• होमपेज
  • समाज
  • वालबिवाह रोक्न प्रहरी सक्रिय

वालबिवाह रोक्न प्रहरी सक्रिय

  • बुधबार, बैशाख ४, २०७६
वालबिवाह रोक्न प्रहरी सक्रिय

बडिमालिका समचार
बाजुरा, ४ बैशाख
बाजुरा जिल्लामा वालबिवाह बढदै गएपछि बाजुरा प्रहरी वालबिवाह रोक्न अभियानमा लागि परेको छ । प्रहरी गाँउघरमा पुगेर वालबिवाह भएको रोक्ने काम देखी स्थानिय सँग वालबिवाहका बारेमा सन्देश दिदै आएको जिल्ला प्रहरी कार्यलय बाजुराले वताएको छ ।
स्वामीकार्तिक खापर गाँउपालिका ४ फैता बस्ने २४ बर्षका अनिल कुमार कैला र सोही गाँउका २२ बर्षका छन्त कैलाले बैशाख १ गते २० बर्ष नपुगेकी दुई जना केटीलाई भगाएर लगे । बुढिन्नदा नगरपालिका ८ पाण्डुसेनका रत्न धामि कि छोरी १७ बर्षिय छोरी सरिता धामी र सोही गाँउ बस्ने कृष्ण भण्डारीकि १७ की अम्बिका भण्डारीलाई अनील र छन्त कैलाले पाण्डुसेन बाट भगाएर बिहेका लागि आफ्नो घर लगे । उनिहरुले घर लग्दै गर्दा बुढिन्नदा नगरपालिका १ बाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएर वालबिवाह गर्न खोजेको भन्दै आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी उद्धब सिं भाटले वताए ।
त्यस्तै चैत १६ गते बडिमालिका नगरपालिका ८ बस्ने दिपक ऐडिकि १५ बर्षकि छोरी कमला ऐडिलाई सोही वडा बस्ने रघु सुनारको छोरा १७ बर्षको रोहित सुनारले भगाएर वालबिवाह गर्न खोजे । उनिहरु भागेर बाहिर जिल्ला जाने क्रममा प्रहरीले बुढिगंगा नगरपालिकाको रिठा बजार बाट प्रक्राउ गरेर आफन्तको जिम्मा लगाएको प्रहरीले वताएको छ ।
बाजुरा प्रहरीले बाजुरा मात्र नभई अन्य जिल्ला बाट वालविवाह गरेर यो जिल्ला भएर जान लागेकालाई समेत नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाउने काम गरदै आएको छ । चैत १७ गते बझाङ्ग खप्तड छान्ना गाँउपालिका बस्ने १९ का उत्तम बहादुर थापा र सोही ठाँउकी १७ बर्षकी सम्झना थापा घर बाट भागेर भागि बिहे गरे । बाजुरा प्रहरीले उनिहरु भागेर बाजुरा आएको सुचना पाएपछि खप्तड छेडेदह गाँउपालिका ४ डोगडीवाडा बाट प्रहरीले नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको थियो । उनिहरुले वालबिवाह गरेर भागेको खबरले उनिहरुलाई खोजेर आफन्त कहाँ जिम्मा लगाएको प्रहरीले जनाएको छ । हुम्लाको ताजाकोट गाँउपालिका ३ बस्ने ३५ को सर्प दमाईले सोही गाँउकि १८ बर्षिय औसी दमाईलाइ बिहे गरेर भारत लिने क्रममा बाजुराको सदरमुकाम मार्तडी बाट नियन्त्रणमा लगेर आफन्त कहाँ जिम्मा लगाउने गरेको प्रहरी प्रमुख भाटले वताए ।
बाजुरा जिल्लामा वालविवाह बढदै गएपछि बाजुरा प्रहरीले स्थानिय, नागरिक समाज, पत्रकार सहयोगमा वालविवाह रोक्न अभियान थालेको गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य काशि बिकले वताए । प्रहरीले वालबिवाह मात्र नभएई मदिरा, जुवातास जस्ता बिकृति नियन्त्रणमा प्रहरी सक्रिय रहेको बिकले थपे ।
बाजुराका ९ वटै स्थानिय तहमा स्थानिय, प्रहरी, गैर सरकारी तथा सरकारी संस्था महिला समुह, वालसमुहले वाविवाह रोक्ने चेतना मुलक बिभिन्न गतिबिधि पनि गर्दै आएका छन् । गएको बर्ष मात्र एक संस्थाले निकालेको प्रतिबेदनमा बाजुरामा ७५ प्रतिशत भन्दा बढि वालविवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । मुलुकी अपराध ( संहिता) ऐन, २०७४ को परिच्छेद ११ विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १ सय ७३ मा विवाह गर्ने व्यक्तिको उमेर २० बर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने कानुनी ब्यबस्था रहेको छ । तर २० बर्ष नपुगी गरेको विवाह स्वत बदर हुने ब्यबस्था छ ।२० बर्ष उमेर नपुगी विवाह गर्ने गराउनेलाइ ३ बर्ष सम्म कैद र ३० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार