कन्सन बाजुरा सम्मानीत

  • मङ्लबार, बैशाख ३, २०७६
कन्सन बाजुरा सम्मानीत

बडिमालिका समचार
बैशाख, ३ बाजुरा
सामाजिक सेवामा काम गरेको भन्दै कन्सन बाजुरालाई सम्मान गरेको छ । हेमकुमारी दिवाकर समाज सेवा सम्मान २०६५ ले संस्थालाई सम्मान गरेको संस्थाका संस्थापक अध्यक्ष गणेश थापाले वताएका छन् । संस्थालाई रामनवमीको अबसर पारि नगद २५ हजार ५ सय ५५ नगद सहित सम्मामन गरेको हो ।
पुर्वीय आध्यात्मकचिन्तनका पृष्ठभुमीमा रही निस्वार्थ ढङ्ग बाट शिक्षा र ज्ञान फैलाएर मानवकल्याणकारी क्षेत्रमा काम गरेको भन्दै नेपाल साहित्य समाजले सम्मान गरेको हो । साहित्य समाजले बिगत १० बर्ष देखी निस्वार्थ रुपमा सामाजिक सेवामा काम गरीरहेकालाई सम्मान गर्दै आएको छ ।
कन्सन बाजुराले बुढिगंगा नगरपालिका २ बह्रमतोलामा अनाथ आश्राम स्थापना गरेको छ । आश्रममा १३ जना असाहय वालवालिकालाई संरक्षण दिएको कन्सन बाजुराले जनाएको छ । बाजुरा जिल्लामा आमा र बुवा दुबै गुमाइ अलपत्र रहेका वालवालिकालाई वालगृहमा राखेर संरक्षण र शिक्षा प्रदान गर्दै आएको छ । अलपत्र अबस्थामा रहेका वालवालिकालाई उद्धार गरेर संरक्षण गरीरहेको स्थानियले वताएका छन् । सामाजिक अभियान्ता केपी खनाल र गणेश थापाको अगुवाईमा ६० लाख बराबर लागतमा वालगृहको भवन निर्माण भइरहेको छ । भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार