बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • आज पनि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

आज पनि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

  • बिहिबार, कार्तिक ३, २०७९
आज पनि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

आज बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको थियो।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो। वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।

चर्चामा

सम्बन्धित समाचार