बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गर्भनिरोधक औषधि आउनुभन्दा पहिला : गोहीको मलदेखि निचोरिएको आधा कागतीसम्मको प्रयोग

गर्भनिरोधक औषधि आउनुभन्दा पहिला : गोहीको मलदेखि निचोरिएको आधा कागतीसम्मको प्रयोग

  • शनिबार, चैत्र २, २०७५
गर्भनिरोधक औषधि आउनुभन्दा पहिला : गोहीको मलदेखि निचोरिएको आधा कागतीसम्मको प्रयोग

बिबिसी- विश्वभरमा गर्भनिरोधक औषधीको प्रयोगका कारण व्यापक सामाजिक परिवर्तन आइरहेको छ। औषधिको प्रयोगका कारण आएको यो परिवर्तनलाई हरेकले महसूस गरिरहेक छन् । यसले ल्याएको परिवर्तनलाई कसैले पनि अस्विकार गरेको छैनन्।

अमेरिकाको ‘बर्थ कन्ट्रोल एक्टिभिष्ट’ मार्गरेट सेंगरले वैज्ञानिकसँग यस्तो औषधिका लागि आग्रह गरेका थिए। सेंगरले यसको प्रयोगमार्फत महिलालाई सामाजिक र यौन स्वतन्त्रता पाउन् भन्ने सपना देखेकी थिइन्। किनकी उनी यसको प्रयोगबाट महिलाहरु पुरुषको बराबरीमा आउन सकून् भन्ने चाहिन्थन्।

गर्भनिरोधक औषधिकै कारण सामाजिक क्रान्ति मात्र नभई २० औं शताब्दीमा महत्वपूर्ण आर्थिक परिवर्तन पनि भए। यस्ता औषधि नहुँदा जति सुकै उपाय अपनाउँदा पनि गर्भवती हुनेको संख्या बढेको थियो। अर्थात यौनसम्पर्कका क्रममा गर्भ नरहोस भनेर अपनाइने प्राकृतिक विधिले काम नगर्दा गर्भवती हुने ठूलो समस्या थियो । तर, पनि मानिसहरुले गर्भ रोक्न विभिन्न उपायहरु भने अपनाउने गर्थे ।

औषधिको आविष्कार हुनु पहिले मानिसहरुले गर्भ नरहोस् भनेर अपनाएका केही यस्ता उपायहरु 

गोहीको मलः

प्राचिन इजिप्टका महिलाहरुले गोहीको मल प्रयोग गरेर गर्भ रोक्ने उपाय अपनाउने गर्थे। महिलाहले गोहीको मललाई योनीमा राख्ने गर्थे। यसले संक्रमण हुने र गर्भबाट जोगिने भ्रम उनीहरुमा थियो। सन् १८५० इसा पूर्वको दस्तावेज अनुसार गोहीको मलमा शुक्रकिटलाई केही हदसम्म नास गर्नसक्ने तत्व हुन्छ र त्यसले केही हदसम्म काम गर्छ ।

निचोरिएको आधा कागतीः

थुप्रै संस्कृतिहरुमा निचोरिएको आधा कागतीको प्रयोग शुक्राणुनाशकको रुपमा गरिन्थ्यो । क्यासानोभाको संस्मरणमा बर्थ कन्ट्रोलको विषयमा यसको प्रयोग गरिएको बारे बताइएको छ । भेडाको मूत्राशयबाट बनेको कन्डममा निचोरिएको आधा कागतीको प्रयोग अस्थायी रुपमा सर्वाइकल क्यापको रुपमा गरिन्थ्यो । कागतीको साइट्रिक एसिड शुक्राणुनाशकको काम गर्दछ तर यो तरिका ती व्यक्तिका लागि होइन जो संयमपूर्वक काम गर्न सक्दैनन् । कागतीको प्रयोग अहिले पनि थुप्रै ठाउँमा गरिन्छ।

आधुनिक विधि

अब संसार यी जटिल तरिकाभन्दा अगाडि बढिसकेको छ । अनावश्यक गर्भबाट बच्नका लागि कण्डम पनि छ तर मानिस यसको प्रयोग सही तरिकाले गर्न सक्दैनन् । प्रयोग गर्न नजानेकै कारण धेरै मानिसहरुले यो फुट्ने र चिप्लिने तर्क गरेका छन्।

एक अध्ययन अनुसार यौन सम्बन्धमा सक्रिय प्रत्येक सय महिला जसले गर्भबाट बच्नका लागि कण्डमको प्रयोग गरेका छन् तीमध्ये १८ जना गर्भवती हुने गर्दछन् । यसरी गर्भवती हुनुको पछाडीको कारण कन्डम लगाउन नजान्नु नै प्रमुख कारण हो। अध्ययनमा केही मानिसहरुले गर्भनिरोधक चक्की धेरै सुरक्षित हुने प्रतिक्रिया समेत दिएका छन्।

गर्भनिरोधक चक्कीका कारण महिलामा आत्मविश्वास बढेको छ । गर्भनिरोधक चक्कीको सेवन महिलाको नीजि निर्णय हो । यो कुरा थुप्रै पटक सेक्स पार्टनरलाई पनि थाहा हुँदैन।

पहिलो अनुमती

अमेरिका संसारको पहिलो देश थियो जसले सन् १९६० मा गर्भनिरोधक औषधीको प्रयोगको अनुमती दियो । मात्र पाँच वर्ष भित्र लगभग आधा विवाहित महिलाले गर्भनिरोधकको रुपमा औषधीको सेवन सुरु गरेका थिए।

तर वास्तविक क्रान्ति त्यतिबेला आयो जब एकल महिलाले यसको प्रयोग गर्न सुरु गरे । यद्यपी, यसका लागि उनीहरुले निकै प्रतिक्षा गर्नुपर्यो ।

सन् १९७० को दशकको मध्यमा अमेरिकामा १८ देखि १९ वर्षका महिलाबिच गर्भबाट बच्नका लागि गर्भनिरोधक चक्की निकै लोकप्रिय भयो र त्यसपछि आर्थिक क्रान्तिको सुरुवात भयो ।

अमेरिकामा सन् १९७० सम्म कानून, मेडिसिन, दन्त चिकित्सा र एमबीएको डिग्री पुरुषका लागि धेरै रुचीकर थियो । यस्तो औषधीका कारण यो क्षेत्रमा महिलाको दमदार प्रवेश भएको थियो।

पहिला यस्तो प्रकारको पढाइमा महिलाको उपस्थिती २० प्रतिशत थियो, त्यसपछि २५ प्रतिशत भयो र सन् १९८० देखि यो अध्ययनमा महिला ग्राजुएटको संख्या एक तिहाईसम्म भयो।

महिलाहरु कलेज गएर मात्र यस्तो भइरहेको थिएन । महिलाले यी पेशालाई छान्न सुरु गरेका थिए । मेडिकलको पढाईमा महिलाको उपस्थिती नाटकीय रुपमा बढ्यो । अन्य क्षेत्रमा पनि महिलाको उपस्थिती लगातार बढिरह्यो।

प्रजननमा नियन्त्रण

गर्भनिरोधक चक्कीका कारण महिलाको प्रजननमा नियन्त्रण राख्ने शक्ति मिल्यो । यसै कारणले उनले आफ्नो जीवनको महत्वपूर्ण समयलाई करियरमा  लगानी गरे । आमा कहिले बन्ने हो यो निर्णय महिला अब आफैं लिन थाले ।

कम्तीमा पनि ३० वर्षको उमेरसम्म महिलामा आमा बन्ने प्रवृत्तिको विकास भयो । योभन्दा पहिले बच्चाका कारण महिला आफ्नो करियरमा समय दिन पाउँदैनथे ।

अब यौन सम्बन्धको मामलामा सक्रिय महिलाका लागि डाक्टर, दन्त चिकित्सक वा वकिल बन्नमा गर्भको अड्चन समाप्त भएको थियो ।

मानिसहरु करियरका लागि यौनसम्बन्धबाट बच्न सक्दथे तर धेरै कम मानिसहरुले यसो गर्न सक्दथे ।

गर्भनिरोधक चक्कीभन्दा पहिले मानिसको विवाह कम उमेरमा नै हुने गर्दथ्यो । जब एक महिला ३० वर्षभन्दा पहिले प्रभावी सम्बन्धबाट बच्दथे उनीहरुका लागि श्रीमान् खोजी गर्न निकै समस्या हुन्थ्यो किनभने त्यतिबेला महिलाका समकालीन मानिसहरुको विवाह भइसक्थ्यो ।

तर गर्भनिरोधक चक्कीले पूरा आयाममा कायापलट गरिदियो । अब एकल महिला गर्भको डरबिना नै यौनसम्बन्ध स्थापित गर्न सक्छन् । यसले विवाहको प्याटर्नमा पनि परिवर्तन आयो । मानिसहरुले कम उमेरमा विवाह गर्न बन्द गरिदिए ।

अमेरिकामा सन् १९७० को दशकमा अन्य केही कारणले पनि परिवर्तन आयो । गर्भपतनलाई कानूनी बनाइयो र लैङ्गिक विभेदको विषयमा कानून बने ।

नारीवादको आन्दोलन पनि यतिबेला नै सुरु भएको थियो । जब अमेरिकाबाट युवाहरुलाई भियतनामको युद्धमा पठाइयो त्यतिबेला कम्पनीले महिलालाई जागिर दिनका लागि ढोका खोलेका थिए।

साभार स्वास्थ्य खबर

चर्चामा

सम्बन्धित समाचार