प्रदेश १ : प्रदेश सभामा पहिलो पार्टी बन्दै एमाले, कांग्रेस दोस्रो
प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये आज बिहान ११ बजेसम्ममा ३३ सिटको नतिजा प्राप्त भइसकेको छ । जसमा एमालेका १३ जना निर्वाचित हुँदा कांग्रेसका १०, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीको २ र राप्रपाका एक जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्राप्त मत परिणाम हेर्दा प्रदेश १ मा एमाले पहिलो पार्टी बन्ने पक्कापक्की जस्तै देखिन्छ । […]