• होमपेज
  • समाज
  • प्रदेशले निर्देशन दिदा पनि किन पठाएन अस्पताल बाजुराले कोल्टिमा चिकित्सक

प्रदेशले निर्देशन दिदा पनि किन पठाएन अस्पताल बाजुराले कोल्टिमा चिकित्सक

  • शनिबार, बैशाख ६, २०७७
प्रदेशले निर्देशन दिदा पनि किन पठाएन अस्पताल बाजुराले कोल्टिमा चिकित्सक

शुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जिल्ला अस्पताल बाजुरालाइ कोल्टिमा एकजना चिकित्सक पठाउन निर्देशन दिएको भएपनि कार्यन्वयन हुन सकेको छैन् ।
चैत २५ गते क्षेत्रिय निर्देशक डा. गुणराज अबस्थिले जिल्ला अस्पताल बाजुरालाई पत्रचार गरेको भएपनि अहिले सम्म कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाएको छैन् । कोरोना भाइरस ब्यबस्थापनका लागि अस्पताल ब्यबस्थापनका लागि एकजना चिकित्सक पठाउन स्वास्थ्य निर्देशनालय बाट पत्र दिएको थियो । पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यलय बाजुरा, बुढिनन्दा नगरपालिका र स्वास्थ्य कार्यलय बाजुरालाई पठाएको छ ।
जिल्ला अस्पताल बाजुरा प्रदेश सरकार अन्र्तगत कार्यलय रहेको छ । तर प्रदेश सरकारले पत्रचार गर्दा पनि अस्पताल बाजुराले एकजना चिकित्सक पनि पठाउन सकेको छैन् । अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले भने नाम उल्लेख नगरेका कारणले कुनै पनि चिकित्सक जान नसकेकाले पठाउन नसकेको वताए । त्यस्तै प्रमुख जिल्ला अधिकार गंगा प्रसाद न्यौपानेले भने प्रदेश बाट पठाउदा नाम नै किटान नभएकाले समस्या भएको वताए ।
कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा आईसोलेन कक्ष बनाएको तथ्याङ्क छ । तर आईसोलेसन कक्ष नामको मात्र रहेको छ, न चिकित्स छन, न उपकरण नै प्राथमिक स्वास्थ्य केन्द्रमा निमित्त प्रमुख अहेब सिंह गिरि बताउँछन् ।
सरकारले आईसोलेसन कक्ष निर्माण गरेको स्वास्थ्य सस्थामा एक जना चिकित्सक सहितको टोली, अक्सीजन, बिरामीलाई लगाउने मनिटर, पिपिई सेट, ग्राउन पन्जा, मास्क लगाएतको थुप्रै उपकरण आबश्यकता पर्दछ, तर यो कुनै नभएको स्वास्थ्यकर्मीले वताएका छन् । दुई बेड छुट्याएर नाम मात्रको आईसोलेसन कक्ष स्थापना गरिएको छ ।
बिश्वनै नोबेल कोरोना भाईरस (कोभिड १९) संग जुधिरहेको छ । त्यो क्षेत्रका स्थानिय बिशेष गरि कामको सिलसिलामा देशका अन्य शहर तथा भारतका बिभिन्न शहरहरुमा जाने गर्दछन् । कोरोनाले बिश्वब्यापी महामारीको रुप लिएसंगै भारत लगाएत अन्य मुलकबाट बाजुरा आएका थूप्रै जनता खुलम खुला गाउ बजार डुलिरहेका छन् । स्थानिय तहले क्वारेन्टिन स्थापना गरेका छन् । निर्माण गरिएका क्वारिन्टिन खालि छन् ।
कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा कोरोना शंकास्पद बिरामीलाई राख्न २ बेडको आईसोलेसन कक्ष निर्माण गरिएको छ । उपकरणको नाममा मास्क समेत नभएको बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ओमजंग शाहीले बताए । यस्तो महामारीको समयमा स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न भएपनि उपकरणको ब्यबस्थापन हुनु पर्ने कुनै वास्ता छैन शाहिले थपे । बाच्ने आशा त सबैलाई हुन्छ, माथिल्लो निकायलाई समन्वय गरिरहेका छौ आउदैछ भन्ने गरेको उनले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएको झण्डै एक बर्ष भयो । प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गएको साउन महिनामा समायोजन भई गएपछि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र डक्टर बिहिन बनेको हो । बाजुरा जिल्लाका एक नगरपालिका, तीन गाउपालिकाका र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानिय तहका ५० हजार बढी जनसंख्यालाई स्वास्थ्य केन्द्र सेवा दिदै आएको छ । एक जना डाक्टरको दरबन्दि भएको स्वास्थ्य केन्द्र लामो समय देखी डाक्टर नहुदा त्यस क्षेत्रका नागरिकलाई समस्या भएको स्थानीय गोरख सार्कीले बताए । बिश्व ब्यापीरुमा फैलिरहेको कोरोनाको बाजुरा उच्च जोखिममा देखीन्छ । महामारी फैलिएपछि बाच्ने आशा मारिसकेको स्थानिय रंगमल बिकले बताए ।

चर्चामा

सम्बन्धित समाचार