शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कोरोना संगै प्राकृतीक र आर्थिक आत्मनिर्भरताको बाटो

कोरोना संगै प्राकृतीक र आर्थिक आत्मनिर्भरताको बाटो

  • बुधबार, जेष्ठ १४, २०७७
कोरोना संगै प्राकृतीक र आर्थिक आत्मनिर्भरताको बाटो

National geographic ले अप्रील 2020 मा एउटा लेख प्रकशित गर्यो जस्मा लेखिएको छ, ” ब्रमाण्डमा जति ताराहरु छ्न त्यो भन्दा अझै बढी भाइरस छन” यो सुन्नमा जति चाखलाग्दो वाक्य छ त्यति सजिलो बुज्नमा छ, किनकी जसरी हामी सबै तारा गन्न ,चिन्न सक्दैनौ र बुज्न चाहदैनौ त्यसरी नै जमिनमुनिको पानीदेखी लिएर अन्तरिक्षमा भएका भाइरस बारे बुज्न चाहदैनौ यतिका भाइरस के सबै मानव जातिको लागि घातक छन? यो प्रश्नको एउटै उत्तर हुन्छ छैनन, किनकी थोरैले मात्र मानविय शरिरमा गम्भित आक्रमण गर्न सक्छन।

यो भनाइले के पुष्टि गर्छ भने सबै भाइरस हानिकारक छैनन तर कुन हानिकारक कुन फाइदाजनक यो कुरा छोटो अवधिका, एकै चोटिमा अध्ययन गर्न नसकिने हुन्छ किन भने जति भाइरसको यो ब्रह्माण्डमा अस्तित्व छ ती सबैलाइ देख्नु, चिन्नु र अध्य्यन गर्नु आकासका तारा गन्नुभन्दा पनि जटिल छ। फलस्वरुप हामिले बेला बेलामा यस्ता भाइरसको सामना गर्नुपर्छ जो पहिला नदेखिएका नबुझिएका र नजानिएका हुन सक्छन, जस्ले गर्दा छोटो समयमै त्यस्ता भाइरसले आफ्नो क्षेत्र बिस्तार गर्छ्न र प्राकृतिक र मानविय जिवनमा ठूलो नकारात्मक असर पैदा गरिदिन्छन।

ती र त्यस्तै नजानिएका, नचिनिएका र नबुझिएका मध्यको एउटा भाइरस हो कोरोना भाइरस जस्ले मानिसमा कोभिड-19 को संक्रमण गराउछ र फोक्सोमा आक्रमण गरि ज्यान पनि लिन सक्छ। विश्व स्वास्थ्य संगठनले यो पनि भनेको छकी कोरोना भाइरस यश अघिका SARS-COV-2 को बिकसित स्वरुप हो।
अहिले पूरा विश्व एक भएर कोरोना बिरुद्द लडिरहदा धेरैको चिन्ता मानव अस्तित्वमाथी नै पो संकट आइपर्छ कि भन्नेमा पनि छ। बिस्वका बिकसित देखि बिकासोन्मुख देशहरु आर्थिक मन्दी देखि भोकमरि समस्याको दिशातिर उन्मुख छ्न। जस्ले गर्दा मानिसले रोजगारी गुमाउने, मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने, आत्महत्या बढ्ने, सामाजिक हिंसा बढ्ने जस्ता कठिन समस्याको सामना अबको बिश्वले गर्नुपर्ने देखिन्छ। यसो हुदा मानव अधिकार अनि राज्य र प्रकृतिप्रतिको नगारिक कर्तव्यको क्षेत्रमा फड्को मार्दै गरेको नव बिश्वलाइ नराम्ररी धक्का पुगेको छ र विश्व मानव सभ्यता केही बर्ष पछाडी धकेलिन सक्ने आँकलन गर्न थालिएको छ।

विश्व आक्रान्त यश समस्याबाट नेपाल पनि अछुतो रहन सक्ने स्थिती छैन। प्रकृतिले भरिपुर्ण भनिने नेपालमा सबै कुरा अस्तब्यस्तताको स्थितिबाट थप्प भएका छ। यस्ले उकासिदै गरेको अर्थतन्त्रमा दुर्गामी असर पर्ने प्राय निश्चित नै छ। उसै पनि स्रोत अनि साधनको उचित प्रयोग नभैरहेको अवस्थामा कोरोनाको महामरिले इट्टा थपिएको महसुस हरेक ब्यक्तिले गर्न सक्छ। बिदेशबाट आउने रेमिटेन्सले धानेको अर्थतन्त्र तहसनहस हुन सक्ने स्थिती आउदै छ। कसरी समस्या आउन सक्छ एउटा सानो प्रतिनिधि उदाहरण पेश गरौ:-  नेपालको एउटा पहाडी जिल्ला अछाम जहाँका उत्पादक जनशक्ति भनिने उमेर समुहका आधा भन्दा बढी जनसंख्या भारत तथा खाडिमा आफ्नो श्रम बेचेर परिवार पाल्छन। मानौ उनिहरुको मासिक औसत आम्दानी २२,०००/- नेपाली छ जस मध्य ७,०००/- आफ्नो खर्च छुट्टाएर १५,०००/- परिवार पाल्नलाइ घर खर्च पठाउछन जस्ले उनिहरुको स्वदेश र बिदेशको खर्च धानिरहेको छ र परिवार बाचिरहेको छ। तर बिडम्बना कोरोनाको डरले ती सबै आफ्ना सपना भुलेर श्रम गन्तव्य छोडी स्वदेश फर्किदै छन। यसरी फर्किदा उठ्बस चलिरहेको परिवार पाल्न साच्चै गाउमै बसेर सजिलो होला त? पक्कै पनि सजिलो हुनेवाला हुने छैन।

यसरी यदि सामन्य ग्रामीण क्षेत्रको एउटा वडामा यो अवधिमा २५० जना मात्र फर्के भने पनि त्यो वडाले मासिक रेमिटेन्स मार्फतको ३७,५०,०००/-(सैतिस लाख पचास हजार) आम्दानी गुमाउछ। यो बार्षिक रुपमा हिसाब गर्दा ४,५०,००,०००/-(चार करोड पचास लाख) हुन आउँछ। अब आफै बिचार गरौ, बार्षिक करिब ८-१० करोड बजेट हुने वडाले आफ्ना नियमित काम धान्ननै धौ धौ परिरहेको अवस्थामा कसरी ती कोरोन रिटर्न्स बेरोजगार युवाका समस्या समाधान गर्छ? अनि हामी कुरा गर्छौ स्वदेशमै रोजगारि दिन्छौ भनेर, निशुल्क सेवा त कसैले गर्दैनन होला, त्यसैले यश कुरामा सबैको ध्यान जान जरुरी छ। अनि जो युवा त्यसरी बेरोजगार हुनुभएका छ सरकारकै भरमा परेर केही हुदैन आफै पनि केही उत्पादनमुलक काममा लाग्न सकिन्छ जस्ले गर्दा स्वरोजगारी सिर्जना गर्छ र सरकारी निर्भतामा कमि ल्याइ यस्ता समस्याबाट उम्किन सकिन्छ।
के गर्ने त उत्पादनमुलक काम? त्यस्को एउटै उपाय हो बिदेशमा सिकेको सिपको सहि सदुप्योग र ब्यसायमुलक कृषि! तपाइले बिदेशमा गाडी चलाउनु हुन्थ्यो भने अरु युवालाइ गाडी चलाउन सिकाउनुस, hotel मा काम गर्नुहुन्थ्यो भने खाजा पसल संचालन गर्नुहोस, निर्माण ब्यसायमा हुनुहुन्थ्यो भने बिधालय,स्वास्थ चौकी र सडक निर्माण लगायतका बिकास निर्माणका काम संग जोडिएर बिदेशको सीप त्यहा सदुपयोग गर्नुहोस, र कृषि कार्यमा लाग्नुहोस जस्तै सानो छदा बाझै छोडेर गएका ती बाझा जमिनमा फेरि एकपटक मास, गरम दाल, छर्नुहोस, एक सरो खन्दा हुने ती पाखामा गत प्रजातिको दाल खेती गर्नुहोस, लगानी बढी कम उत्पादन भैरहेका खेत गर्हामा नगदे बाली लगाउनुहोस, अर्गानिक खानाको प्रचुर सम्भावना भएको हुदा अर्गानिक च्याउ उत्पादन गर्नुहोस, अर्गानिक कुखुरा पालन गर्नुहोस, गाई भैंसी पालेर दूध उत्पादन गर्न लाज नमान्नुहोस यसो गर्दा रोजगारी गुमाएको पीडा बिर्सेर आफ्नै गाउमा आफ्नै परिवार संग बसेर खुसी भै जीवन जिउन सकिन्छ। अब यो भनेजस्तो सजिलो छैन सोच्नुभयो होला, त्यस्का लागि सम्बन्धित वडाले वडाभित्रका किसानलाई उच्छ स्तरिय बीउ बिजन बितरण गरौ किसानले उत्पादन गरेका चिजहरु किनेर आफ्नै सकृयताका बजार सम्म लगेर बेच्ने ब्यवस्था गर्यो भने कति राम्रो होला, यसरी ब्यक्ती परिवार देखि वडा नगर हुँदै रास्ट्रको बिकास गर्न सकिन्छ। यहि मौलिक प्रकृतिमा यति गर्न त सम्भब छनी होइन र?यसरी प्रकृतिको छहारिमा खुसिसंगै जीवन जिउन सकिन्छ।
भनिन्छ नि समस्या जब बिश्वब्यापि हुन्छ,मानव मस्तिष्कभन्दा पर पुग्छ तब त्यस्ता समस्याको सामना प्रकृतिले मात्र गर्न सक्छ, तर यसो भनिरहदा के यी र यस्तै समस्यासंग्ग डटेर लड्न सक्ने प्रकृतिलाइ हामिले महत्व दिएका छौ? बैज्ञानिकहरुको एउटै स्वर क छ भने विश्व बचाउने हो भने प्रकृति बचाउन जरुरी छ, प्रकृति नै हरेको कुराको सुरु अनि अन्तिम समाधानको बाटो देखाइदिने अस्त्र हो। प्रकृति जोगाउनु मानव अस्तित्व र सम्पुर्ण प्राणी जगतको हितमा छ। यदि यो प्रकृति रह्यो भने मात्र हामिले माथी उल्लेख गरेका आत्मनिर्भर, बैज्ञानिक स्वरोजगारका कुराहरु पूरा गर्न सक्छौ होइन भने ती कुरा प्रकृतिले आफै नष्ट गरिदिन सक्छ। त्यसैले हरेक कुरामा अपनत्वको भावना जगाइदिने प्रकृति जानौ, बुझौ, प्रकृतिका नियम मानौ।
जय प्रकृति

चर्चामा

सम्बन्धित समाचार