बिहीबार, साउन १, २०७७
  • होमपेज
  • शिक्षा
  • काेराेना महामारी र शिक्षा

काेराेना महामारी र शिक्षा

  • बुधबार, जेष्ठ १४, २०७७
काेराेना महामारी र शिक्षा

सन् 2019 काे अन्तिमतिर चीनकाे बुहान सहरबाट फैलिएको काेराेना भाइरस (काेभिड 19) ले विश्वभरि नै अाक्रान्त पारिरहेको वर्तमान अवस्था भयावहकाे अवस्था हाे । मानिसहरूले बाहिरी कार्यहरु पूर्ण रुपले निषेध गरि घरभित्र बन्दाबन्दीकाे पालना गरिरहेका छन् । यतिबेला मानिसकाे अरुभन्दा नि अाफ्नाे जीवन रक्षा गर्नु प्रमुख काम भएकाे छ । यतिबेला हरेक क्षेत्र प्रभावित भएका छन् । त्यसबाट नेपालजस्ताे अविकसित मुलुक पनि अछुतो रहन सकेकाे छैन ।
नेपालमा पनि २०७६ चैत  ११ गतेदेखि बन्दाबन्दी सुरु भई हालसम्म यसले निरन्तरता पाएकाे छ । यस्ताे विषम अवस्थामा देशका हरेक क्षेत्र प्रभावित भएसँगै शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । SEE काे पूर्व सन्ध्यामा परीक्षा स्थगित हुनु,अन्य परीक्षा पूर्ण रुपले सञ्चालन हुन नसक्नु, परीक्षाफल प्रकाशित हुन नसक्नु, विश्लेषण, अन्तरक्रियाले स्थान नपाउनु ….. अघिल्लो शैक्षिक सत्रका अपूर्ण काम हुन भने नयाँ भर्ना, पा पु खरिद वितरण , कक्षा सञ्चालन , विद्यार्थी स्वागत,भर्ना अभियान, पठनपाठन , शैक्षिक कार्ययोजना …. नयाँ शैक्षिक सत्रका कामहरुले गति लिन सकेकाे अवस्था छैन ।
बन्दाबन्दी अन्त्य हुने निश्चित छैन किनकि नेपालजस्ता दक्षिण एसियाली मुलुकमा यसले तरुण अवस्था हालसालै लिएको कुरा तथ्यांकले बाेध गराउँछ  । यस्ताे विषम परिस्थितिमा सामान्य ढंगले भए पनि विद्यालय सञ्चालन गर्न कठिन रहेकाे छ । विद्यालयहरु क्वारेन्टाइनका रुपमा परिणत भएका छन् । तत्कालै विद्यालय सञ्चालन गर्न खाेज्नु भनेकाे विषम परिस्थितिलाई झन् गाेडमेल गर्नु हाे जस्ताे मलाई लाग्छ ।
यस्तो अवस्थामा शिक्षक विद्यार्थीहरू चुप लागेर बस्ने हाे भने शिक्षाका सक्षमताहरु पूरा हुनेमा शङ्का गर्न सकिन्छ । बालबालिकाहरु अहिले पढाइबाट धेरै टाढा पुगेका छन् किनकि विद्यालयीय शिक्षालाई नै पढाइ मान्ने प्रवृत्ति हाम्रो रहेकाे छ ।  अहिले सबैभन्दा बढी अनलाइन कक्षा (भर्चुअल कलास) काे चर्चा परिचर्चा हुन थालेकाे छ । धेरै विद्वानहरुले अनलाइन कक्षाहरु सञ्चालन गर्नका लागि सुझाव पेश गरेका छन् । नेपाल सरकारले पनि यस प्रवृधिकाे प्रयाेग गरि कक्षा सञ्चालन गर्ने प्रयास थाल्दै छ ।  एक रुपमा याे सान्दर्भिक नै मान्न सकिन्छ , विकसित मुलुकमा यस्ता प्रवृधिले स्थान पाउँदै अाएका थुप्रै  दृष्टान्तहरु पाउन सकिन्छ । तर हाम्रोजस्तो मुलुकका भूभागमा जहाँ रेडियो पनि अनकनाउँदै अावाज निकाल्छ त्यस्तो ठाउँमा इन्टरनेट, फाेनजस्ता कुराकाे कल्पना गर्न कठिन छ । अब के कुरा उठ्छ भने केही सुविधा छैन भन्दैमा सिक्ने सिकाउने कुरालाई विश्राम दिएर सुत्ने हाे भने शिक्षाकाे गति कता पुग्ने हाे ? याे जटिल प्रश्न हाम्रामाझ खडा भएकाे छ ।
यस्तो विकराल अवस्थामा अाफू सुरक्षित भइ विद्यार्थीहरूलाई ज्ञान दिनका लागि हाम्रा स्थानीय सरकारहरुले बढी जिम्मेवार हुनु अहिलेकाे मुख्य अावश्यकता हाे भन्ने ठहर मेराे रहेकाे छ । संघ, प्रदेश र जिल्लाभरि नै एकैनासे प्रवृधिकाे प्रयाेग गरि शिक्षा दिन कठिन हुन सक्छ । इन्टरनेटकाे सुविधा भएकाे ठाउँमा अनलाइन कलास सञ्चालन गर्न सकिएला वा गरेका पनि हुन सक्छन् । तर अति कम विकसित हाम्रो बाजुराजस्ता जिल्लामा त्यस्ता अनलाइन कक्षा सञ्चालन गर्नका लागि समय कुर्नु त्यति सान्दर्भिक नहुन सक्छ । त्यसैले अा अाफ्ना स्थानीय तहकाे वास्तविकतालाई अध्ययन गरि कक्षा सञ्चालन गर्नका लागि साेच्ने हाे कि ।  त्यसका लागि सामाजिक दुरी कायम गर्दै याेजना निर्माण गर्ने हाे कि ।
यस्तो अवस्थामा हाम्रो जिल्लामा हामीसँग भएका सामुदायिक रेडियो (एफ. एम.)हरु नै अहिलेका लागि भरपर्दो साधन बन्न सक्छन् कि,  त्यसतर्फ साेच्ने हाे कि ।
त्यस्तै विद्यार्थीहरूकाे संख्या हेरी अन्य केही विकल्प हुन सक्छन् कि । ………….
अहिलेकाे समय झन् जटिल बन्दै गएकाे अवस्था एकातिर छ भने विद्यालय सञ्चालन हुनुपर्ने समय व्यतीत हुँदै गएकाे छ । अाफ्ना साना बालबालिकालाई पढाइमा ध्यान दिइरहनका लागि सबै सराेकारवाला निकायकाे यसतर्फ ध्यान जानु पनि त्यत्तिकै अावश्यक रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार