शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • प्रदेश १ मा २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

प्रदेश १ मा २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

  • आइतवार, पुस १७, २०७९
प्रदेश १ मा २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

विराटनगर  – प्रदेश-१ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान भएको हो ।

‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश १ काे पहिलाे अधिवेशन पनि आजैबाट सुरु हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार