शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • बेहुलालाई नै बच्चाले बाबा भनेर बोलाएपछि खुल्‍यो रहस्य

बेहुलालाई नै बच्चाले बाबा भनेर बोलाएपछि खुल्‍यो रहस्य

  • शनिबार, जेष्ठ ४, २०७६
बेहुलालाई नै बच्चाले बाबा भनेर बोलाएपछि खुल्‍यो रहस्य

रौतहट : रौतहटको चन्द्रपुरमा श्रीमतीलाई नै जन्ती बनाएर ल्याई दोस्रो विवाह गर्न लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका-११ घर भई श्रीमतीलाई जन्ती ल्याएर चन्द्रपुर नगरपालिका-१ बागमतीमा विवाह गर्न लागेका ३५ वर्षीय वीरबहादुर स्याङतानलाई गत सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो।

पक्राउ परेका स्याङताङले श्रीमतीलाई दिदी र नाबालक छोरालाई भान्जा बनाई विवाहका लागि रौतहट आएका थिए। विवाहका लागि केटीको घर आइपुगेको बेला स्थानीयले शंका लागेर बेहुलासँग सोधपुछ गरेपछि स्याङतानले बहुविवाह गरेको रहस्य खुलेको हो ।

छोराले बाबा भनेर बोलाएपछि खुल्‍यो रहस्य

विवाहका लागि स्याङतान बा२०च २१७४ नम्बरको बोलेरो जिप लिएर आएका बताइएको छ। स्याङतानले जन्ती बनेर आएको नाबालक छोरालाई भान्जा भनी बोलाएका थिए। विवाहको भोज खाएपछि छोराले बाबा भनेर बोलाएपछि रहस्य खुलेको स्थानीय गोपाल घिमिरेले बताएका छन्।

श्रीमानको विवाहमा श्रीमती र छोरा जन्ती आएको सम्भवत: योपहिलो घटना भएको घिमिरेले बताए।  स्याङतानले बहुविवाह गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले स्याङतानलाई नियन्त्रणमा लिएको थियो । महिलाले बहुविवाहको कसुरमा कारबाहीका लागि प्रहरीमा जाहेरी दिएकी छन्। ‘झुक्याएर विवाह गर्ने योजना बनाइएको रहेछ, सिन्दूर हालेको भए बर्बाद हुन्थेँ’ बेहुली बन्न लागेकी महिलाले भनिन्।

वैदेशिक रोजगारीमा रहेका स्याङतानले समाजिक सञ्जाल (फेसबुक)मार्फत ती महिलासँग कुराकानी गरेर विवाहका लागि नेपाल आएका थिए। ती महिलाबिना आफू बाँच्न नसक्ने भएपछि आफूले श्रीमतीलाई दिदी र छोरालाई भान्जा बनाएर विवाहमा ल्याएको स्याङतानले स्वीकारेका छन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार