बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • लोक सेवामा आवेदन दिन नपाएकाहरूलाई खुशीको खबर, ५ गुणा बढ्दै अनलाइन सर्भरको क्षमता

लोक सेवामा आवेदन दिन नपाएकाहरूलाई खुशीको खबर, ५ गुणा बढ्दै अनलाइन सर्भरको क्षमता

  • शुक्रबार, असार ६, २०७६
लोक सेवामा आवेदन दिन नपाएकाहरूलाई खुशीको खबर, ५ गुणा बढ्दै अनलाइन सर्भरको क्षमता

काठमाडौं – सर्भरको समस्याका कारण लोक सेवाको अनलाइन फारम भर्न नसकिरहेकाहरूका लागि खुशीको खबर छ । अनलाइन सिस्टममा आएको समस्याका कारण फारम भर्न नपाएको भन्दै गुनासो आएपछि आयोगले सर्भरको क्षमता ५ गुणा वृद्धि गर्न लागेको हो । यही समस्यका कारण फारम भर्ने म्याद समेत एक साता बढाउनु परेको थियो । ‘हामीले प्रयोग गर्दै आएको सर्भर ४ कोर हो, अब यसलाई बढाएर २० कोर पुर्‍याउँदैछौं,’ आयोगको आईटी शाखाका एक कर्मचारीले लोकान्तरसँग भने ।

आजै साँझसम्ममा समस्या समाधान हुने अपेक्षा गरिएको उनको भनाइ छ । धेरैले एकैपटक अनलाइन आवेदन दिन प्रयास गर्दा समस्या आएको उनले बताए ।  ‘हामी नेपालीको बानी नै लास्टमा गर्ने छ,’ उनले भने, ‘एकैपटक धेरैले एक्सेस गरे । एकैचोटि गर्न खोज्दा समस्या भयो ।’ ‘हाइ स्पीड’को नयाँ सर्भर आएपछि समस्या समाधान हुने उनको विश्वास छ ।अनलाइन सिस्टममा आएको समस्याका बावजुद पनि फारम भर्ने क्रम भने रोकिएको छैन ।  समस्या आएको र कामै नभएको भनिएका दिनमा समेत १५/२० हजारको हाराहारीमा अनलाइन आवेदन सब्मिट भएको ती कर्मचारीले जानकारी दिए । ‘जेठ ३१ गते २२ हजार आवेदन परेको थियो । अझ कामै नभएको र मुख्य समस्या आएको भनिएको दिन असार ३ गते १८ हजार आवेदन परेको छ,’ उनले भने । असार ३ गते फारम भर्ने अन्तिम मिति थियो । सर्भर समस्याका कारण त्यसलाई बढाएर असार १० गतेसम्म पुर्‍याइएको छ ।

दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिन्छ । लोक सेवाले ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा आवेदन आह्वान गरेको छ ।

 

चर्चामा

सम्बन्धित समाचार