शुक्रबार, असार २८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदहमा उपाध्यक्षसँग `महिला सशक्तीकरण कार्यक्रम´ सुरु

खप्तड छेडेदहमा उपाध्यक्षसँग `महिला सशक्तीकरण कार्यक्रम´ सुरु

  • सोमवार, जेष्ठ ७, २०८१
खप्तड छेडेदहमा उपाध्यक्षसँग `महिला सशक्तीकरण कार्यक्रम´ सुरु

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिकामा उपाध्यक्षसँग `महिला सशक्तीकरण कार्यक्रम´ सुरु गरिएको छ । जेठ ४ गतेबाट वडा नंः ५ पार्ताेलामा ७ वटै वडाका आमा समुहबाट १५ र एकएक जना महिला थप गरेर १ सय१२ महिलाहरूलाई सहभागी गराएर देउडा र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्दै कार्यक्रमको सुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ ।

आगामी दिनबाट पालिकाका अन्य वडाहरुमा विविध कार्यक्रमसहित सञ्चालन हुने भएको छ। सामाजिक आर्थिक लगायतमा हुने विभेदको अन्त्य गर्दै महिलाहरु हरेक क्षेत्रमा समक्ष भएर सहज रुपमा जीविकोपार्जन गर्न सकुन भन्ने उदेश्यका साथ कार्यक्रम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष विशुदेवि नाथले बताएकी छन् ।

आगामी दिनमा नीति तथा कार्यक्रममार्फत पालिकाले कार्यविधि बनाएर यस कार्यक्रमलाई सीपमूलक तालिममा जाेड्ने उपाध्यक्ष नाथले बताइन् । साे कार्यक्रम सञ्चालनले दुर्गम गाउँका अवसर नपाएर पछाडि परेका महिलाहरुमा चेतनाको विकास हुदै सशक्तीकरण हुने विश्वास लिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार