शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा दुबै मृगौला फेल भएका धन अस्पतालको शैयामा छटपटाउदै

आर्थिक अभाबमा दुबै मृगौला फेल भएका धन अस्पतालको शैयामा छटपटाउदै

  • बुधबार, जेष्ठ १, २०७६
आर्थिक अभाबमा दुबै मृगौला फेल भएका धन अस्पतालको शैयामा छटपटाउदै

प्रकाश सिंह
बाजुरा, १ जेठ
बाजुराको बुढिन्नदा नगरपालिका ९ पाण्डुसेनका २७ बर्षिय धन बहादुर बोहोरा आर्थिक अभाबमा अस्पातलको शैयामा छटपटाइरहेका छन् । दुइ वटै मृगौला फेल भएका उनि एक महिना देखी काठमाडौमा रहेको बिर अस्पातलमा जिवनमरणको दोसाधमा रहेका छन् ।
चिकित्सकले दुई वटै मृगौला फेल भएर एउटा मृगौल भएपनि फेर्नु पर्ने वताएका छ, तर उनि सँग आर्थिक नभएका कारण बिर अस्पतालको १ सय ५९ बेडमा तड्पिरहेका छन् । धन बहादुर रोकायाको उपचारका दुई महिना देखी बिर अस्पताल भइरहेको छ, पैशा २ लाख भन्दा बढि खर्च भइसक्यो, अब एक पैशा पनि छैन उनका भाइ नरेन्द्र बोहोराले वताएका छन् ।
बाजुरा बाट बिदेश जानका लागि काठमाडौ पुगेका धन बिरामी भएर अहिले बिर अस्पतालको बेडमा छन् । बिदेश जाँउ भनेर काठमाडौ आए सबै प्रक्रिया पुयाए, तर एक्कासी हातखुट्टा सुनिएपछि चेक गर्न जाँदा त दुबै मृगौला फेल भएको थाहा पाए, पैशा छैन्, मर्नुभन्दा कुनै बिकल्प नरहेको रुदै टेलिफोन बडिमालिका खबर सँग बताए । साथै आफुलाई बचाँउनका लागि सबैमा आग्रह गरेका छन् ।
धन बहादुरका परिवारलाई सरकारी सेवा सुबिधा बारेमा समेत कुनै जानकारी छैन् । श्रीमति सँग रगत समुह मिलेन आमा र बुवाको उमेर ६० कटिसकेको छ, मृगौला किन्नु भन्दा अर्को बिकल्प नभएको धनले वताए । उनका श्रीमति र एक पाँच महिनाको बच्चा रहेका छन् । चिकित्सका अनुसार उनको चौथो चरणमा पुगेकाले मृगौला फेर्नु पर्ने सुझाब दिएका छन् ।
सरकारले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्वन्धी कार्यबिधि ल्याएर विपन्न नागरिकलाई औषधि उपचार वापत आर्थिक सहायता उपलव्ध गराउन नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत एक छुट्टै कोष स्थापना गरेको छ । त्यस्ता बिपन्न नागरिकका लागि स्वदेशमा मृगौला प्रत्यारोपण गर्ने भएमा अस्पताल मार्फत रु २ लाख छुट, हेमोडायलासिस २०८ सेसन निःशुल्क, पेरिटोनियल डायलासिस २ वर्ष सम्म निःशुल्क गर्ने ब्यबस्था रहेको छ । त्यस्तै मेडिकल वोर्डको सिफारिशमा विदेशमा गई मृगौला प्रत्यारोपण गरेमा रु २ लाख रप्रत्यारोपण पश्चात औषधि सेवनका लागि रु १ लाख सम्बन्धित विरामीबाट विलभपाई लिई नगदै उपलब्ध गराइने ब्यबस्था रहेको छ ।
शुदुरपश्चिम प्रदेश सरकारले पनि आर्थिक बिपन्न परिवारका लागि भन्दै ५० लाख छुट्याएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले वताए । यता खाले बिरामीका लागि १ लाख सम्म दिने ब्यबस्था गरेको छ । सरकारले ८ प्रकारका जटिल खालका रोगको उपचारका लागि साहयता कोष स्थापना गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार