शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • विश्वकै खतरनाक भाइरस भएको ल्यापटप

विश्वकै खतरनाक भाइरस भएको ल्यापटप

  • बिहिबार, जेष्ठ ३०, २०७६
विश्वकै खतरनाक भाइरस भएको ल्यापटप

आफ्नो ल्यापटपमा भाइरस देखियो भने हामी चिन्तित हुन्छौँ । प्रयोगकर्ताका लागि कम्प्युटर सिस्टममा भाइरस हुनु भनेको गडबडी हो, जसले ल्यापटपका डाटाहरुलाई खतरामा पार्दछ ।

भाइरस लागेको ल्यापटपलाई भाइरस मुक्त नपारेसम्म प्रयोगका लागि लायक हुँदैन । यस्तो ल्यापटप बेच्न चाहँदा पनि खासै मूल्य नपर्न सक्दछ । तर विश्वमा एउटा यस्तो भाइरस ग्रस्त ल्यापटप छ, जसको मूल्य करोडौँ पर्दछ ।

विश्वकै सबैभन्दा खतरनाक ६ वटा भाइरस भएको ल्यापटप कराडौँ मूल्यमा बिक्री भएको छ ।

अनलाइन लिलामीका क्रममा उक्त ल्यापटप बिक्री भएको छ । सामसुंग कम्पनीको उक्त ल्यापटपमा दुनियाँकै खतरनाक भाइरस थियो । उक्त भाइरसले दुनियाँभरमा गरी ९५ अर्ब डलरको नोक्सान पुर्‍याएको थियो ।

उक्त ल्यापटपलाई इन्टरनेट आर्टिस्ट गुओ ओ डंग र साइबर सेक्योरिटी कम्पनी डिप इन्स्टिंक्टले तयार पारेका हुन् । उक्त ल्यापटपमा Wanna Cry, BlackEnery, MyDoom, ILOVEYOU, SoBig, Darktequilaa  लगायतका भाइरस रहेका छन् ।

ती भाइरसले कम्प्युटरमा कुनै असर नपारुन् भनेर ल्यापटपमा कैयन् सुरक्षा टिप्सको प्रयोग गरिएको छ ।

उक्त ल्यापटपको पोर्टचाहिँ निस्क्रिय पारिएको छ ताकि त्यसमा रहेको भाइरस पोर्ट मार्फत अन्य डिभाइसमा सर्न नपाओस् र ल्यापटपमै भाइरस सक्रिय नहोस् ।
एजेन्सी

चर्चामा

सम्बन्धित समाचार