• होमपेज
  • मनोरञ्जन
  • सुनिता बिष्टको पहिलो देउडा तारा पन स्वर्गै सार्बजनिक (भिडीयो सहित)

सुनिता बिष्टको पहिलो देउडा तारा पन स्वर्गै सार्बजनिक (भिडीयो सहित)

  • सोमवार, जेष्ठ ७, २०८१
सुनिता बिष्टको पहिलो देउडा तारा पन स्वर्गै सार्बजनिक (भिडीयो सहित)

बाजुरा– रोजगारीको सिलसिलामा भारतको मुम्बईमा बस्दै आएकी बाजुरा जगन्नाथ गाउँपालिकाकी सुनिता बिष्टको पहिलो देउडा गित तारा पन स्वर्गै नामको देउडा गित बजारमा आएको छ । सुर्य बिसी र सुनिता बिष्टको स्वरमा रहेको देउडा गित जय संगित म्युजिकको यूटुवबाट सार्बजनिक गरिएको छ ।
करन साउदको लय शब्दमा रहेको गितको मिक्सीङ खडक बाजुरालीले गरेका छन भने गितको ऐरेन्ज बिनोद बिजुलीले गरेका छन । मालाश्री स्टुडियोमा रेर्कडीङ भएको सो गितको भिडीयोमा दिपक संगम बिसी र मिस पवीले मोडलिङ गरेका छन । भिम थापाको निर्देशनमा बनेको सो भिडीयोमा महेश महरा, प्रबिन रस्मी मगर र जया रोकाया सहयोग गरेका छन ।
सुनिता सानै देखी गित गाउने कलामा पोख्त थिए गित गाउने सपना थियो बल्ल पुरा भएको बताएकी छन । उनको सानै देखीको रुची पुरा भएको छ ।

भिडयाे

चर्चामा

सम्बन्धित समाचार