मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • खाजा खर्च बचाएर बादुरे दमाईको उपचारका लागि सहयोग

खाजा खर्च बचाएर बादुरे दमाईको उपचारका लागि सहयोग

  • सोमवार, भदौ ९, २०७६
खाजा खर्च बचाएर बादुरे दमाईको उपचारका लागि सहयोग

बडिमालिका नगरपालिका ७ बस्ने ४४ बर्षिय बादुरे दमाईको उपचारका लागि काठमाडौमा बिद्यार्थीहरुले सहयोग गरेका छन् । काठमाडौमा रहेको Excel business college मा स्नातक र स्नाकोत्तर अध्यनरत बिद्यार्थीले खाजा खाने पैशा बचाएर उठेको ८ हजार २ सय हस्तान्तरण गरेका छन् ।


स्नाकोत्तर तहमा अध्यनरत शुसिला थापा र कलशा शाहिले आर्थिक संकलन अभियान शुरु गरेकी थिईन् । बादुरे दमाईको अबस्था सबै साथिहरुलाई जानकारी गरायौ, अनि बिद्यार्थी बाट सहयोग संकलन भएको स्नाकोत्तर तहमा अध्यनरत शुसिला थापाले वताईन् । संकलन भएको रकम नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका अध्यक्ष सम्राट सिं बस्नेतलाई हस्तान्तरण गरिएको छ ।
आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाइरहेको समचार प्रकाशित र सामाजिक सञ्जाल मार्फत बाहिर आएपछि उनलाई आर्थिक सहयोग अभियान गरेको स्नाकोत्तर तहमा अध्यनरत कलशा शाहिले वताएकि छन् । बादुरे आर्थिक अभाबमा जिल्ला अस्पताल बाजुरामा ३ महिना देखी तड्पिरहेको खबर पाएपछि आफुहरुले सहयोगका लागि पहल गरेको शाहिले वताएकि छन् । कलशा शाहिको घर कैलालीको धनगढी उपमहानगरपालिका २ मा पर्छ भने शुसिला थापको बाजुरा बुढिगंगा नगरपालिका ३ पर्छ ।


अहिले बादुरे दमाईको सुस्मा कोइराला मेमरी अस्पतालमा उपचार भइरहेको छ । नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौ उपचारको लागि सहयोग गरिरहेको छ । यो भन्दा पहिला पनि आर्थिक सहयोग भएको थियो । काठमाडौ बाट फिल्म निर्माता तथा कलाकार अमृत ढुङगानाले १० हजार, जिल्ला अस्पताल बाजुरका प्रमुख डा. रुपचन्द्र बिश्बकर्मा बाट ५ हजार, राष्ट्रिय बाणिज्य बैक बाजुराका प्रबन्धक जितजङ्ग सिंहले ५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै पत्रकार लक्ष्मिराज पाध्याय बाट २ हजार र जिल्ला अस्पताल बाजुरा बाट नर्सहरुले ४ हजार सहयोग गरेका छन् ।


दाँया खुट्टाको पैतलामा घाउ रहेको छ । जिल्ला अस्पताल बाजुरामा तिन महिना सम्म पनि उनको घाउ ठिक नभएपछि उनलाई सहयोगि दाताको सहयोगले काठमाडौ लगिएको थियो । बादुरेलाई जिल्ला अस्पताल बाजुराले पटक पटक अन्यत्र उपचारका लागि लग्नु भनेपनि आर्थिक अभाबले लिन नसकेको उनकि श्रीमति कलु दमाईले वताईन् । उनको बायाँ खुट्टा ५ बर्ष पहिला चोटका कारणले काटेका छन् । अपांग जिवन बिताइरहेका बादुरे दायाँ खुट्टामा पनि संक्रमण भएपछि उनी झन समस्या परेका थिए । बादुरे कि श्रीमति कलु दमाईले भनिन्, घर पनि अर्काको जग्गा छ, सम्पत्तिको नाममा एक आना जग्गा पनि नभएको वताईन् । माथिल्लो जातिका लुगा सिलाएर परिवार पाल्दै आएका बादुरे तिन महिना देखी थलिएपछि उनको परिवार झन संकटमा परेको छ ।

चर्चामा

सम्बन्धित समाचार