बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • सारा नेपालीलाई खुशीको खबर : नेपाली स्याटेलाइटले आजदेखि पृथ्वीको परिक्रमा गर्ने, विश्वको ध्यान नेपालतर्फ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

सारा नेपालीलाई खुशीको खबर : नेपाली स्याटेलाइटले आजदेखि पृथ्वीको परिक्रमा गर्ने, विश्वको ध्यान नेपालतर्फ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • सोमवार, असार २, २०७६
सारा नेपालीलाई खुशीको खबर : नेपाली स्याटेलाइटले आजदेखि पृथ्वीको परिक्रमा गर्ने, विश्वको ध्यान नेपालतर्फ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने भएको छ । जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । आज नाष्टले आफ्नै कार्यालयको स्रोतागण कक्षबाट अपरान्ह साढे १२ बजेदेखि सो भू–उपग्रह प्रक्षेपणको प्रत्यक्ष प्रसारण देखाउने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । उनले भने, “जापानबाट जाक्साका तीन विज्ञ भू–उपग्रहको प्रत्यक्ष प्रसारणका लागि सहयोग गर्न नेपाल आइसकेका छन्। ” आज बेलुका ५ बजेसम्म नाष्टले प्रत्यक्ष प्रसारणको कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार