मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • घरमै पुगेर परिवार नियोजन सेवा दिदै स्वास्थ्यकर्मी

घरमै पुगेर परिवार नियोजन सेवा दिदै स्वास्थ्यकर्मी

  • मङ्लबार, भदौ १७, २०७६
घरमै पुगेर परिवार नियोजन सेवा दिदै स्वास्थ्यकर्मी

प्रकाश सिहं
भदौ, १७ बाजुरा
स्वामीकार्तिक खापर गाँउपालिकाकि २१ बर्षिय पबित्रा शाहिले (नाम परिवर्तन) पहिलो पटक गाँउमै परिवार नियोजनको सेवा लिएकि छन् । स्वास्थ्यकर्मी नै परिवार नियोजन सम्बन्धि जानकारी र साधान सहित गाँउमा पुगेपछि पहिलो पटक ईम्प्लान्ट सेवा लिएको वताईन् ।
पबित्रा जस्तै सोहि ठाँउकि शर्मिला बिकले (नाम परिवर्तन) पनि पहिलो पटक परिवार नियोजनको साधान प्रयोग गरिन् । आफुलाई परिवार नियोजन सम्बन्धि कुनै जानकारी थिएन्, स्वास्थ्यकर्मीले जानकारी दिएपछि पहिलो पटक सेवा लिएको वताईन् । स्वास्थ्य कार्यलय बाजुराको सहकार्यमा आड्रा नेपालमा नामक गैर सरकारी संस्थामा कार्यरत महिला स्वास्थ्यकर्मीले गाँउमै गएर उनलाई पहिलो पटक सेवा दिएकि छन् । आड्रा नेपाल कार्यरत अनमि शुस्मिता परिवारले भनिन्, उहाँहरुलाइ परिवार नियोजन सम्बन्धि जानकारी गरेपछि पहिलो पटक सेवा लिएको वताईन् ।


यी त केहि प्रतिनिधि उदाहरण हुन् । अहिले बाजुरा जिल्लामा गाँउ गाँउमा स्वास्थ्यकर्मी पुगेर चेतना दिनुका साथै परिवार नियोजनका साधनहरु बितरण र सेवा दिने गरेका छन् । बाजुराका दुर्गम गाँउमा परिवार नियोजन सम्बन्धि चेतना कम छ, धेरै बच्चा पाईरहने अबस्था छ, त्यसैले घर घरमा गएर स्वास्थ्य चेतना र परिवार नियोजन सेवा दिने गरेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त जनस्वास्थ्य अधिकृत अशोक सिंहले वताएका छन् ।
घरमै पुगेर स्वास्थ्यकर्मी र गैर सरकारी संस्थामा कार्यरत स्वास्थ्यकर्मीले सेवा दिदै आएका छन् । यूएनएफपीए, आड्रा नेपाल, मेरिस्टोप ईन्टरनेशन, सुनौलो परिवार नेपाल, फेज नेपाल लगायत गैर सरकारी संस्थाले काम गर्दै आएका छन् । ति संस्थाहरुले स्थानिय सरकार, स्वास्थ्य कार्यलय बाजुराको समन्वयमा महिला स्वास्थ्यकर्मीलाई गाँउ गाँउमा पठाएर स्वास्थ्य चेतना दिनुका साथै परिवार नियोजन सेवा दिदै आएका छन् । स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका समुदायमा पुगेर चेतना मात्र नभई सेवा दिदै आएको सुनौलो परिवार नेपालमा कार्यरत अनमि सपना शाह सिंहले वताएकि छन् ।


परिवार नियोजनका सेवाहरुमा बृद्धि गरि मातृशिशु स्वास्थ्य सुधार गर्नका लागि बाजुरा जिल्लामा काम गरिरहेको आड्रा नेपालका परियोजना अधिकृत रत्न कायस्थले बताए । जिल्लाका त्रिवेणी नगरपालिका, जगन्नाथ, गौमुल र स्वामीकार्तिक गाँउपालिका काम गरिरहेको उनले वताए । समुदाय स्तरमा पुगेर चेतना दिनुका साथै परिवार नियोजन सेवा दिदै आएको वताए । त्यस्तै मेरिस्टोप इन्टरनेश्नल को आर्थिक सहयोगमा सुनौलो परिवार नेपाल द्धारा एम एस लेडिज कार्यक्रम मार्फत बाजुराका सबै स्थानिय तहमा परिवार नियोजन सम्बन्धि कार्यक्रम सञ्चालनमा रहेको छ । परिवार नियोजन सेवा लिनको संख्या बाजुरामा कम मात्रा रहेकाले सबै स्थानिय तहमा घर घरमै गएर सेवा दिने र स्वास्थ्य चेतना दिदै आएको संस्थाका च्यानल लिड रबिन्द्र खनियाले वताएका छन् । त्यस्तै फेज नेपालले बुढिन्नदा नगरपालिका, हिमाली गाँउपालिका र स्वामिकार्तिक खापर गाँउपालिका केही ठाँउमा काम गर्दै आएको स्टाफ नर्स मुना देवकोटाले वताएकि छन् ।
स्वास्थ्यकर्मी गाँउ गाँउमा परिवार नियोजनको सेवा दिदै आएपछि सेवा लिनको संख्या निकै बढेको स्वास्थ्य कार्यलय बाजुराका तथ्याङ्क प्रमुख रुगम थापाल वताए । आर्थिक बर्ष ०७५ । ०७६ मा परिवार नियोजनका अस्थाई साधनको सेवा ७ हजार ८९ जनाले लिएको कार्यलयले वताएको छ । पिल्स ६ सय ४८, आइयुसिसड ३ सय ३१, इम्पलान्ट १९ सय, डिपो २३ सय ४२ जना र कन्डम १८ सय ६८ जनाले प्रयोग गरेको थापाले वताए । यो सेवा प्रयोग गर्ने बिगतका आर्थिक बर्ष भन्दा बढदै गएको वताए । केही गैर सरकारी संस्थाले घरमै पुगेर सेवा दिएपछि यो संख्या बढदै गएको अर्को स्वास्थ्य चेतना पाउनुले पनि बाजुरामा सेवा लिनेको संख्या बढदै गएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार