बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश १
  • प्रदेश १ : प्रदेश सभामा पहिलो पार्टी बन्दै एमाले, कांग्रेस दोस्रो

प्रदेश १ : प्रदेश सभामा पहिलो पार्टी बन्दै एमाले, कांग्रेस दोस्रो

  • शुक्रबार, मंसिर ९, २०७९
प्रदेश १ : प्रदेश सभामा पहिलो पार्टी बन्दै एमाले, कांग्रेस दोस्रो

प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये आज बिहान ११ बजेसम्ममा ३३ सिटको नतिजा प्राप्त भइसकेको छ । जसमा एमालेका १३ जना निर्वाचित हुँदा कांग्रेसका १०, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीको २ र राप्रपाका एक जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

प्राप्त मत परिणाम हेर्दा प्रदेश १ मा एमाले पहिलो पार्टी बन्ने पक्कापक्की जस्तै देखिन्छ । यस्तै बाँकी रहेका २३ निर्वाचन क्षेत्रमध्ये एमाले ८ स्थानमा अगाडि छ । यस्तै काँग्रेस ६ स्थानमा अगाडि हुँदा माओवादी केन्द्र २ स्थानमा अगाडि छ । नेकपा एस अन्य २ स्थानमा अगाडि छ । अन्य ५ क्षेत्रको प्रारम्भिक मतगणना सार्वजनिक भएको छैन ।

यस्तै नेकपा एमाले प्रदेशको समानुपातिक मतमा पनि अग्रस्थानमा छ । एमालेले हालसम्म १ लाख ९२ हजार २३७ मत ल्याएर पहिलो स्थान बनाउँदा काँग्रेस १ लाख ८० हजार ८८६ मतका साथ दोस्रो स्थानमा छ । प्रत्यक्षतर्फ पनि र समानुपातिकतर्फ पनि पहिलो स्थान काम गरेको एमाले प्रदेश १ को प्रदेशसभामा पहिलो नै बन्ने पक्का देखिन्छ ।

हालसम्मको मतगणनामा समानुपातिक तर्फ माओवादी केन्द्र र राप्रपाले तेस्रो स्थानमा कडा प्रतिस्पर्धा गरिरहेका छन् । माओवादी केन्द्रले ६२ हजार ५८५ मत ल्याउँदा राप्रपाले ६१ हजार ४२६, जसपाले २९ हजार १५७, नेकपा एसले १४ हजार ४५६, जनमत पार्टीले ८ हजार ७५२ र हाम्रो नेपाली पार्टीले ७ हजार ५३७ मत ल्याएको छ । प्रदेश १ मा समानुपातिक तर्फ ३६ वटा पार्टीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रत्यक्षतर्फको मत परिणाम र विजयीहरु
मोरङ १ (१) मा एमालेका उमाकान्त गौतम १३ हजार ५३१ मत ल्याएर प्रदेशसभामा विजयी भएका छन् । माओवादीका कुलप्रसाद साम्बाले १० हजार ४ मत पाए ।

मोरङ ३ (१) बाट नेपाली काँग्रेसका मान बहादुर लिम्बू विजयी भएका छन् । उनले नेकपा एमालेका दिलिपकुमार राईलाई पराजित गरेका हुन् । लिम्बूले १८ हजार २८६ मत ल्याउँदा राईले १३ हजार ५५८ मत मात्रै ल्याएका छन् ।

मोरङ ४(१) मा एमालेका जयप्रकाश चौधरी १५ हजार ४६४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेस गुरुराज घिमिरेले १५ हजार ६० मत पाए ।

मोरङ ४ (२) मा काँग्रेसका भीम पराजुली विजयी भएका छन् । उनले ११ हजार ४७९ मत ल्याउँदा एमालेका जीवन घिमिरेले ९ हजार ६९१ मत ल्याएका छन् ।

मोरङ ५(१) काँग्रेसका गयानन्द मण्डल १४ हजार ८४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले सन्तोष कुमार साहले ९ हजार ४०५ मत ल्याएका छन् ।

मोरङ ५(२) काँग्रेसका अमृत अर्याल १६ हजार १०२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रदेश १ का स्वास्थ्य मन्त्री तथा जसपाका जयराम यादव १० हजार ८२४ मत मात्र ल्याए ।

मोरङ क्षेत्र नं. ६(१) माओवादीका जीवन आचार्य १९ हजार ४५५ मत ल्याएर प्रदेशसभा विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी रीता न्यौपाने १७ हजार ५ सय ७७ पाइन् ।

ताप्लेजुङ्गको क्षेत्र नं. १(१) मा एमालेका तिलकुमार मेन्याङवो लिम्बुले १२ हजार ७७२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका खेम वहादुर वनेमले ८ हजार ७३३ मत पाए ।

सोही निर्वाचन क्षेत्रको १(२) मा काँग्रेसका सिगेन हाङगामले १० हजार ४९६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका गोपाल थोप्रो ९ हजार २४८ मत ल्याएका छन् ।

यस्तै पाँचथर क्षेत्र नं. १(१) एकीकृत समाजवादीका कमलप्रसाद जबेगु १६ हजार ८३७ मत ल्याएर विजयी भएका छन् । एमाले राजकुमार भण्डारीले १६ हजार २०४ मात्र मत पाए ।

सोही निर्वाचन क्षेत्रको १(२) मा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री तथा माओवादी केन्द्रका नेता इन्द्र बहादुर आङवोले १५ हजार ६७२ मत ल्याएर विजयी भएका छन् । एमाले अइन्द्र सुन्दर नेम्वाङ १२ हजार ६०५ मात्र मत पाए ।

इलाम २ (२) बाट एमालेका रामबहादुर मगर निर्वाचित भएका छन् । मगरले माओवादी केन्द्रका उम्मेद्वार हर्कबहादुर लावतीलाई पराजित गरे । मगरले १३ हजार ७५४ मत ल्याउँदा लावतीले ११ हजार १६७ मत पाएका छन् ।

झापा १(१) मा काँग्रेस गोपाल तामाङ्ग २३ हजार ४५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले रविन कोइराला १८ हजार ६५७ मत ल्याए ।

झापा १(२) मा राप्रपा सबिना बजगाइले १३ हजार ६१२ मत ल्याएर विजयी भएका छन् । माओवादी श्यामविर लिम्बु १२ हजार २२५ मत मात्र पाए ।

झापा २(१) मा एमाले एकराज कार्कीले १८ हजार ७३१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार १०१ मत पाए ।

झापा २(२) मा एमाले तिलचन पाठक २० हजार १८४ मत ल्याएर विजयी भएका छन् । काँग्रेस खगेन्द्र मैनाली १६ हजार ३४४ मत पाए ।

झापा ३(१) मा काँग्रेसका भूमिप्रसाद राजवंशी २० हजार ७७० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले वसन्तकुमार वानियाँ १९ हजार ७०१ मत मात्र ल्याए । झापा ३(२) मा एमालेका छविलाल चुडाल १९ हजार ८७५ मत ल्याएर विजयी भएका छन् । माओवादीका पूर्णप्रसाद राजवंशी १३ हजार ८३३ मत ल्याए ।

झापा ५(१) मा एमालेका हिक्मतकुमार कार्कीले २२ हजार ५३० मत ल्याएर विजयी भएका छन् । कांग्रेस जीवन कुमार राईले १७ हजार ५८ मत ल्याए ।

झापा ५(२) मा एमालेका होमबहादुर थापाले २४ हजार १२९ मत ल्याएर विजयी भएका छन् । माओवादीका रेवतराज पुरीले १७ हजार ३१५ मत मात्र पाए ।

भोजपुरको १(१) प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले १६ हजार ११० मत ल्याएर विजयी भएका छन् । एमाले हरिबहादुर राई १२ हजार २२३ मत पाए ।

भोजपुर १ (२) मा काँग्रेसका विनोद वान्तावा राई विजयी भएका छन् । उनले १३ हजार ५७९ मत प्राप्त गर्दा एमालेका खड्गबहादुर कार्कीले १२ हजार ८२८ मत पाएका छन् ।

उदयपुरको २(१) मा माओवादी नारायणबहादुर मगरले ८ हजार १०५ मत ल्याएर विजयी भएका छन् । एमाले देवराज राई ८ हजार ७० मत पाए ।

उदयपुरकै २ (२)बाट काँग्रेसका राजन खत्री निर्वाचित भएका छन् । खत्रीले १२ हजार ६२७ मत ल्याउँदा एमालेका जीवनाथ दाहालले ९ हजार २३६ मत ल्याएका छन् ।

सोलुखुम्बुको १(१) मा माओवादीका गोम्बु शेर्पा १० हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् । एमाले उत्तम कुमार बस्नेत ८ हजार ४०० मत ल्याए ।

सोलुखुम्बु १(२) एमालेका बुद्धिकुमार राजभण्डारी १० हजार १२८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी माओवादीका शिवकुमार बस्नेतले ६ हजार ८१५ मत ल्याए ।

धनकुटाको १(१) मा एमाले निरनकुमार राईले १७ हजार १८ मत ल्याएर विजयी भएका छन् । एकीकृत समाजवादीका अर्जुन कुमार राईले १० हजार २२६ मत पाए ।

धनकुटा १(२) मा एमाले इन्द्रमणि पराजुलीले १५ हजार ७९७ मत ल्याएर विजयी भएका छन् । माओवादीकी कुसुमकुमारी श्रेष्ठ ११ हजार २३० मत ल्याए ।

ओखलढुङ्गा १(१) मा काँग्रेस प्रदिपकुमार सुनुवारले १४ हजार ९१६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले अम्विर बाबु गुरुङले १४ हजार ५५६ मत पाए । ओखलढुंगा १ (२) बाट माओवादी केन्द्रका बाबुराम गौतम विजयी भइसकेका छन् । गौतमले १५ हजार ७३८ मत ल्याउँदा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६४० मत ल्याएका छन् ।

खोटाङको १(१) मा एमालेका पाँचकर्ण राईले १३ हजार १५७ मत ल्याएर विजयी भएका छन् । एकीकृत समाजवादीका विरवलकाजी राईले ११ हजार ९६५ मत पाए ।

खोटाङ्गको १(२) मा काँग्रेसका भुपेन्द्र राईले १६ हजार ४९६ मत ल्याएर विजयी भएका छन् । एमालेका रामप्रसाद दगाल १४ हजार ३५६ मत ल्याएका छन् । यसैगरी संखुवासभा १ बाट माओवादीका राजेन्द्रकुमार कार्कीले नेकपा एमालेका भगिश्वर गुरुङलाई ३४ मतको अन्तरले निर्वाचित भएका छन् ।

यस्तै तेह्रथुम १ (२) बाट माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं निर्वाचित भएका छन् । उनले एमालेका तेजमान कङ्दङ्बालाई पराजित गरेका हुन् । चौलागाईंले ८ हजार ३९४ मत ल्याएर विजयी हुँदा कङ्दङ्बाले ८ हजार १ सयमात्रै मत पाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार