बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • ‘दलित’ जात होइन, सिप हो अछुत किन ?

‘दलित’ जात होइन, सिप हो अछुत किन ?

  • शनिबार, पुस ५, २०७६
‘दलित’ जात होइन, सिप हो अछुत किन ?

आरनमा बस्ने कामी होस् या जुत्ता सिलाउने सार्की, राष्ट्रिय पोशाक सिलाउने दर्जी होस् या सिङ्गो समाजलाई मनोरञ्जन दिलाउने वादी वा गन्र्धव, उनीहरुले कडा परिश्रम गर्छन तर कथित यो समाजले सही आँखाले मुल्याङ्कन गरेकै छैन ।

कुनै जमाना यस्तो थियो जहाँ नेपालमा राजतन्त्र थियो, ‘राजाले जे चाहे, त्यहीँ पाए’ भन्ने मान्यता समाजमा थियो । प्रतिफल आजसम्म पनि त्यही पौराणीककालको कुरा रीतिरिवाज तथा चालचलन कायमै छ । नेपालको सबै भन्दा पुरानो चलन त छुवाछुत गर्ने चलन अझैसम्म पनि हटेको छैन, कतिपय आरनमा बस्ने कामी होस् कि जुत्ता सिलाउने सार्की होस् वा राष्ट्रिय पोशाक सिलाउने दर्जी होस् वा सिङ्गो समाजलाई मनोरञ्जन दिलाउने वादी वा गन्र्धव होस्, उनीहरुले कडा परिश्रम गर्छन तर कथित बाहुनवादी समाजले सही आँखाले मुल्याङ्कन गरेकै छैन ।
यी अछुत हुन् भन्ने गरेकाले छुत भनाउँदा हरुको प्रदाफास हुन सकेको छैन, कठित यो होकी नेपालको इतिहासको विभिन्न कालखण्डमा दलितहरुको विभिन्न पीडाहरु मध्ये प्रमुख पीडा जातियतामा भेदभाव हुनु हो । त्यसैले जल्दा बल्दा युवा गायक यशकुमारले गाएको “मैले छोएको पानी चल्दैन” गितले नै बिख्यात बनाएको थियो तर विडम्बना यहाँ जे जस्तो गरेपनि उही चलन लाई अघि सारी जातियतामा भेदभाव गर्ने गरेको पाइन्छ । जहाँ पाटी–पौवा सार्वजनिक स्थलमा पनि जातियताको भेदभाव गर्ने क्रम जारी नै रहेको हाम्रो समाजमा पाइन्छ, जो कि पहिलेका राजतन्त्रवादीहरु यस्तै नै गर्थे, पारी एक जना दलित देखें भने वारीबाट नै अछुत भनाउँद अर्कै बाटो हिन्थे । त्यही बाटो हिडे पनि छेढमा लागेर हिन्थेँ ,जो तल्लो जातका लाई छुनु हुँदैन भनेर यस्तो चलन चल्ती पो गरिन्छ जहाँ नेपालमा दलित लाई दलित वृद्धाले सधैं भन्ने गर्छन । दलितहरू सीपयुक्त हुने भएकाले काममा लगाउने तर फल उपल्लो जातकाले खाने ? कुनै न कुनै तवरबाट उनीहरूलाई अपहेलित गर्ने प्रचलन छ । एक्काईसौं शताब्दीमा आइपुग्दा दलित जातको बारेमा भएका अनेकौं खोजबिनले पनि यो प्रथा हटाउन सकेका छैनन् ।
जयस्थिती मल्लले सन् 1360  देखि 1395 सम्म पट –पटक राज्य संचालन गरेको झण्डै आठ सय वर्ष पुरानो इतिहास छ । त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक र्पयो, त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो एकजनाले भनेछन् (महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो ( गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो( महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो । तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने(तैंले के यस्तो जुत्ता बनाएको ? यो त कुकुरभन्दा पनि घटिया बनाइस् ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए( यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक जातको रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।
यसैलाई कामको आधारमा जातको विभाजन गरी आफूले मात्र मोजमस्ती गरेको भन्ने पनि इतिहासमा पाइन्छ । पहिला –पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो । तर पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ । हाम्रो पुस्ता पूरै संक्रमणकालमै सकिने निश्चित छ । के हाम्रा सन्ततिले पनि यस्तै संक्रमणमै जीवन बिताउनुपर्ने हो ? दुई छाक खानका लागि विदेशी भूमिमा धाउनुपर्ने हामी कस्तो सार्वभौम र स्वाधीनता नागरिक हौँ ? विभेद र अपमानलाई सहजै स्वीकार गर्नुपर्ने हाम्रो कस्तो मानवअधिकार र नागरिक स्वतन्त्रता हो ? जातव्यवस्थाको अग्लो पर्खालभित्र कुन सामाजिक न्यायको अनुभूति गर्न सकिन्छ ? एकाध मान्छेले मात्र सत्ताको स्वाद लिने परिपाटीलाई कसरी संरचनागत विभेदबाट मुक्त भएको मान्न सकिन्छ र ?
यो लेखकको आफ्नै विचार हो ।

चर्चामा

सम्बन्धित समाचार