शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बैतडीमा सुत्केरीलाई म्याद नाघेको औषधी, धन्न सेनाको हेलीकोप्टरले ज्यान जोगायो

बैतडीमा सुत्केरीलाई म्याद नाघेको औषधी, धन्न सेनाको हेलीकोप्टरले ज्यान जोगायो

  • बिहिबार, कार्तिक १४, २०७६
बैतडीमा सुत्केरीलाई म्याद नाघेको औषधी, धन्न सेनाको हेलीकोप्टरले ज्यान जोगायो

मंगलबार बेलुकी बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ लेकमकी २४ वर्षीया सुत्केरी धाना साउँदलाई अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरियो। साउँदलाई राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत हेलिकोप्टर मार्फत उद्धार गरी कोहलपुर अस्पताल पुगाईएको हो। अहिले उनको अवस्था समान्य उन्मुख रहेको चिकित्सकले बताएका छन्।

उनलाई नेपालगञ्ज लैजान पूर्व सिगास गाउँपालिका वडा नम्बर ६ को थलाकाँडा स्वास्थ्य चौकी अन्तगत रहेको लेकम प्रसुती केन्द्रमा पु¥याईएको थियो। प्रसुती केन्द्रमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भयो। प्रसुती केन्द्रमा कार्यरत अनमी पार्वती बोहराले नै उनलाई सुत्केरी गराएकी थिईन्। तर अत्यधिक रक्तश्राव हुनथालेपछि प्रसुती केन्द्रमा औषधीको खोजी सुरु भयो।

‘केन्द्रमा रक्तश्राव रोक्ने आक्सोटिन नामको औषधि थिएन।’, अनमी बोहोरालाई दिनेश खबरलाई भनिन्, ‘धेरै रक्तश्राव भएपछि ज्यान नै जाने हो की भन्ने चिन्ता लाग्यो, स्वास्थ्य चौकीबाट औषधी मगाए तर स्वास्थ्य चौकी प्रमुखले म्याद नाघेको औषधी दिए।’औषधी मात्र नभएर स्वास्थ्य चौकीमा सलाइन समेत थिएन्।

‘नीजि क्लिनीकबाट खरिद गरी साउँदलाई सलाईन चढायौँ।’ बोहोराले भनिन्। उनका अनुसार स्वास्थ्य चौकी प्रमुख भीम ऐडीले नै कार्यालय सहयोगी मार्फत म्याद नाघेको  आक्सोटिन नामको रक्तश्राव रोक्ने औषधी प्रसुती केन्द्रमा पठाएका थिए। साउँदका परिवारलाई अनमी बोहोराले उपचार सम्भव नभएको भन्दै अन्तै लैजान आग्रह गरिन् तर प्रसुती केन्द्रमा स्टे«ेचर समेत थिएन।

घटनाबारे जानकारी पाएपछि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीलाई जानकारी प्राप्त भएपछि हेलीकोप्टरका लागि पहल सुरु भएको थियो। अवस्थीले भने, ‘म महेन्द्रनगरमा भाईटीका लगाउदै थिए, बैतडीबाट पत्रकार गोकर्ण दयालले फोन गरेपछि मात्र महिलाको अवस्था बारे जानकारी पाए।’

पछि अवस्थीले नै हेलिकोप्टरका लागि प्रदेश सरकारका सांसद, मन्त्री र संघिय स्वास्थ्य मन्त्रालयमा समेत खबर गरेपछि महिलाको उद्दारका लागि हेलिकोप्टर पठाईएको थियो। अवस्थीले स्वास्थ्य सेवा स्थानीय तहमा गएपछि चौपट भएको भन्दै दुःख व्यक्त गरे। उनले स्थानीय तहको फितलो व्यवस्थापनले स्वास्थ्य क्षेत्रको प्रभावकारिता घट्दै गएको बताए।

स्वास्थ्य चौकीमा समान्य औषधी समेत नपाईनु विडम्बना भएको भन्दै उनले स्थानीय तह गम्भीर बन्नुपर्ने सुझाव दिएका छन्। ‘अहिले औषधी खरिद र वितरण गर्ने अधिकार स्थानीय तहलाई दिईएको छ।’अवस्थीले भने, ‘बजेट पनि पर्याप्त गएको छ तर व्यवस्थापकीय पक्ष निकै कमजोर देखियो।’

उक्त विषयमा बुझ्न खोज्दा म्याद नाघेको औषधी दिने स्वास्थ्य चौकी प्रमुख भीम ऐडीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आएनन्। यता गाउँपालिकाका अध्यक्ष हरीसिंह धामीले औषधी सकिएको र म्याद नाघेको भन्ने कुरा गलत भएको दावी गरे। उनले महिलाको उपचार सम्भव नभएपछि मात्रै हेलीकोप्टर मगाईएको जिकिर गरेका छन्।
साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार