरकारी सस्था र यु्एन जस्ता संस्थाहरुले धेरै कार्यक्रम गरेर जनचेतना दिएको भए पनी गाउँमा भने कुनै परिवर्तन हुन नसकेको उनले बताएका छन ।
गत बर्ष बुढिगंगा नगरपनलिमन वडा नं १० की रमिला रावत प्रसूति व्यथाले च्यापेपछि गाँउलेले गाउँकै स्वास्थ्य उप-केन्द्र र्पुयाए । त्यहाँकी अनमीले सुत्केरी गराउन नसक्ने बताउँदै तत्काल सुविधायुक्त अस्पताल लैजान भनिन् । गाउँ नजिकैबाट यातायात सुविधा भएकाले २० वर्ष उमेर नपुगेकी रमिला रातारात अछामको बयलपाटा अस्पताल र्पुयाइयो । बयलपाटा अस्पतालका चिकित्सकले जोखिम मोले । बल्लबल्ल रमिला ज्यान जोगियो । कलिलो उमेरमा गर्भवती भएर सुत्केरीका बेला जोखिम बेहोर्नुपरेको सरस्वती मात्रले होइन । गाउँमा धेरै महिलाले यस्तै समस्या भोग्दै आएको स्वास्थ्यकर्मीहरुले बताउदै आएका छन । अशिक्षा र ब्यरोजगार हुदा घरपरिवार बनाउनकै लागी र घरको कामका लागि भनेर सानै उमेरमा बिबाह गर्ने गरेको एक स्थानीयले बताए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने एसएलसी दिए परिक्षामा पास हुन सकेन गाउँमा के गर्ने भन्दा गाउँका सबैले बिबाह गर भनेर चौतर्फी भन्दै गए अनी मैले १८ बर्षमै बिबाह गरेको र श्रीमतीको उमेर १७ बर्ष थियो आफु १९ बर्ष पुग्दै छोरा जन्मीयो उनले भने । उनी अहिले २६ बर्षका भए उनका ४ छोराछोरी छन । उनेले भने अब आफु पनी ब्यरोजगार छोराछोरी जन्मीदै गए कसरी पढाउने कसरी पाल्ने दुख छन उनलले भने ।
बाजुराका ग्रामीण क्षेत्रमा धेरैजसो १६ बर्ष देखी १८ बर्ष नपुग्दै बिबाह गर्ने र २० वर्ष उमेर नपुग्दै गर्भवती भई बच्चा जन्माउनाले जोखिम मोल्नुपरेको छ । कम उमेरमा बच्चा जन्माउने धेरै बच्चा जन्माउदा महिलाले स्वास्थ्य जोखिम मोल्दै आएका छन् । आमा र बच्चा कुपोषणको चपेटामा पर्ने गरेका छन् ।
एक गाउँमा तीन महिना भित्रै १० बाल विवाह
बालविवाह नियन्त्रण गर्न कानुन बनेको छ, सजायको व्यवस्था पनि छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ । तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ । तर पनि समाजलाई त्यसको चिन्ता भने पटक्कै देखीदैन
बालविवाह न्युनिकरणका लागि जिल्लामा सरकारी तथा गैर सरकारी संस्थाले वर्षेनी लाखौं रकम खर्च गरेपनि अझै बालविवाह नियन्त्रण हुन नसकेको नागरिक समाजका अगुवा जनेश भण्डारीले बताए ।
पछिल्लो समय ग्रामीण क्षेत्रमा बालविवाह गर्नेको संख्यामा वृद्धि भएको छ । बुढिगंगा नगरपालिका १० बदेडाको एकै टोलमा गत बर्षको मंसिर महिना देखि माघसम्म १० जना बालबालिकाले विवाह गरेको जिल्ला बाल अधिकार मंचका सचिव पारस रावलले बताएका छन ।
बाल विवाह गर्नेमा सबै भगवती माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थी भएको विद्यालयका प्रधानाध्यापक पूणर्बहादुर शाहीले बताए । पछिल्लो समयमा प्रविधिको दुरुपयोगले पनि बालविवाह हुने गरेको उनले जिकिर गरका छन ।
फेशबुक ट्वीटजस्ता सामाजिक संजालको दुरुपयोगले बालविवाह हुने गरेको बाल अधिकार कर्मीहरु बताउँछन् । सामाजिक संजालको सहिरुपमा सदुपयोग नगर्दा बालविवाह विकराल बन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा आउने मुद्धाहरुमा उल्लेख गरिएको छ ।
बालबालिका बीच एकले विवाह गरेपछि अरुले उसैको लहैलहैमा लागेर विवाह गर्ने गरेको स्थानीय नेकपा बुढिगंगा कमीटीका संयोजक नरेन्द्र थापाले बताएका छन । अभिभावकाले समयमै बालबालिका आफ्नो निरागरानीमा राख्न नसक्दा बालविवाह विकराल बन्दै गएको र राजनीति गर्ने हामीले पनी त्यो बिषयमा बुझाउन नसकेको नेकपा बुढिगंगा कमीटीका संयोजक थापाको भनाई रहेको छ ।
तीन महिनामा दशवटा बालविवाह भएको र रोक्नका लागि बुढिगंगा नगरपालिका १० नम्बरका वडा अध्यक्षलाई जानकारी गराउँदा वडाअध्यक्ष धर्मराज जोशीले अभिभावकले केही भन्दैनन् आफूले रोक्न खोज्दा जनता भडकिने बताए । उनले कुनै अभिभावकबाट अहिलेसम्म उजुरी नआएको बताए ।’
जिल्लामा धेरै गैर सरकारी संस्था छन्। यता स्थानीय तहले समेत वार्षिक १० प्रतिशत बजेट बालबालिकाका लागि छुट्याइएको अवस्था छ । बालमैत्री विद्यालय, बाल क्लब गठन र बालविवाहको क्षेत्रमा खर्च गर्न बजेट विनियोजन भइसकेको बुढीगंगा नगरपाकिलाका नगरप्रमुख दिपक बिक्रम शाहले बताए ।
नेपालको कानुन अनुसार २० वर्ष मुनिका बालबालिकाले विवाह गर्न पाउने प्रावधान छैन । धार्मिक मूल्य र मान्यताअनुसार अभिभावकमा कम उमेरमा छोरीको विवाह गर्दा पुण्र्य हुन्छ भन्ने सामाजिक प्रचलनका कारण बालविवाह हुने गरेको देखीन्छ ।
जबसम्म समाजमा यस्ता कूरीति र कुसंस्कार यथावत रहन्छ तबसम्म बालविवाह न्युनिरकण गर्न सबैभन्दा पहिला अभिभावकमा जनचेतना फैलाउनु आवश्यक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार