शनिबार, बैशाख २२, २०८१

खै हाम्रो सरकार ?

  • मङ्लबार, बैशाख ९, २०७७
खै हाम्रो सरकार ?

  नेपालीहरु आफ्नै देशमा रोजगार नपाएर भारत लगायत खाडि मुलुकहरुमा आ-आफ्नो पौरख तुच्छ कामका लागि न्युनतम ज्यालामा पोखेकाछन।यहि काम आफ्नै देशमा पाएको भए को पो आउँथ्यो?यस्तै काम भयापनि आफ्नो देशमै मिलोश आफ्नो भबिष्य नारकिए भयपनि छोरा नातिहरुलाई देशमै रोजगार मिलोश बिदेश आउँन नपरोस भन्ने उदेश्यले लाखौ लाख प्रवाशि नेपालीहरु शंघर्षर हुँन्छन र अहिलेपनि छन। ईतिहाशमा देशको जहानिय राणाको साशन फालेपछि पनि त्यस्तै प्रकारको राजको निरंकुश साशन ब्यबस्थाले जनतामा हालि मोहालि गय्रो।जनताले त्यो तानाशाहि ब्यबस्थापनि मिल्काए।तर बिडम्वनानै भनौ जनताकै बिचमा आन्दोलन भित्रै पसेर आन्दोलनको बागडोर छोप्न सफल भएका मौकाप्रस्तहरुको हातमा सत्ता पुग्यो परिणमा जनतालाई माछो माछो भ्यागुतो गराए। जनताले सदैभरी राष्ट्रियता जनतन्त्र र जनजिबिकाको लागि शंघर्ष गर्छन।ज्यानको आहूति दिन्छन परिणाम तानाशाहि ब्यबस्थाले घुँडा टेक्छ तर अवसरबादले आफ्नो पोल्टामा पारेर आफुले फाईदा उठाउँछन। सरकारमा ब्याक्ति बद्लिन्छन पार्टि बदलिन्छन तर ब्यबस्था चाँहि उस्तै रहिरहन्छ।करिब साडे छे दशक सम्म जनताले बलिदानि पूर्ण गरेको शंघर्षको परिणाम ईतिहाशमा पहिलो पल्ट नेपाली जनताले शंबिधान सभा द्वारा सम्बिधानको निर्माण गर्न धेरै शंघर्ष बाट सफल भए। तर त्यो शंबिधान लाई पहिले अफ्शान गरियो पछि जसरी तसरि शंबिधानको चुनाव भयपनि त्यसलाई बद्नाम गर्न र देशको अस्तित्वनै नामेट पार्न संघियतालाई घुसाईयो।यो वास्तबमा देश तथा जनता दुबैका लागिनै अत्यान्तै घातक त थियोनै स्वाम शंबिधान शभा समेतलाई अपसकुन थियो।जो कुनैपनि काल खण्डमा नेपाली जनताहरुको मागपनि थिएन।संघियता अखण्ड देशलाई टुक्राउँने बिदेशि हरुको हतियार नै थियो।अहिलेपनि शंघियताले त्यहि काम गर्दै आएको प्रष्ट देखिन्छ।देशमा आठौटा सरकार,९ संसद छन,८८४सान्सद छन७७जिल्ला,महानगर६,उप महनगर पालिका११,गाउँपालिका४६०,जम्मा नगर पालिका२७६,यहि देशमा भयको बिकाशहो।आयश्रोत रेमिटेन्सी,र जनतामा लगाएको कुखुरा समेतको कर अरु केहि छैन।देशलाई नाङ्गेझार पार्न न्वरान सम्मको बल प्रयोगछ। देशभित्र पहिले प्रतिकृयावादीहरुको सरकार हुँदा देशमा बिकाश भयन,बिदेशी चल खेल बढेर गयो,युवा शक्तिहरु बिदेशिय,राष्ट्र घाति शंधि सम्झौताहरु बढ्दै गए,बिदेशी अतिक्रमणपनि बढ्यो भनेर जनताले त्य ब्यबस्थालाई ओखलेर फाले अनि आफुलाई कम्युनिष्ट भनेर नथाक्ने त्योपनि २०२८कोझापामा जस्को जोत उसैको पोत भनेर बिद्रोह गरेका र २०५२साल बाट दश बर्ष सम्म जंगलमा बसेर सत्रहजार नेपाली मारेर नयाँ जनवादी ब्यबस्था ल्याउँन खोजेका हरुलाई दुई तिहाई मत दिएर सरकारमा आशिन गराए। तर जनताहरुले केपाए?आज हर्नुश त देशभित्र मा भ्रष्टचार,बलत्कार,महेङ्गि,आदि ब्यापत छ। भने बिदेशमा जनताहरु अलपत्र छन। कोई खाडि,कुवेत,अफ्गान,मलेशिया जस्ता देशहरुमा बन्दि जिवन यापन गरेकाछन।भने लाखौ लाख श्रमजिवी भारतको काश्मिर देखि कन्याकुमारी र बाँगाल्को खाडि सम्म नारकिए जिवन बिताउँन बाध्या भयकाछन। के सरकारलाई थाहाछ भारतमा बसेका लाखौँ लाख नेपाली श्रमजिविहरुको अबस्था कस्तोछ?अहिले बिगतको दिन भन्दापनि जटिल अबस्था आएकोछ।सामन्या दैनिक ज्यालामा काम गर्नेहरु,होटेल ढाबा,स-साना कारखानामा मज्दुरी गर्नेहरु,काम नपाएर बिबहा पार्टिहरु को बेटर,कुक आदि बनेर काम गर्नेहरु रिक्सा अटो चालकहरु भारतमा लाक डाउनपछि सडकमा आए।अब कँहा जाने के खाने कहाँ बस्ने?सरकारको गलतिको सजाए उनिहरुलाई मिलेकोछ।कम्तिमा सरकारले उनिहरुलाई एक साता पहिले यो दिनभित्रमा न आए बोडर बन्द हुँन्छ भनेर समेत चेताएको बए अहिलेको यो अबस्था श्रृजना हुँदैनथ्यो।उनिहरुलाई देश भित्राएर छुट्टै कोरिन्टेनमा राख्न सक्थ्यो।सरकारले त्यसो गरेन भारतमा ताला बन्द भयो परिणाम आम मज्दुर अलपत्र परे।जँहा संगठित छन वा संगठन बलियो छ त्यँहा संगठनले कुनैन कुनैरुपमा सहयोग पुराएकोछ।जँहा असंगठित छन त्यँहाका मज्दुरहरुको अबस्था दयानिय बन्दै गयकोछ।भारतमा रहेका नेपाली एकता लगायत कतिपय संगठनहरुले सामाजिक कार्याको लागि हात बढाएकाछन तर सरकारको कुनै दाईत्व वा भुमिका हुँनुप्रदैन?केवल चुनावको बेला उपयोग गर्ने मात्र हो।चाहिँदाको भाणो न चाहिँदाको ठाणो गराएर नेपालिहरुको भबिस्य सँग खेल्ने काम भयकोछ। भारतमा अभानेएसले आफ्नो स्थपना काल सन१९७९ देखि भारत स्थित नेपालीहरुको उत्थानको लागि उनिहरुको हक हितको पक्षमा आवाज उठाउँदै आएकोछ। कम्तिमा यो अबस्थामा भारत स्थित नेपालीहरुको देख रेख गर्ने जिम्मेवारी त सरकारको हुँनु पर्थ्यो,तर सरकार कहाँछ? हाम्रो त्यो कसैलाई थाहानै छैन।नेपाली हरु दिनौ बिमारी भयर मरेकाछन यँहाको एम बेशिको क्रतब्य केहो त्योपनि थाहाछैन परिणाम मरिसकेपछि पनि नेपालीहरुलाई आफ्नो देशको माटो समेत नशिव भयन। आफुलाई कम्युनिष्ट भनेर चिनाउँने सरकारलाई थाहाछैन उन्को बर्ग केहो?उनिहरुले अमेरिका,जापान चीन मा भयका आफ्ना आफ्न्तिहरु ब्यापारी धनिहरुको खोज बिन गर्छन तर भारतलगायतका खाडि मुलुक हरुमा आम नेपालीहरुको अबस्थामा उनिहरुको चासो छैन। भोली २२अप्रेल का ब्लादिमिर ईल्याईचको जनम दिन साथै नेकपाको स्थापना दिबस उनिहरुले आ-आफ्नो रंग सालामा मनाएर शंदेश पठाउँदा यो शंदेशपनि जावस नेपाली जनता सरकार बिहिन भयको अबस्था छ देश बिदेशमा। कोई महाकालि नदिमा हामफालेर मोर्दैछन,कोई गास बास बिन कालको संघारमाछन,कसैलाई मरेपछि पनि देशको माटो मिल्दैन।यस्तो भयभाव अबस्थाछ देशका श्रमजिवि बर्गको।कम्तिमा कम्युनिष्टको आबरणलाई प्रयोग गरेर कम्युनिष्टका जरा त नकाट यहि उदेश्यले दुई शब्द कोरेकोछुँ।२१-४-२०२०

चर्चामा

सम्बन्धित समाचार